Advertisement

के नाम दिउँ म तिमीलाई | यायावर शुशिल

Views


आज पनि उन्ले सोधिन्। मलाइ केही नाम दिन्छु भनेको हैन तिम्ले? आज पनि टारिदिए। बल्ल त आज जन्मेको छौ तिमी भनेर । उन्को बर्थ डे को दिन थियो। तिम्रो न्वारनको दिन आउने छ छिटै अनि राख्ने छु एक युनिक नाम। 

समय कति बलवान् छ है। अस्ति भर्खर भेटे जस्तो लाग्छ  तर उ कति छिटो नजिकिन पुगी। बोल्न लाएको तीन दिनमा उस्ले भनी कस्तो लाग्छु म तिमिलाइ । म केही नसोचि केटी भएर यस्तो फ्र्यान्क हुन्छन् र भनिदिए। अनि उस्को क्यारेक्टरमा नै प्रश्न चिन्ह राखिदिए। मैले समाज सॅंग तुलना गरे। मैले समाज सॅंग भन्दा नि मेरा पुराना सम्बन्ध सॅंग तुलना गरे। केटीको मेसेजको रिप्लाइ कुर्ने म आज कोहि केटीको मेसेज ढिला गरेर रिप्लाइ दिइरहेको थिए। उस्लाइ मैले ढिला मेसेज गर्दा सोचि होली कति भाउ खाएको भनेर। मैले पनि त सोच्ने थिए नि विगतमा कस्तो केटी रैछ रिप्लाइ नि टाइममा गर्दैन भनेर। 

म कम बोल्दा बोल्दै उ सङ्ग बढि बोल्ने भइ सकेछु। पत्तो नै पाइन। 

मेरा मन कहने लगा
पास आके न तू दूर  जा

उस्ले पहिलो भेटमा मेरो लागि गाएको गित । म उस्को निधारमा आएको कपाल औलाले सम्हालेर कानको पछि लगिदिए। उस्ले मेरो हात समाउदै भनि म छु नि तिम्लाइ सम्हाल्ने। मेरो मनमा चलिरहेको त्यो प्रश्नको जवाफ आयो उस्लाइ प्रश्न गर्न नपाउँदै। बाटोमा आउँदा सोच्छु भनेको हैन बाँदर मेरो लागि नाम खै के सोचेउ?  म हास्दै भनिदिए यात्रामा आएका कठिनाइले दिमाग नै चलेन। ल,  ल म अब तिम्लाइ केहि भन्दिन उ रिसाइ। तिम्रो रिस किन नाकको टुप्पोमा छ मैले उस्लाइ भने ।उ झन् रिसाइ। म उल्टै मलाइ फकाउन आउन्न है भनेर टाढिए।  

उ आफ्नो सहरमा यति कम्फर्टेबल थिइ नि। मानौ उ नेपालमा नै थिइन। आफ्नो सहरमा कोहि न कोहि ठोक्किन्छन् कि भन्ने उस्लाइ सायद डर थिएन । म भने आफ्नो डरलाइ काबुमा राख्न कोशिश गर्दै थिए। उस्ले आफ्नो ब्यागबाट के निकालि र मेरो हातमा थमाइ। मैले के हो भनेर प्रश्न गरे मन मनै अनि उस्को अनुहारमा हेरे। उस्ले के मलाइ हेरेको तिम्रो लागि गिफ्ट हो खोल भनी। म बिस्तारै खोले त्यो सिसामा केहि धुलो थ्यो। चमकदार धुलो। अनि शंखको आकारको एक वस्तु थ्यो। एउटा हरियो सानो पेपरमा लेखिएको थियो “स्टे एज यु आर”। म उ तिर फर्केर मुसुक्क मुस्कुराए। उस्ले भनि कस्तो लायो। मैले तिम्रो लागि केहि गिफ्ट ल्याइन नि मैले मलिन अनुहार बनाउदै भने। उस्ले भनि तिमी आयौ यो नै मेरो लागि सबसे ठुलो गिफ्ट हो।

ह्याप्पि बर्थ डे म्याडम। मैले उस्को बर्थ डे मा विश गरे यसरी। उस्ले लभ पर्यो क्या सर भनी। मैले लभ पर्दै पर्दैन तिमी सङ्ग भनेर ठोक्कुवा गरे। अनि कि मैले कतै पढेकी थिए जब केटाले कोही केटीलाइ मन पराउछ नि उस्ले म्याडम भन्छ भनेर उस्ले भनी। हाहा… त्यस्तो भ्रममा तिमी नपर ।
म त तिम्लाइ युवती,  तरुनी अनि बुढी नि भन्छु….टाइम फ्याक्टर । तिमी सॅंग बोल्दा म अरुलाइ बिर्सुला,  तिमी सॅंग हिड्दा म आफ्नो बाटो कम तिम्लाइ बढी हेरुला तर तिमी सॅंग माया बस्दै बस्दैन। म माया देखि अघाइ सकेको छु। म थाकिसकेको छु। तिमी आएर यो थकित मन कत्ति पनि उर्जावान हुने छैन। तिमी उर्जा भोर्ने कोशिश पनि नगर। म बोलि रहे। उ सुनि रही। अनि मौनता हाबी भयो। एकाएक सन्नाटा छायो। मैले यो मौनतालाइ हटाउन मैले क्या लड्की पाए भने। उस्ले हास्दै भनी। हेलो लड्का….. मैले तिम्लाइ खोजे को हो तिम्ले मलाइ हैन। 

हाइ... (उस्को पहिलो मेसेज ) केहि घण्टा पछिको मेरो रिप्लाइ हाइ। म पनि त नेपाली हुँ नि। रेस्टुरामा छिरेर घण्टौ मेनु हेरेर मोमो अर्डर गरे जस्तै। केटिको मेसेज आयो के रेप्लाइ गर्ने घण्टौ सोचेर हाइ जो गरेको थिए। 

उ आकाशमा स्वच्छन्द रुपमा उड्ने पन्छी जसरी आफ्ना कुराहरु म सॅंग भन्थी तर म पिन्जरा भित्र रहेको पन्छी जसरी चुपचाप रहि केहि कम कम कुरा राख्थे। उसले मायाका रङ्गिन पानाहरु सजाइसकेकी थिइ। त्यस रङ्गिन पानामा आकृति भोरौ न भन्थि उ तर म डराउथे। मायामा पर्न डराउथे। यादमा जिउन डराउथे। एकदिन उस्को प्रश्न आयो तिमी किन एक्सप्रेस गर्दैनौ भनेर। म सॅंग जवाफ केहि थिएन। तर पनि मैले मायाको साहारा लिएर यादलाइ घोल्ने प्रयास गरे मेरो जवाफमा । के तिमी मलाइ यादमा सिमित राख्न खोज्दै छौ। उस्ले कति सम्म बुझि खै।

म एकछिन मेसेज सिन गरिन भने उस्ले भन्थी दश सेकेन्ड भैस्क्यो। मेरो मेसेजको रिप्लाइ दश सेकेन्डमा आउनु पर्छ। म एक मिनट हराए मेरो मोबाइलमा दुइ तिन कल आइ सकेको हुन्थ्यो। उ मेरो लागि पागल थिइ। म पनि त केहि कम थिइन । तर म आफुलाइ देखाउन चाहान्नथे। उस्ले माया भनेर बोलाउदा म पनि त हजुर भन्दै उस्को बोलिमा हराउथे। उस्ले पागल भन्दा म पनि त आफुलाइ मायामा पागल भएको भान गर्थे। उस्ले मेरो नाम टुक्राएर मिठो स्वरमा बोलाउदा मेरो ढुकढुकी बढ्थ्यो सास नै थामिएजस्तो हुन्थ्यो। त्यसैले त उसले पनि मलाइ केही नाम दिन्नौ भनेकि होली। त्यहि फिल गर्न चाहान्थि होला उ पनि मैले दिएको नामले उस्लाइ पुकार्दा। 

मैले एकदिन उस्लाइ रुवाए। हैन,  सायद म उस्लाइ दिनहु रुवाउथे क्यारे। अनि फकाउन म उस्का आशुँको नि बयान गर्थे। तिमी खुसी हुदाँ आउने ति मिठा आँशुका ढिक्का,  तिमी दु:खी हुदाँ आउने ति नुनिला आँशु, तिमी रिसाउदा आउने तिम्रा ति आमिलो आँशु। कति भर्जन छ है तिम्रो आशुँको। उस्ले तिम्लाइ कुन भर्जन मन पर्छ त भनेर प्रश्न गरी। आफ्नो मुल्यवान आशुँलाइ किन यति सस्तो रुपमा फाल्छौ। मलाइ त तिम्रो आशुँ नै मन पर्दै न भनिदिए।

धेरै नजिकिनु हामी दुवैको लागि त्यति ठिक थिएन। उसले एक हप्ता नो मेसेज नो कल वाला स्किम बनाइ। यो एउटा अफर थ्यो । म पनि स्वीकार गरे। 

नजिकिने बेला कसरी नजिकिए केहि मेसै भएन। हुन पनि हो बोल्दै गएपछि कुरा हरु सेयर हुदै गएपछि याट्याचमेन्ट हुने हो। उ एक अन्जानको रुपमा आएर आदत बनी। अनि आज उ आफै भन्दै छ एक हप्ताको लागि ब्रेक।  सायद उस्ले भुली कि उस्ले पहिलो भेटमा मेरो लागि के गित गाएकि थिइ भनेर । 

पास आएर फेरि दुर जाँदै छ उ। 

Post a Comment

0 Comments