Advertisement

क्यालेनडर | शुशिल यायावर

Views
Image generated from AI command🤣


यो त्यो दिनको कुरा हो। मेरो जीवनको एक सुमधुर कथा सृजित हुन पुगेको दिन। जीवन का सबैभन्दा सुन्दर कथाहरु कुनै ठुलो योजना, कुनै विशेष भेट वा कुनै चलचित्र वा कुनै फेरी टेलको कथा जस्तो तरिकाले सुरु हुदैनन। सुरु हुन्छन् त सामान्य क्षण बाट, सामान्य दिन बाट, वा सामान्य शब्द बाट जुन कुनै फिल्मभन्दा नि कम हुदैन। हाम्रो कथा पनि त्यस्तै हो माया।

अगस्ट ११..... अरुको लागि यो एउटा नर्मल डे हो तर मेरो लागि मेरो क्यालेन्डरको स्पेशल डे किनकि त्यो Hii जो आएको थ्यो तिमिबाट। म घन्टौ पछि रुखासुखा Hi र प्लाइ दिए को थिए। अहिले लाग्छ धेरै ढिला गरेछु। त्यतिबेला नै थाहा पाएको भए यहि हाइ पठाउने केटि मेरो जिवन साथी बन्छिन भन्ने म त एक सेकेन्ड नलगाइ र प्लाइ गर्थे। त्यो दिन हामि दुइ अपरिचित थियौ। त्यसपछि अपरिचित बाट अघि बढ्यौ। अनि दिनको सुरुवात तिम्रै गुड मर्निग बाट सुरु हुन थाल्यो र रात को अन्त्य तिम्रै गुड नाइट बन्न पुग्यो। 

दिन बित्दै गए। बोल्ने क्रम जारी थियो। म तिम्रो मेसेज कुर्थे। सोच्थे आएन किन मेसेज आज केहि त भयो होला। आए त रात भर कुराकानि हुन्थ्यो होला।तिमी आएर भन्थ्यौ पर्खाइमा रात बित्न लाग्यो क्या र म भन्थे कि तिम्रो लागि म मेसेज मात्र हैन हर चिज पर्खिन तयार छु। सायद त्यतिबेला हामिलाइ थाहा थिएन ति सामान्य कुराकानि पनि हाम्रो लागि अमुल्य सम्झना बन्ने छन्। 
मोबाइलको स्क्रीन बाट सुरु भएको हाम्रो सम्बन्ध एउटा सपना, एउटै घर अनि एउटै भविष्य बनेको छ माया। तिमि मेरो जिन्दगीको सबैभन्दा सुन्दर निर्णय हौ। म भगवानसङ्ग एउटै कुरा माग्छु जसरी त्यो पहिलो हाइ बाट हाम्रो कथा सुरु भयो त्यसरी नै हाम्रो प्रेमको कथा कहिल्यै पनि अन्त्य नहोस्। 

हाम्रो बुढेसकालमा पनि यहि दिन सम्झेर हास्नेछौ। पुराना च्याटहरु सम्झनेछौ। सम्झने छौ एक हिन्दी गित-

यें उन दिनो कि बात हैं जब ....

Happy Message Anniversary माया। समय र परिस्थिति बद्लेला तर मेरो माया कहिल्यै कम हुने छैन। आइ लभ यु माया। उम्मा। 😍

Post a Comment

0 Comments