Advertisement

जिन्दगीको डायरी | यायावर शुशिल

Views


किन म सधैँ गलत केटि साथि रोज्न पुग्छु?  आफुले आफुलाइ रिलेशनसिपको मामलामा एक असफल व्यक्तिको रुपमा सोच्दै थिए। सोच्दै जाँदा अहिले सम्म बनेका केटि साथिहरु लाइ सम्झे। उनीहरु सङ्ग साथ किन छुट्यो भन्ने कुरामा म सोचे। कुनै त्यस्तो ठोस कारण नचाहिने रैछ सम्बन्ध बिग्रनका लागि। 

अब सेल्फ लभ,  सेल्फ टाइमका कुरामा फोकस गर्छु भन्दै बसेको छु। यो पनि दुइ दिनका लागि हो। लङ्ग टर्म केहि छैन मेरो। न कोहि न त सोच नै। कोहि कसैसङ्ग दुइ शब्द बोले भने याट्राक्ट हुने म अनि उस्कै पछि लाग्ने बानी मेरो नराम्रो बानी हो भन्ने थाहा छ तैपनि म आफुले आफुलाइ सुधार्न सक्दै सक्दिन। 

बारबार दिल टुट्छ केहि समय लाएर जोडिन्छ अनि फेरि टुट्छ । साइकल नै छ एक किसिमको। घरि घरि लाग्छ त्यो घडिको घण्टा सुइ ढिलो चल्छ होला मेरो जिन्दगी को सुइ भन्दा। कति छिटो परिवर्तन आउछ। 

झोला लुकाउने बाट सुरु भएको हाम्रो सम्बन्ध अहिले अनुहार लुकाउनेमा पुगेको छ। त्यो समय थियो ब्रिज कोर्सको भर्खरै प्लस टु सकेर म पोखराको एक नामुद इन्स्टिटिउटमा थिए। उस्को र मेरो कुराकानी अलिअलि हुन्थ्यो। क्लासमा नजानेको कुरा सिक्न र सिकाउन। एकदिन खाजा खाएर आउदा मेरो झोला हराउछ। हरि वंशको जसरी चिनामा सुन थ्यो र हरायो भन्ने चित्त बुझाएर बस्ने कुरै भएन। मेरो झोलामा न सुन नै थ्यो न कुनै किम्ति सामान । पछि खोज्दै जाँदा थाहा भयो कि उस्ले नै लुकाएको रैछ। किन भनेर प्रश्न सोध्दा उ पनि मौन भइ। त्यति चन्चल केटि मेरो झोला लुकाउदा मौन भएको देख्दा मलाइ अचम्मै लाग्यो। साथीहरुको सामु के भन्नु तिम्रो यस्तो साइड मैले बल्ल आजै देखे भनेर। म घर कति बेला पुगम्ला अनि मेसेजमा भनम्ला भन्दै गयो दिन। साँझ तिर उस्लाइ भनिदिए। हाम्रो सम्बन्ध बिस्तारै फ्रेन्ड,  बेस्ट फ्रेन्ड हुदै अघि बढ्यो। 

उस्को जे कुरालाइ नि जोक बनाइदिने बानि मलाइ एकदम मन पर्थ्यो। उ जस्तो सुकै बिग्रेको मुडलाइ नि ठिक बनाइदिन्थि। मेरो एकतर्फि माया सुरु भइ सकेको थ्यो। मैले उस्लाइ कसरी भनुँ म तिमिलाइ माया गर्छु भनेर। भन्ने आँट नै आउथेन। विगतमा अरु केटिबाट पाएको फ्रस्टेसन या भनौ चोट पुरिदिने उ नै थिइ। बाटोमा टाढै बाट देख्दा यति ठुलो स्वरमा मेरो नाम लिन्थि नि। म हात मात्र हल्लाउथे। उस्ले बोलाएको सुन्दा आफुलाइ लाज लाग्थ्यो। के सोच्छन्। होला साथीहरु भन्दै बस्थे म। भेट हाम्रो कम नै हुन्थ्यो। फ्याकेल्टि जो फरक थ्यो। युनिभरसिटि एउटै भए नि। उस्को बोलिमा माया भेट्थे म।

उस्का कुरामा फिदा हुन्थे म। म घरि घरि भनिदिन्थे उस्लाइ कति मिठा कुरा गर्छौ तिमि भनेर। उस्ले जवाफमा हावा कुरा नगर न तिमि भनिदिन्थि। यहि कारणले म मेरो मनको कुरा मनमा नै राख्न बाध्य थिए। मैले मेरो कुरा भने भने हाम्रो बेस्ट फ्रेन्ड वाला रिलेसन धरापमा पर्छ भन्ने डर म मा थ्यो। 

उस्ले आफ्नो कुरा सब सेयर गर्थि र म पनि आफ्नो एक एक कुरा भन्थे। उस्ले मेरो क्रस यो भन्दै देखाउथि। राम्रा राम्रा केटाहरुको फोटो पठाएर । कहिले कलेजको क्रस, कहिले घर एरियाको क्रस भन्दै आएका फोटोले मेरो मन छिया छिया हुन्थ्यो। हिम्मत जुटाएर सोधे एक दिन। के म तिम्रो क्रस बन्ने गुण म मा छैन। उस्ले सधै झै सिधा जवाफ दिइ। तिम्रो हाइट छैन। मलाइ तिमि जस्तो ह्यान्ड्सम केटा मन पर्छ तर ब्याड लक तिमि म जत्रै छौ। म आफु लाइ पहिलै बाट लाग्थ्यो मेरो हाइट सानो छ भनेर। तर उस्ले यस्तो तरिकाले भनिदिइ नि म भित्रै बाट गड ह्याइ मि भने तर उस्कै पारामा जवाफ दिनु थियो मलाइ। फेरि उस्को मेसेज पढे। उस्ले भनेको ह्यान्सम वोर्डले स्ट्राइक हान्यो। साचै मलाइ उस्ले ह्यान्सम देख्ने रैछ है भने मन मनै। खुशि भए एक पल मा नै अघि हाइट कम भनेर सोचेका सब कुराहरु बिर्सिदै गए। आफ्नै दुनिया सोचको दुनियामा हराउदा म बिर्सेछु उस्को रिप्लाइ दिनलाइ। उस्ले फेरि मेसेज पठाइ। के हान्सम भन्देको मान्छेको भाउ बढ्यो रिप्लाइ नै आएन। म हाहा भनेर छोडिदिए।

उस्ले कुराकुरामा भनेकि थिइ । मलाइ ब्रेसलेट लाउन मन पर्छ। मैले नि मेरो हातमा भएको चादिको ब्रेसलेट पठाएर यस्तो भने। उस्ले अ्म्म्म्म्म्म कस्तो किउट भनि। त्यस पछि अर्को मेसेज आयो तिम्रो ब्रेसलेट हैन तिम्रो हात। म अचम्म पर्थे हरेक पटक उस्को रिप्लाइले त्यसैले त म हरेक दिन उ प्रति झन झन आकर्षित हुदै थिए। उस्ले एकदिन सेन्टि हुदै भनि मलाइ केटा हेर्न आएको थ्यो भनेर। कस्तो अंकल जि टाइपको केटा थ्यो उस्ले थपि। अब पिआर वाला केटा खोजेसि त्यस्तै त पाइन्छ नि भने मैले। अनि रिजेक्ट हान्दिएनौ। बल्ल त २ वर्ष भएको छ पढाइ। टपरको पढाइ बिगार्नु भएन नि । म उस्को सेन्टि मुड ठिक पार्नलाइ ब्रेसलेट किन्ने निर्णय गरे। बजार डुलेर कपल वाला ब्रेसलेट किने र फोटो पठाए उस्ले भनि कस्तो कपल वाला किनेको म लिन्न । मैले भोलि पल्ट उस्लाइ भेटेरै दिए। घर पुगेपछि उस्ले लाएको फोटो पठाउदै उस्ले भनि अ्म्म्म्म्म कस्तो किउट। मैले नि भनिदिए मेरो हात भन्दा नि?  उ हासि। उस्को हासोको इमोजि मेरो कानमा गुन्जिरह्यो। रात भर।

जिस्किदै गर्दा कहिले के कुरा हुन्थ्यो कहिले के। ज होस हामी दिन नबिराइ कुरा गर्थेउ। उस्को डिउटी नै किन नहोस्। उस्ले फुर्सद निकालेर मलाइ मेसेज गर्थि। मैले उस्लाइ दिन भनेर एक सर्ट किने। उस्को चोइसको र मेरो पनि। म कति क्रेजि थिए। म उस्लाइ किनेको गिफ्ट उस्कै घरको छेउमा उस्कै छिमेकमा पुगेर दिए। सङ्गै गएका साथिहरु भन्दै थिए कति टाढा हो भाउजुको घर। मैले उनीहरुलाइ भन्दिएको थिए मन टाढा नभए भयो नि घर टाढा भए नि। मैले दिएको गिफ्ट वाला टिसर्ट लाएको फोटो उस्ले मलाइ पठाइ र भनी कस्तो देखिएको छ। कस्तो आन्टी जस्तो देखिएको भनिदिए। अर्को केटाको फोटो पठाइ यस्तो सङ्ग बिहा गर्ने हो कहाँ त्यस्ता अंकल सङ्ग गर्नु भनी। म अचम्म भए। मैले देखिराखेको अनि चिनिराखेको केटा।

 खै के कुरामा कमि भयो आज उ म बिचको दुरि आज। सायद त्यहि केटा होला हामि बिचको दुरि। लाग्छ साथिहरुले भने झै घर जस्तै मन को दुरि नि बढ्यो। कारण त्यहि क्रस मध्यको एक फोटो। उहि फोटो वाला सङ्ग नजिकिदै थिइ उ। म सङ्ग बोलचाल कम हुदै थ्यो। 

एकदिन कुरा क्लियर भयो। उस्ले भनि मेरो बोइफ्रेन्ड यहि हो भनेर। त्यहि केटा सङ्ग घुम्न गएको फोटो पठाउदै। म उस्लाइ सोधे अनि मेरो माया देखेनौ कहिले। उस्ले सोधि माया रे कस्तो केहि नभए जस्तो गरेर सोधेको देख्दा लाग्यो मैले कस्तो मान्छेलाइ प्रेम गरेकोरैछु। म सिग्नल हरबार दिदा नि उस्ले बुझिन। तर गल्ति उस्को होइन । मैले समयमा नै भन्न पर्थ्यो। उस्ले भन्दै थिइ मैले त्यो वए मा कहिले हेरिन। म टुटे । उ सङ्ग बोल्न नै मन लाएन। तर पनि उस्लाइ अन्तिम एक लाइन भनिदिए। म बाटोमा भेट्दा तिमि सङ्ग बोलिन भने नसम्झिनु कि म बोलिन। बरु यो सम्झिनु कि म आफुले आफुलाइ समय दिदै छु भनेर। 

उ जस्तै देखिने केटि साइड बाट गइ। मेरो साथिले जवाफ दियो उनीहरु साथीबिचको कन्भर्सेसनमा। उनिहरु भन्दै थिए बोल्नै छोड्यो भनेर। साथिले भन्दै थ्यो तिमिले बोलाउनै छोड्यौ। म सरासर हिडे। 

मैले साथिलाइ सोधे के हो जो सङ्ग नि बोल्ने। उस्ले भन्यो ल भाउजु हुनुहुनी हैन र। मन त लुकि सक्यो उ बाट तिमी अझै के भाउजू भन्छौ। मेरो जवाफमा उस्ले भन्यो। केटो मायामा धोका पाएपछि लेखक बन्ने भए। कडा लाइन दिए। 

Post a Comment

0 Comments