Advertisement

३ फरक ९ महिना

Views
Photo by Markus Spiske on Unsplash


रगतमा पौडी खेलेको याद त छैन
तर खुसिका लहरमा दौडिएको याद छ
अनि आसुमा डुबुल्की मार्दै हिडिरहेको याद छ।

केही अफ्ट्यारो भयो भने लात्ती हानेको याद छैन
तर फोनको घन्टी हान्दै आज यहाँ जाम न भनेको याद छ
अनि मौनतामा एकान्तको साथ खोज्दै कोठाको चुक्कुल हानेको याद छ।

म सुरक्षित छु भन्ने आभास भएको याद त छैन
तर एक मेसेजले ढुक्क भएको याद छ
अनि नजिकिनु नै गल्ती थियो सोच्दै दिन काटेको याद छ।

चलबलाएर दुख दिएको त याद छैन
तर मलाइ निन्द्रा नलाग्दा रात भर जागाराम गराइदिएको याद छ
अनि बन्द कोठामा आफुले आफुलाइ नानाभाती सम्झिएर दुख दिएको याद छ।

बहिर निस्किनुको खुसी सोचेको त याद छैन
तर सङ्गै हुँदा पाएको असिमित खुसीहरुको याद छ
अनि भित्र धोद्रो भएर देखावटी खुसी देखाएको याद छ।

कति साथ दिए होला भन्ने त याद छैन
तर दिन रात कल्पनामा पनि साथ दिएको याद छ
अनि जे जस्तै भएपनि साथीभाइको साथ पाएको याद छ।

म उठेको थिए या सुतेको भन्ने त याद छैन
तर बिहानिमा २ घण्टा सुत्न दिएर उठाएको याद छ
अनि ती सब सपना हुन् अब बिर्सेर नयाँ सुरुवात गर्छु भनी उठेको याद छ।।
अनि ती सब सपना हुन् अब बिर्सेर नयाँ सुरुवात गर्छु भनी उठेको याद छ।।


Post a Comment

0 Comments