Advertisement

मैले मेरो नाम तिम्लाइ दिए | यायावर शुशिल

Views

अक्टुबर ११, २०२२ म सोच्दै थिए के नाम दिउँ म तिमिलाइ र आज भन्दै छु ''माया, म तिमिलाइ मेरो नाम दिए नि।" मेरो नामको थर दिए उन्लाइ। कयौ उतारचडाब पछिको यो हसिन, रङ्गिन समयमा हामी छौ। समयको वहाब सङ्गै तिता-मिठा पल हुदै एक नयाँ यात्रामा जादै छौ। तिमिसङ्गका प्रेमिल क्षणहरु नै मेरो सबथोक हुन्। यिनै क्षण लाइ साथमा लिएर संसार जित्न भनि अघि बढ्दै छौ हामी। मलाइ हिजो जस्तो लाग्छ मैले तिमी प्लेनमा काठमाडौं जादाँ तिमी र म भएर पोखरा देखि बुटवल सम्म प्लेनमा यात्रा गर्छौ भनि सोधेको। आज हेर हामी त्यस दिनमा आइपुगेका छौ। 

देर लगि आने में तुमको शुक्र है फिर भि आए तो

आस ने दिल का साथ ना छोडा वैसे हम घबराए तो

माया तिमी मेरो जिन्दगीमा आउनमा केहि ढिला भए पनि सदावहार बनेर आइदिएको छौ। नदेख्ने, नचिन्ने, फ्रेन्ड लिस्टमा नपर्ने देखि कहिले भेटौ हुने, मेरो सर्च लिस्टको टपमा पर्ने सम्मको यात्रा साचिकै सदावहार छ। हाइ बाट सुरु भएको हाम्रो मायाको झिन्कारी विवाह रुपि पटाकामा आएको छ। अब म प्रेम, स्नेह, सद्भावका साथ यस्लाइ पड्काउछु। माया नै मायाले तिम्रो ससारलाइ रङ्गीन बनाउछु।

तिम्रो साथ नै मेरो खुशी को पल हो। तिम्रो विश्वास नै मेरो स्ट्रेन्थ हो। म सङ्ग सबै कुरा छ।चन्चल हृदय देखि चन्चल तिमी। थोरै शंकालु तिमी देखि धेरै मायालु तिमी। मेरो अथाह प्रेम तिमी प्रति कति छ भनेर। हावको लहरले कान पछ्याइरहे जसरी ,  बगैचाको फुलले पुतलि कुरे जसरी ,  खोला छेउको बालुवाले खोला कुरे जसरी म प्रेम गर्छु। 

जति जति नजिक आउदै छ हाम्रो विवाहको डेट म त्यति नै उत्सुक हुदै छु। तिमी आउने दिन गन्दै छु। तिमी सोध्दै थियौ नि म आउदै छु भन्ने कुन कुरामा एक्साइटमेन्ट छ भनेर। तिमी नै मेरो एक्साइटमेन्ट हौ। तिमी आउने देखि लिएर तिम्रो साथ पाउने। तिम्रो मुस्कान हेरेर रमाउने देखि लिएर तिम्रो स्पर्समा रम्ने। मेरो दिनको साथी घाम थियो अनि रातको साथी जून । अब मेरो दिनरात, हरदम हरपलको साथि तिमी हौ। जिवन र जगतको साथी। दुख सुखको साथी। हाँसो र रोदनको साथी।

म र मेरो परिवार भनि हजरौ सपना बुनेर आउदै छौ तिमी। तिम्रा सपनाहरु मेरा गोरेटो हुन्। अनि तिमि मेरो सहयात्री। यो लाखौ कोशको बाटो पार गर्न म तिम्रो हात अनि साथ मागे। तिमिले कत्ति पनि संकोच नमानि मेरो हातमा हात राखिदियौ। अब यो दुरि मिलेर पार गर्नु छ। मायाले भोरेर पार गर्नु छ। 

म तिम्रो लागि म अनि मेरो लागि तिमि हो। तिमि मेरा लागि LSD हौ। Lovebird

Sweetheart 

Darling

Aka

Lovely

Samikshya 

Devkota

तिम्लाइ लाग्ला के अर्थ यस्तो नबुझिने नामको। सायद तिमी बिर्सिदै छौ LSD एउटा ड्रग हो। यो मेरो लगि किक हो। तिम्रा हरेक कुरामा म किक पाउछु। त्यसैले त तिमी मेरो LSD हौ। 

तिम्रो त्याग,  तिम्रो समर्पण मेरा लागि मात्र नभएर हाम्रो मायाको लागि हो। 


Post a Comment

0 Comments