Advertisement

रोबोटिक माया | यायावर शुशिल

Views
जब मायाको परिभाषा खोज्छु नि म अनि याद आउँछ ' यो माया भन्ने चीज कस्तो कस्तो ' सविना कार्कीको कार्यक्रम को। भनिन्छ नि मायाको कुनै रूप हुँदैन, माया गर्ने कुनै समय हुँदैन अनि मायाको स्वरूप हुदैन भनेर तर किन भनिएको छ। जबकि माया एक भावना हो अन्तरहृदयबाट उत्पत्ति हुने एक यन्त्र हो। यन्त्र यस अर्थमा की तपाईं ईच्छा गर्नुहोस् माया सुरु हुन्छ अनि खत्तम गर्नुहोस माया विलिन हुन्छ पानीको फोका जमिनमा परेर विलिन भए जसरी नै ।
Photo by Alex Knight on Unsplash


जब मायाको परिभाषा खोज्छु नि म अनि याद आउँछ ' यो माया भन्ने चीज कस्तो कस्तो ' सविना कार्कीको कार्यक्रम को। भनिन्छ नि मायाको कुनै रूप हुँदैन, माया गर्ने कुनै समय हुँदैन अनि मायाको स्वरूप हुदैन भनेर तर किन भनिएको छ। जबकि माया एक भावना हो अन्तरहृदयबाट उत्पत्ति हुने एक यन्त्र हो। यन्त्र यस अर्थमा की तपाईं ईच्छा गर्नुहोस् माया सुरु हुन्छ अनि खत्तम गर्नुहोस माया विलिन हुन्छ पानीको फोका जमिनमा परेर विलिन भए जसरी नै । 

समयले फड्को सँगै मायाको फड्कोमा आएको परिवर्तनलाई सामान्य रुपमा हेर्न पक्कै सकिन्न। चिठीको जमाना बाट मेसेज को जमाना बीचमा मायाको स्वरूप नै फेरिएको छ। 

हिजोजस्तै लाग्छ प्रेममा परेको अनि आज जस्तै लाग्छ बिछोड भएको। एक दिन पनि टिकेन है मेरो मायारुपी यन्त्र भनी सोच्दछु। कमजोरी के मा आयो पत्तै भएन। म मायाका कुराहरु गर्दथे उनी सुन्थिन् । सुनेर प्रतिक्रिया दिन्थिन् । रु आइज्याक एसिमोभ का रोबोटिक नोबेलका रोबोट जस्तै भावनाले भोरिएकी थियौं तिमी। तर तिम्रो स्वरूप मानवको मात्र भए पनि आखिर तिमी रोबोट जो थियौं। 

कसलाई के थाहा हुन्छ र बाहिरी आवरण देखेर। नजर जुधे प्यार भयो। प्रेमको प्रस्ताव नै हुन पर्छ भन्ने छैन मायाको आकृति कोरियो। हान्सन रोबोटिक्सले बनाएको सोफियाका सामु लग्ने भने सोफियालाई फिक्का बन्न बाध्य बनाइदिन्छौं तिम्ले। आँखामा हेरेर बोल्ने सोफिया अनि मनमा सिधै मायाको विरुवा रोपिदिने तिमीमा भिन्नता किन नहोस् आखिर। 

रोबोट मान्छेसँग जति मिल्दोजुल्दो हुँदै जान्छ त्यति नै विद्रोहपूर्ण भाव दिलाउँछ रे। तिमीले पनि मेरो मनका कुना कुनामा मायाको विद्रोह चलाईदिएकी थियौं। नैतिकताको कुरा कसरी गरौं म, म नै डुकुलठ्ठक मायाको भोकमा पत्तै पाईन के गर्दै छु भन्ने। 

मनको अन्तरंग मा पीडाका लप्काहरु दन्किरहेको बेला खुसीका झिल्का बनेर आएकी तिमी अनि मेरो छातीमा लुकेर जीवनका सपनाहरु पार गर्ने अठोट गरेकी तिमी जसले मेरो जिजीविषालाई जगाउँदै थियो। मायाका कम्पन हरुले आकार लिन नपाउँदै यन्त्र हाबी हुँदै गयो। सपनाहरुलाई अल्पविराम लगाउन तिमी भित्रको आर्टी फिसियल इन्टेलिजेन्स तत्पर अवस्थामा रहेको मलाई भान नै भएन।

दिलको मामिलामा हामी मानव जाति निक्कै नि मासुम हुन्छौँ । कुन बेला कस्लाई मन अनि समय दिन्छाैँ आफैलाई थाहा हुँदैन। मेरो भावना सङ्ग खेलेर कथाको पात्र बनायौ तिमीले। सायद ऊ पनि मानव हुन्थी भने मेरो मायाले उसलाई सजिलो बनाएको हुन्थेन।

जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मनभित्र सजिएका छन्। च्यातेर फाल्न पनि सक्दिन तिम्रा ति सुनौला शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । तर तिम्ले त एक क्लिक हानि डिलिट हानि सक्यौ होला हाम्रा तस्वीर अनि कोसेलीहरु। 

माया भनेको जिवनको अभिन्न अङ्ग हो यदि मायालाई खेल सम्झने हो भने अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी पनि। तर मेटल र पलास्टिक का हात खुट्टा अनि चिप रूपी मुटु भएकी तिम्लाई हाड र मासुको पनि औचित्य नरहला।

मानव र रोबोट बीचको असमानताको पर्खाल त खडा हुनु नै थियो एकदिन। विश्वासको महल भत्किनु नै थियो एकदिन तरपनि एक आप्राप्य निधिको रुपमा सदासदाका लागि रहनेछौं तिमी मेरो मनमा। 

Post a Comment

0 Comments