Advertisement

#उसकी_कमी_भी_इश्क_करने_आई_थी

Views


Photo by Cathal Mac an Bheatha on Unsplash
#उसकी_कमी_भी_इश्क_करने_आई_थी
भाग - १


तपाई सोच्दै हुनुहुन्छ हिन्दी होला। अब फेरि नेपाली किन लेख्दै छ भन्ने दिमागमा पक्कै आयो है।अचम्म मान्ने कुरै छैन म बिस्तारै भन्दै जान्छु। सुरु बाट सुरु गरौ या अन्त्य बाट म कन्फ्युज हुदै छु। कहानीलाइ मैले म आफुलाइ नै मुख्य भुमिकामा राखेको छु।

म न बालक छु न वयस्क नै न युवा नै न वृद्द नै 
कुरामा मलाइ बच्चै छ भन्छन
गफमा मलाइ वृद्ध छ भन्छ्न
अनि काममा मलाइ युवा भन्छ्न
यो आफ्नो तारिफ हो या अपमान म छुट्टाउन सक्दिन त्यसैले त म आफुलाइ वयस्क मान्छु।
कुरा न दसक अघिको हो न दस दिन अघि को नै। यो कुरा हो दस घण्टा अघिको। मैले उस्लाइ देखे। मैन बत्तिको मैन पनि तेति मुलायम हुदैन होला जति उस्का चाल ढालमा मुलायमता थ्यो। सुरुमा नजर पर्यो त्यो अनुहारमा हेर्दै हराम हराम हुनेअनुहार रहेछ। कति बेला हराएछु पत्तै भएन। 
नजरले तिर हानेपछी 
उस्का पाइलाले आफुलाइ तानेपछी
कस्को के नै लाग्ने रैछ र
हो म पछि पछि गए को रहेछ चिन्छु भनेर 
अनि मेरो वृद्धपनले रोक भन्दै थियो।

एकदमै गतिमा आएको बाइक मेरो नजिकै आएर रोकियो अनि भन्यो भाइ हजुरलाइ थाहा छ यो नेपाल बैंक कहाँ छ? म भैत्रको वालकले जवाफ दिदै थियो नेपालमा भनेर। तर मेरो ध्वनी बाट निस्कियो दाइ म गुगल म्याप मा हेर्दिन्छु ल म नि यहा नयाँ नै हो।
ला दाइको चक्करमा छोक्री गायब म भित्रको वयस्कले भन्दै थियो। हतार हतार address देखाइदिए अनि आफ्नो नजर डुलाए टाढा टाढा सम्म तर अहँ मन छुने मान्छे थिएन त्यो नजरमा सायद उ गैसकेर जो होला।

हरेस खादिन आफ्नो नजरमा परेकि कुमारिलाइ म आफ्नो सपनाकी राजकुमारी बनाएर छाड्छु भन्ने आँटका साथ भन्दै थियो म भित्रको युवाले। 
दिन बिताए सोच नै सोचमा। घरी पहेलो रङ्गको टि सर्ट याद आउथ्यो त घरी ति चालिरहेका पाइला। खयाली दुनियामा डुब्दै थिए म। आफ्नो कार्य बेस्तता लाइ एउटा कुनामा थन्काएर।
म एक बिद्यार्थी हुँ । कलेज हिडिरहेको थिए म जब उन्लाइ देखे। उनि पनि पक्का मेरै उमेरकी हुन पर्छ। हुन त केटिहरुको उमेरको कुरा गर्न हुन्न भन्छ्न अनि मायामा न जात न उमेर भन्छ्न।

दिन ढल्यो रात पर्यो 
यादका तरंगहरु तिखा हुदै गए सियोको खिरिलोपन जस्तै
आँखामा झझल्को आइरह्यो
मनले सोचको खोच नै बनायो सेति नदिले बनाए जस्तै
त्यो रुप त्यो सौन्दर्यताको दृश्य बन्यो फेवातालमा माछापुच्छ्रेको आकृती जस्तै
अर्धनिन्द्राको चेतमा म बर्बराउदै थिए रे ।

क्रमश...

Post a Comment

0 Comments