Advertisement

मेरो मनकी ए राजकुमारी

Views
Photo by Ashton Mullins on Unsplash




मेरो मनकी ए राजकुमारी 



तिम्रा यादका लहरा यो मस्तिष्क बाट मेट्न खोज्दै छु
मनको डेरा कि ए राजकुमारी !!2
तिम्रा यादमा खाएका कन्दराको स्वाद मेट्न खोज्दै छु
तिम्रा यादमा गाएका गितको लय बिर्सिन खोज्दै छु
तिम्रा यादमा चालेका पाइला मेट्न खोज्दै छु
मनको डेरा कि ए राजकुमारी !!2
अब त भुल्न सिके नि त मैले !!2
आलो घाउमा मलम लाउन मैले सिके नि त
तिम्रा याद त बिस्तारै भङ्गारमा बिके नि त 
बिना मोल बिना तोल !!2
तिम्रा याद भङ्गारमा बिके नि त
अझै कता कता लाग्छ बिर्सेको छैन 
अझै कता कता लाग्छ बिर्सेको छैन
तिम्ले र मैले पन्छि सङ्ग पखेटा सापटी मागेको
पवन सङ्ग बेग सापटी मागेको
माछा सङ्ग कचेला सापटी मागेको
अनि इन्द्र सङ्ग सोमरस सापटी मागेको
यादका लहरमा पखेटा चलाउदै बेगको गति पक्डिदै 
इन्द्रको सोमरसमा मोहित हुँदै
घुम्ने सपना बुनेको
अझै याद छ 
अझै याद छ
मनको डेराकी ए राजकुमारि!!२

अन्तिम सेर 
जंगली जडिबुटी जस्तै बनायौ मलाइ बिष र अरुलाइ अमृत
मनको डेराकी ए राजकुमारी !!
तर आज खुशी छु बिना तिम्रो साथ बिच।।

Post a Comment

0 Comments