Advertisement

अब त म तिमीलाइ भन्दा नि… | यायावर शुशिल

Views


रात भर कर रहे थे तेरि तारिफ चांद से

चांद इत्ना जला कि सुबह तक व सुरज होगया।

यो सेयर त गरे तर पढेर मुसुक्क मुस्कान आएको हेर्न पाइन नि मैले। समय रातको तिन। रातको भनौ या बिहानी को। यो भिन्नता नि उनी र तिमी जस्तै हो। कहिलै छुट्टाउन नसकिने। 

रातभर निद्रा नलाग्ला नि भेट्ने भनेर साथीहरु जिस्काउदै थिए। मैले भनिदिए म चेन्ज भए। यो मोहम्बत लड्की इन सब मे मन हि नही लग्ता। भन्नलाइ जो थियो त्यो। आखिर मन न हो र निन्द्रा न हो। कसो पर्थ्यो र। बाहिर गएर चन्द्रमा सङ्ग तिम्रो तारिफ गर्न मन थियो तर समयले साथ दिएन। प्रि मनसुन चलिरहेको थियो। झ्याम झ्याम पानीका फोहोरा बर्सि रहेका थिए। अब त म तिमीलाइ भन्दा नि तिम्रो तारिफ सुनाउने चन्द्रमालाइ मिस गर्दै छु। 

भोलि के लाउछौ भनेर साथीहरु सोध्दै थिए। मैले भनिदिए आज जे लाएको थिए भोलि नि त्यही लाउँछु। आखिर मन न हो हिजो लाएका कपडा लाउन किन मान्थ्यो र। फ्रस्ट इम्प्रेसन जो जमाउन थियो। दराज भरि फिजारिएका कपडाहरु निकालेर एक एक गरेर टेस्ट गर्न मन थियो तर समयले साथ दिएन। बत्तिको उज्यालोले अरु उठ्छन्। कि भन्ने डर लाग्यो। अब त तिमीलाइ भन्दा नि तिम्रोमा आउदा लाउने मेरो म्याचिङ्ग ड्रेस मिस गर्दै छु।

म के भनौ तिमीलाइ ज्वाइ कि उस्लाइ भाउजु भनेर साथिहरु सोध्दै थिए। मैले भनिदिए ज्वाइ भन। टिका लगाएर दक्षिणा जो दिन्छौ मलाइ ज्वाइ बनाएपछि। भन्न लाइ पो हो। आखिर मन भन्दै थियो। तिमीहरुको दाइ हुँ भाउजु नै भन उस्लाइ। तर समयले साथ दिएन। कोहिको खाने त कोहिको सुत्ने बेला भयो साथीहरुको। अब त म तिमीलाइ भन्दा नि मेरा साथीले भनेको भाउजु शब्दलाइ मिस गर्दै छु। 

हाम्रो आजको ड्रेस कोड हाम्रो भाउजुको फेबरेट कलर भनेर साथीहरु भन्दै थिए। मैले भनिदिए उन्लाइ कालो मन पर्छ। मलाइ थाहै थिएन केही कुरा तैपनि साथीहरुको मन राख्न हचुवामा भनिदिए। आखिर मन भन्दै थियो तॅं आफुलाइ नै कालो ड्रेस सुहाउन्न। नसुहाए नि कोड ड्रेस भएपछि लगाउनै पर्यो। तर समयले साथ दिएन। यस्सो सोचि ल्याउदा म सङ्ग कालो कपडा नै पो छैन। अब त म तिमीलाइ भन्दा नि मेरो सोचमा आएको तिम्रो फेबरेट कलर कालो लाइ मिस गर्दै छु। 

कहिले भेट होला है भनेर जिस्काउदै साथीहरु सोध्दै थिए। मैले भनिदिए रात सिध्दिएपछि। बिहान भएपछि। यो त भन्न लाइ पो हो। आखिर मन भन्दै थियो। दुरि कम भए पछि। उडेर जान जो पाए। तर समयले साथ दिएन। उडेर जान चरा जस्तो पखेटा नै छैन। अब त म तिमीलाइ भन्दा नि तिम्रो र मेरो भेट अनि दुरिलाइ मिस गर्दै छु।

अपहरणमा पर्लाउ है अर्को पार्टी को एरियामा जाँदा भन्दै साथीहरु तर्साउदै थिए।मैले भनिदिए बिपि देखि कोइराला, मदन देखि केपि अनि प्रचन्डको सिद्धान्तलाइ म सम्मान गर्छु भन्दिने हो। आखिर मन भन्दै थियो। एकदिनको लागि पार्टी परिवर्तन गर्न मिल्ने भए गर्दिन्थे भनेर। तर समयले साथ दिएन। चुनाबी माहोल अझै सेलाएको जो थिएन।अब त म तिमीलाइ भन्दा नि ति विभिन्न पार्टी का फरक फरक सिद्धान्तलाइ मिस गर्दै छु।

Post a Comment

0 Comments