सानोमा स्कुल जान्न भन्दा त्यो कुप्री परेको
ढाडमा बोकेर लैजाने मेरी हजुरआमा
स्कुलमा एउटा लामो बासको छडी घुमाउदै
क, ख र A, B,C सिकाउने मेरो गुरु गुरुआमा ।।
मलाई यो गर त्यो गर भन्दै बेलाबेलामा
सम्झाउने मेरो परिवार
सबै मेरो गुरुको आकृति हुन
उमेर बढ्दै गयो
अनी गुरुको पारीभाषाको स्वरुप पनि
जिन्दगीको हरेक पानामा नयाँ गुरु पाउथे म
साथीका हरेक वाणीमा गुरु देख्थे म ।।
एकान्तमा सोचमा डुबेको बेला
आँफै गुरु बन्थे म
मलाई अझै याद छ ति पिभिसी पाइपका डामहरु
ति पाइप पाइप थिएनन् मेरो जिन्दगीका गुरु थिए
अनी ति डाम डाम थिएनन मेरो जीवनको रेखाको आकार थिए ।।
0 Comments