Advertisement

निशानि | यायावर शुशिल

Views

आज लठपत्र परेको मेरो कोठा मिलाउने जाँगर चलाए

दराजका कपडाहरुको बिचमा भेटे एक कागज

ति रङ्गिन अक्षरमा कोरिएको हेप्पि बर्थडे देख्ने बित्तिकै एकाएक उस्को याद आयो

त्यो लठपत्र परेको कोठा फिक्का पर्यो यो लठपत्र परेको मन को तुलनामा

आखाहरु रसिला बन्दै गए

ओठ एकाएक सुक्दै गयो

जब त्यो कागज समातेर खोल्दै थिए 

आफ्नै मनलाइ खोलेर  उस्लाइ हेर्न लाए जस्तै भयो

तप्प आँशुको थोपा तेस्मा के झरेको थियो 

त्यो रङ्गिन अक्षर फुलेर आयो 

फुल्दै गरेको आकृति बढ्दै गयो बढ्दै गरेको आकृति सङ्गै मेरो मुटुको कम्पन पनि बढ्दै थियो

हतार हतार गर्दै  फु फु गर्छु झन मेरो मुखको छिटाले फुलिरहेको आकृति को आकार बढाइदिन्छ

तातो दिएर सुकाउन सक्छु कि भन्ने सोचेर चुलो बाल्छु अनि रङ्गिन अक्षरले कोरिएको कागजमालेखिएको हेप्पि बर्थडे हेर्दा हेर्दै जल्छ

फुलिरहेको आकृतिलाइ सुकाउन लाग्दा मेरो एक मात्र बाकि रहेको निसानि पनि जल्छ भनेर

मलाइ कँहा थाहा थियो  

यो कागज  बाँस उस्तै रैछन फुले पछि मरि हाल्ने

जलिरहेको कागजलाइ च्याप्प समतेर निभाए तर अह पोलेको भान नै भएन 

आगो को सानो राप  मा आउदा छट्पटिदै उफ्रने  आज शान्त थिए

मेरो सट्टा छट्पटिदै थियो मेरो मन उस्को यादमा

आज फेरि ति नमेटिने लाखौ यादमा एक याद जोडियो मैले उस्को  मेरो अर्थात हाम्रो अन्तिम निसानि मेटाएको याद।

Post a Comment

0 Comments