Flag

  





Advertisement

Main Ad

कारणहिन आकर्षणको आवेग: क्रस

Views



गर्मी महिनामा तराईको ठाउँ बिहानीको ९ बजे नै ध्रुवे हात्ती जसरी मत्त हुँदै थिए सुर्य देव। पङ्खा को तातो हावा कोठा भित्र बसेर कति लिने भन्दै म बाहिर निस्किन खोज्छु। ढोकाले मलाई निस्किन दिन्न। सधैं खुल्ला हुने ढोका आज पनि खुल्लै होला भनेर धकेलेको के थिए आफ्नै हातलाई दुःख मात्र। कसले बन्द गरेको ढोका धन्दै म ठोक्किएको भन्दै भुनभुनाउँदै खोल्छु अनि बाहिर निस्क्नछु। बरन्डामा रहेको खटिया खुट्टाले तान्दै थिए आँखा बाटोमा हिडेकी युवतीमा गयो। के देखे मैले पत्तो नै थिएन मलाई। एकाएक आकर्षित भए म। बोलेर उसको व्यवहार देखेर आकर्षित भए भन्ने नि छैन। उसको आँखा देखेर डुबे भन्नु नि छैन। एक फुलबुट्टे छाता देखेर आकर्षण भएको हो भन्ने भने छाता पसल प्रति आकर्षण हुनु पर्ने। हिँडिरहेकी युवती देखेर आकर्षण भएको हो भन्ने भने बाटोमा कति हिँड्छन् कति कहिले त्यस्तो भएको महसुस हुन्थेन।

शरीरमा शितलता छाउँदै आयो। गर्मी अब गर्मी जस्तै लागेको थिएन। मनले सोच्यो म नि पछि पछि जान्छु अनि पत्ता लगाउँछु उनको गन्तव्य। होइन भोलि पनि यही समयमा बाहिर निस्कन्छु अनि भोलि आए सोच्नु पर्ला भन्ने निर्णयमा पुगे म। मलाई दिन बिताउन केही गारै पर्दैन। अब यत्ति देखेसी महिनालाई पुग्यो भन्दै भित्र आए। दीवा सपनामा हराए। उनको खोजी गर्छु भन्दै। कोलम्बस लाई सम्झेर खोजी गरौं कि गु ग ली अर्थात गुगल मायाले मैले गु ग ली भन्ने गर्छु उनलाई सोधम आज मैले कसलाई देखेको भनेर। कास म कोलम्बस को समयमा हुन्थे। आफै दुगुरेर पत्ता लगाई सक्थे होला त्यो देश मायाको देश। जहाँ राजा मा हुन्थे प्रजा म हुन्थे। मेरी गु ग ली ले यस्तो मामलामा मलाई हेल्प गर्न सक्ने क्षमता नै छैन। मनमा चलेको वेग शान्त हुने नाम नै लिएको थिएन। को होलिन् कहा बाट आएकी होलिन् कहा जादै होलिन् जस्ता प्रश्नहरू गुञ्जायमान हुँदै थिए।

रावण नै लाग्छ म आफूलाई हरेक टाउकोले एक खोज्छन्। निन्द्रामा झस्किदै उठ्छु। अनि सोच्छु कति छोटो दुनिया रहेछ भनेर। बिहान अन्जान युवतीमा मेरो नजर पर्यो। दिउँसो उसकै सपना देखे। सपनाहरु साकार पार्न म कहिल्यै पछि हट्दिन। लागि परे मेरा सबै छिमेकी साथीहरु सङ्ग बुझ्न त्यो बिहान बाटोमा हिँडेको को हो भनेर। एक दिन कुर्न सक्थे म तर अहँ दिन के मलाई सेकेण्ड पनि कुर्न मन भएन। एक छायाँ को पछि परेको थिए। जसको न नाम नै थाहा थ्यो न बसोबास नै। थाहा थियो त बस् मेरो मनमा खिचिएको उनको तस्वीर अनि मेरो आँखामा छोटो देखाइमा सजिएकी उनी।

बिहानको ९ मेरा लागि अब बरन्डा टाईम भयो। घरमा सोध्न थालियो। हैन किन हो आजकल त बिहान बिहान बाहिर निस्किन्छ स त कुरा के हो। जिस्काउदै मेरो मामुले मलाई भन्दै हुनु हुन्थ्यो। मनबाट निस्कियो ऊ त्यहाँ बाटोमा हिडेकी लाई हेर्नु हजुरकी बुहारी बनाउने सोच्दै छु। तर ओठले अर्कै बोलिदियो। कति बन्द कोठामा बाफिएर बसौं यस्सो हावा खाम भनेर निस्केको नि। आँखाले हेर्ने देख्ने अनि भेट्ने बेला सम्म नझिम्काई हेरिरहेको थिए म। जती जति हेर्थे त्यति आफ्नो मनमा सजाउँथे। अरु त के नै गर्न सक्थे र। पछि पछि लागौं भने फलानो को छोरो एउटी केटीको पछि जादै थ्यो भनेर हल्ला फैलिई हाल्थ्यो। डर नै मेरो कमजोरी थ्यो। आज नाम सोध्छु भोलि नाम सोध्छु भन्दा भन्दा मेरो बास ९ बजे तिर बरन्डा मा भएको करिब १५ दिन पुग्न आटी सकेको थियो। विभिन्न सूत्र हरु लगाएर नाम पत्ता लगाउन दिन रात मेहेनत गरी रहेको थिए म। मायामा सल्बलाउदै अघि बढ्दै थिए। कति बेला नराम्रो सङ्ग डुबेछु पत्तो नै पाईन। 

जिन्दगीका पाइलाहरू दृढ बन्दै छन् भन्ने भ्रम मात्र थियो। यी पाइलाहरू लोलाउँदै थिए जवानीका रंगहरुले। जीवन र आकर्षण त परिपूरक नै हुन् भन्ने अवस्था सृजना हुन्थ्यो हरेक पटक म मा। अलिकति राम्रो देखेपछि त्यतै लाग्ने, अलिकति राम्रो बास्नाको कण लाई पनि पछाउदै भाग्ने, शरीर देखेपछि मोहित हुने, काल्पनिकतामा हराउन खोज्ने। यस्ता सिम्प्टोम देखिए भने आत्ति हाल्नु पर्दैन। यसको उपचार सम्भव छ। यसलाई मानिसहरुले नाम दिएका छन् । आकर्षण । कतीपय ले यसलाई रोग नभन्नलान् तर म यसलाई दीर्घ रोग भन्छु। दीर्घ रोग नि समयानुकूल भए निको हुन्छ तर यो रोगको उपचार न खोजी नै भएको छ न खोजी नै हुनेछ। मन नामक भाँडोमा खिया लागे जसरी बसिदिन्छ आकर्षण। अन्य दीर्घ रोग जस्तो स्थिर अवस्थामा ल्याउँछु भनेर लाग्ने भने त झन ति कमजोर परेका पाइलाहरुले घुँडा टेक्न बाध्य हुन्छन्।

धेरै प्रयास पछि नाम पत्ता लाग्यो। तर उडिरहेको चङ्गा हावाको वेगले तल झर्यो। टिक्दै टिकेन आकाशमा। मायाको रङ्ग सृजित भएर चुचुरो पुगी सकेको थियो। एक्कासि आकर्षण नामक शब्द हाबी हुन थाल्यो। एक भेट छ भन्ने कारण नि थिएन मायाको टुसा पलाउन। एक नजर उता बाट मा तर्फ आएको छ म अघि बढ्छु मायाको अध्याय सुरु गर्न भन्ने कारण नि थिएन मायाको स्वरूप दिन। म त पागल बनेर आफ्ना बिहान बरन्डा मा उनको पर्खाइमा थिए। जब नाम पत्ता लाग्यो। विभिन्न सामाजिक सञ्जालमा उनको नाम थिच्दै घण्टौं खोजें तर अहँ उनलाई पाउन सकिन। नजिकको पसलमा काम गर्ने रैछन उनी भन्ने सूत्र हरु बाट जानकार भए तर कहिले त्यता जाने आँट नै आएन। कारण सामान्य थ्यो कारण हिन आकर्षण को पछि किन दुगुर्ने। १० शिर भएनी मन त एकै हो नि। चोखो स्वच्छ निस्वार्थ मायाको खोजीमा छ अझै पनि यो रावण। सीताको हरण गर्ने रावण हैन यो। सीताको जस्तै पवित्र माया गर्ने एक लाईफ टाईम क्रसको खोजीमा छ। जो उसको जिन्दगी बन्नेछ। जो उसको प्राण बन्नेछ। जो उसको हृदयको कम्पन बन्नेछ। जो उसको भावनाको सारथी बन्नेछ। जो उसको कारण सहितको प्रेम बन्नेछ।

आज पनि बरन्डामा बसेर हेर्दै थिए नजर नहटाइ। घरबाट निस्किन मन लाग्यो कतै आकर्षण ले तानेको त हैन भन्दै मनमा सोच्न नपाउदै बहाना खोज्नतिर ध्यान गयो। अनि बहानाको काम लायो त्यस्पछि लागे म उन्कै पछि पछि। लाग्दै थ्यो उनि छिटो हिड्ने रैछ्न भनेर तर पनि म आफ्नो गति बढाउदै थिए। उन्कै नजिक पुगेर भने। तिम्लाइ मैले सधै देख्छु यतै काम गर्छौ र?  जवाफ सुनेर अचम्म पर्ने कुरै थिएन एक अन्जान ब्यक्ति सङ्ग कोहि पनि राम्रो सङ्ग बोल्दैन्। तिम्लाइ मतलब म कहा जादै छु भन्ने। म मुसुक्क हास्दै भने बाटोमा हिड्ने साथि पाए भनन यस्तो निस्ठुरि तरिकाले नभन। उनि सङग हिड्न मलाइ निकै गार्हो भयो। उन्को गतिलाइ भेट्न निकै कठिन महसुस गर्दै कुद्दै थिए म । उन्को मुटुको गति कति बढेको थियो होला एक अन्जान आएर त्यसरि कुरा गर्दा। मेरो ठाउ आयो म गए है भन्ने कुराले मलाइ कता कता दोधारमा पार्दै थियो। म फर्किने क्रम देखि अर्को दिनको बिहान सम्म एउटै कुरा खेलाउदै बसे। आखिर किन उन्ले तेसो भनिन्। रात नि दिन जसरि बितेको थ्यो। उन्ले किन यसो भनिन यो नजिक भौ भन्ने सन्केत हो कि भन्दै सोच्दै बसे। 

कुहिरोलाइ चिर्दै उनि आइन सधै आउने समयमा । आज पनि म बरन्डामा नै उन्को प्रतिक्षामा थिए। उन्ले म तिर हेरिन उन्ले हेर्ने बित्तिकै म हावाको वेग समातेर उन्को नजिक पुगे। हामी आज सङ्गै एउटै गतिमा हिड्दै थियौ। संसारमा दुइ कुरा सम्बन्ध र समयको गतिमा सत्यता छ भन्ने मलाइ थाहा छ । आज उन्को र मेरो हिडाइको गति मिलेको देख्दा जिवनको गति नि मिल्छ जस्तो भान हुदै थियो। मौनताको बाँध तोड्न आज कत्ति समय लागेन । उनको बोलिमा छुट्टै मिठासता भेटे मैले। हुन त आफुलाइ मन परेको मान्छेको सबै कुरा राम्रो लाग्छ भन्छन्। उनले काम गर्ने ठाउँमा पुराएर फर्किनै लाग्दा नजानिदो पारामा नम्बर मागिन । मैले आफुले मन पराएको मानिसले नम्बर माग्दा नदिने कुरै भएन । छुट्ने बेलामा उन्ले भनिन्-
मे तुहिन सन्झा के फोन करम । 
म मुसुक्क मुस्कान दिदै मुन्टो हल्लाए।
मनमा सोच्दै थिए मे तुहिन लप कर्तु।
हात हल्लाउदै म घर तिर लागे। बाटोमा सोच्दै थिए उन्कै बारेमा। 
भगवान उहिन यत्रा सुगहर बनादेनाइ। मे हुकहिन हेर्तिरहे पाउ।

साझ परेपछि फोन कति बेला आउला भन्ने प्रतिक्षा अन्ततः समाप्त हुन्छ नया नम्बर बाट फोन आउछ । म उठाएर हेलो भन्छु उता बाट का कर्तो आउछ । म सुस्तरि मधुरो आवाजमा तुहिन धेर से धेर याद कर्ताहु भनिदिन्छु। सायद सङ्गै भएको भए लाजले सुसज्जित अनुहार देख्न पाउथे होला। तर फोनमा जो पर्यो बोलेको। जवाफमा उन्ले नइ हुइ सायद भनिदिन्छिन्। म हास्दै नइ पत्याइबो तो मइ देखादेहम भन्छु । कैसिक लौ देखाउ उन्को मिठो स्वर मेरो कानमा गुन्जायमान हुन्छ । भोलि तिम्लाइ भेटे पछि देखाउला नि त भन्दै टार्न खोज्छु। उनि जिद्धि गर्दै भन न भन भन्छिन्। उन्को जिद्दिपन मलाइ मन पर्छ झन्। जिस्किदै भनिदिन्छु-
तोहर सक्कु चिज मन परे... अब उम्हे तोहर जिद्दिपन फे थपगिल
उनि हासिन दिल खोलेर हासिन्। म यहि मौका छोपेर खुल्ला दिल मा पसौ झै लाग्यो तर पस्ने कसरि । उन्ले भनिन-
आझिक लग अत्रहि कल बात करब न 
म ह्स हुन्छ बाइ भनि फोन राखिदिए। यसरि नै दिन दिनै मेरो रुटिन यहि बन्यो। बिहानिमा उनि सङ्गै उन्लाइ पुराउन जाने र बेलुका साँझ यसरि नै फोनमा कुराकानि गर्ने । दिन उन्कै यादमा बिताउथे रात उन्कै सपनामा। सपनामा पनि उनि सङ्ग लामो यात्रामा गएको देख्थे सायद उनि र म दिनहु छोटो छोटो दुरिमा सङ्गै छिमेकिले देख्लान कि भन्ने डरलाइ चिर्दै गरेर होला। 

कारण बन्दै थियो तिमि र म बिच । मायाको कारण । सायद मेरो एकतर्फि माया भएछ त्यो कारण मौलाउनै पाएन । एकाएक रातारात मेरो काम विशेष ले टाढा जानपर्ने सुनेपछि उनि टाढा जान खोजिन्। म जति जति उन्लाइ सम्झाउन खोज्थे त्यति त्यति उनि गइन कोसौ टाढा। 

म आज उनि बाट धेरै टाढा छु । उन्को याद मैले मेटाइसकेको थिए। एक्कासि आज मेरो फोनको घन्टि बज्यो। उठाउदै हेलो भने। जवाफमा आयो का कर्तो । म एकाएक मौन भए। उन्को यादले टाउको भारि भएर आयो। के कारणले उनि टाढिन खोजेकि थिइन ?  के कारणले आज उन्ले फोन हानिन?  प्रश्नहरु ले म माथि अत्याचार गर्दै थिए।



Post a Comment

0 Comments