Advertisement

म फेरिएछु

Views

म फेरिएछु

म लेख्न सक्दिन हात काप्दछन
आखाँबाट तप्प तप्प बलेनी सरि आँसु बर्सिन्छन
सोच्छु सोच्छु त सिर्फ म म र म
हैन कति स्वर्थी रहेछु म
मेरा आज हात कामेनन २
न नै आशुँको बलेनी बन्यो
कण्ठहरु चर्को आवाज निकाल्दै भन्यो
त फेरिइस रे २
यस्सो दिमाग घुमाउन वोरि परि डुल्ने प्रयास गरे
उन्को तस्विरलाइ नियाल्ने आँट गरे
अह सकिन
कत्ती पनि सकिन
हात कापे आँसु बर्से अनि चर्को स्वर मन्द हुँदै हराउदै गयो
सोध्यो ताढै बाट कसैले ओए तलाइ के भयो
ओए तलाइ के भयो?
ओए तलाइ के भयो?
त त फेरिइस रे
त त फेरिइस रे।।

आँखा बन्द गर्न चाहे तस्बिर आफै सिर्जित होस भनेर
तर अह खै के भयो भयो
मनमा एक्कासी भक्कानो फुटेको आभास भयो
अनि आफुलाइ भित्रै बाट नियाले
हो म फेरिएको रहेछु
हो म फेरिएको रहेछु

तर कस्को लागि अनि के का लागि
तर कस्को लागी अनि के का लागि
दिन दुई गुना रात चौगुना
त्यो मुर्दारुपि मन का लागि
या
त्यो मुर्ती रुपि तनका लागि
हो
हो म साच्चिकै फेरिएछु
म साच्चिकै फेरिएछु
म परिवर्तन भएछु
एक मुर्ती को कारणले
एक मुर्दाको कारणले
म परिवर्तन भएछु।।।।।।।।

Photo by Chris Lawton on Unsplash

Post a Comment

0 Comments