Advertisement

मृत्युको ओछ्यान | एक तीतो यथार्थ | यायावर शुशिल

Views
कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। माफ गरिदिनु होला। गलत बोलेछु। मृत्युको कुरा गर्दा जीवनलाई बीचमा ल्याएछु। खासमा कसैको मृत्यु सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ भन्नुपर्ने थियो क्यारे। अब ठिकै छ नि त अलि अलि जिब्रो लरबराई हाल्छ
Photo by DAVIDCOHEN on Unsplash

कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। माफ गरिदिनु होला। गलत बोलेछु। मृत्युको कुरा गर्दा जीवनलाई बीचमा ल्याएछु। खासमा कसैको मृत्यु सङ्ग मेल खाएमा संयोग मात्र हुनेछ भन्नुपर्ने थियो क्यारे। अब ठिकै छ नि त अलि अलि जिब्रो लरबराई हाल्छ।

ए झरी, तिम्रो सालिनतामा उ रोमान्टिक हुन्छ रे। मलाई भनेको उसले अनि तिम्रो रौद्र रुपमा उ डरपोक हुन्छ रे कतै सोरपटार पार्ने त हैनौ भन्ने लाग्छ रे। यही डरलाई भगाउन सङ्गीत को सहारा लिन्छ रे उसले।
प्ले लिस्टमा "ए झरी नझरिदेऊ यसरी" बज्छ।
मौन बनाइदिन्छ धुनले उसको बोलीलाई तर उसको मन सल्बलाइरहेको हुन्छ। सङ्गीत को उचाइ सङ्गै डरको उचाइ लाई केचनाकलन बनाउँछ तर यादको उचाइ सगरमाथा बन्छ। तर विडम्बना अब त आकाश सङ्ग को दूरी कम भयो भन्दै खुसी हुने कुरै छैन।

ओछ्यान मा पल्टिरहेको उसको शरीरले कोल्टे फेर भन्छ। मनको कुरा सुनेको बेलामा शरीरको कुरा किन सुन्नु भन्दै मस्तिष्कले वास्तै गर्दैन। टिन को छाना मा बर्सिएको पानीको आवाजले शरीर र मनलाई थर्काउदै थियो। भन्दै थियो किन घरी घरी कोल्टे फेर्ने होर किन घरी घरी यादमा डुब्ने होर र।

मनको आवाजलाई टिन को आवाजले जसरी थर्काउदै थियो त्यसरी नै अर्को आवाजले थर्कायो पुरै वातावरणलाई नै। सगरमाथाको उचाइमा पुगेका यादहरु नाम्चेबजार मा खसेजसरी उसको घरलाई चिर्दै माथिबाट जमीन खस्छ। यादको पहिरो उनको बास रहेको मनमा खसिरहेका थिए तर आफ्नो बास रहेको घरमा आएको पहिरोले सखाप पारिसक्न लागेको थ्यो। ऊ उठेर भाग्न समेत भ्याएन। गर्लम्म खसे अघि सम्म हल्ला गरेका छानाहरु अनि अठ्ठाए ओछ्यानमा सुतिरहेको उसलाई।

अब हल्ला गर्ने पालो उसको आयो। तर उसले केही बोल्न सकेन। आफू माथि परेका काठ, ढुङ्गा लाई हटाउन हात उठाउन खोज्थ्यो। अहँ हातले म उठ्दिन भन्थे। भित्र मन बाट नै चिच्चाएर मलाई बचाऊ भन्न उसले कहाँ नखोजेको हो र। विशाल गगन ले नि शिर झुकाई दिन्थ्यो होला उसको चित्कार सुनेर।

उसले भनेको थियो मलाई भेट्दा उसलाई भूमिको ओछयान मा आकाश ओढेर सुत्न मन छ भनेर । आज ठीक त्यही भयो। तर उसलाई आफ्नो सपना याद गर्ने समय नि मिलेन।

ऊ सोच्दै थियो भोटे कोशी र दूध कोशीको बीचमा नाम्चे रहे जसरी मेरो घर अढिदिएको भए। उसले कतै सुनेको थियो रे मृत्युले ओछ्यान बोलाउँछ भनेर तर उसको सन्दर्भमा ओछ्यानले मृत्यु बोलायो।
जब उसले अन्तिम पटक सुन्यो उसको मोबाइलको प्ले लिस्ट बाट गीत बज्दै थियो
"कि खोलूँ पंख मैं मेरे उड़ जाऊं, खो जाऊं
मैं इस आसमान पतंगो की तरह, हाँ"

Post a Comment

0 Comments