Advertisement

प्रपोज डे या प्रपोज विक???

Views
Photo by Markus Winkler on Unsplash



कहिले कसैलाइ प्रपोज गर्नु भएको छ? सायद छ होला है। मन मनै भएपनी प्रपोज गर्नु भएको छ नि नत्र सपनामा त पक्कै गर्नु भएको छ भो किन लुकाउनु हुन्छ !टक्क साहरुख खानले जस्तै हात फिजाएर, घुडा टेकेर या फुल दिएर गर्नु भएको थियो नि? कि सिधै मेरो छोरी/छोरा को बाउ / आमा बन्न सक्छौ भन्नुभयो? यस्तो भन्ने त फिल्ममा मात्र हो रियल लाइफमा त यो त असम्भव नै मान्छु म।

क्रस सङ्ग त्रुथ डेयर खेल्दै गर्दा त्रुथमा प्रश्न सोधिन्छ मलाइ-"अहिले सम्म कसैलाइ प्रपोज गरेको छौ?" मैले मुन्टो हलाउदै नाइ भन्छु अनि जोड्छु छिटै नै गर्नेछु प्रपोज।सबैले कस्लाइ भन्दै कौतुहलता जनाइरहेका बेलामा म जुरुक्क उठ्छु अनि आफ्नो क्रसतिर हेर्दै भन्छु-" के तिमी मेरो ब्ल्याक एन्ड व्हाइट जिन्दगीमा कलर भोर्न सक्छौ? " सबै जना चिच्चाउन थाले भन्न थाले से यस । मौनताको पर्खाल चुलियो उसमा सायद, कसम तेस्तो पर्खाल चड्ने भर्र्याङ् भको भए म लाउथे होला भन्ने फिल आयो। धन्य प्रभु ! उत्तर आयो म केही दिन सोच्छु भनेर।

अनि के छ त खबर भन्दै मेसेज आयो साथीको । मैले ठिकै छ भने। उस्ले हाहा मैले तेरो सोधेको हैन मेरो भाउजु को सोधेको हो भन्यो। लाग्यो साले लाई गएर दुइटै गाला सुनिने गरेर पड्काउछु भन्ने अनि सोचे जे भए नि आफ्नै साथी हो केटि खोज्दिने नै यस्ले नै त हो नि भनेर चुप बसे आफ्नो रिस शान्त पारे। मेसेज लेखे एकदम बबाल छ मैले मेसेन्जरमा नै प्रपोज हान्दिए नि भने। ल स्क्रिन सट पठाइ न भन्यो अब पर्यो तनाब मलाइ के गर्ने त भन्ने भयो अनि एउटि मिल्ने केटि साथिलाइ मलाइ यस्तो भको छ म तिम्लाइ मेसेन्जरमा प्रपोज गर्छु है भने। धन्न मानी यार । कसम नत्र अर्को कुनै बिकल्प नै थिएन के।

मैले मेसेज सुरु गरेको थिए बेलुकाको ७ बजे के गर्दै छौ? भनेर।
"बस्दै, तिमी?"
"म मायाको संसारमा डुब्दै छु अनि गहिराइ नाप्दै छु।"
"अनि कति रैछ त गहिराइ।"
"मेरो र तिम्रो मन मिलाउदा जति विशाल हुन्छ नि त्यत्ती।"
"हाहा! जे पाइ।"
"पत्यार लागेन।"
"अहँ एक थोपा नि लागेन।"
"मेरो बिश्वास लाग्दैन।"
"लाग्छ नि।"
"म तिम्लाइ एउटा कुरा भन्छु ल।"
"एउटा मात्र भन है मलाइ फुर्सद छैन।" (हाहा वाला इमोजी सहित)
सधै इमोजी युज गर्ने म आज सिरियस भएजस्तो देखाइरहेको थिए इमोजी प्रयोग नगरेर।
"अ एउटा मात्रै, सुन।"
"भन।"
मैले सोधे-"अङ्ग्रेजी अल्फाबेटमा एच र जे को बिच मा के आउँछ?"
"आइ"
फेरि अर्को सोध्छु है भने। हैन अघि त के भन्छु भनेको थियौ त अहिले किन सोधेको। सुन न सुन अनि यन्सर भन। हजुर को जो आज्ञा भन्ने जवाफ आयो। मैले फेरि अर्को प्रश्न राखे।
"हेटको अपोजिट के हुन्छ?"
"ओइ! के के सोधेको हम..."
"तिमी भन्दै जाउ न जवाफ।"
"ल ल भन्छु। लब हुन्छ लब।"
"अझै एउटा छ है।"
"सोध सोध एउटा भनेर तिनओटा पुराइ सक्यो।"
"योर बाट आर लाई रिमुब गराउने भने के बाकि हुन्छ?"
"यु।"
"ल अब सम्म सोधेको तिओटै प्रश्नको जवाफ देउ त।"
"ह्या, तिमि कति इरिटेटिङ हो के।"
"भन न सबै एकै पटक।"
"नाइ भन्दिन, कोइ केटिले पहिला भन्दैनन; म नि भन्दिन।"
"तिमी अरु जस्तो हैनौ नि, तिमी अरु भन्दा भिन्न छौ एकदम भिन्न।"
"भयो भयो डाइलग नै बढि।"
"म तिम्रो जिन्दगी नामक रथको सारथि बन्न सक्छु, सधै जुनिभरको लागि?"
जवाफमा हाहा आयो।
फेरि आयो-"आज मुडमा छौ त।"
"मुड त के नै छ र तिम्रो यश नो को प्रतीक्षामा बसेको छु म। तर तिमी नो भन ल।"
मैले यसो भन्ने बित्तिकै नो आयो जवाफ।
मैले नि भनिदिए-"मैले नो भन भनेर नो भनेउ, मैले केही नभनेको भए तिम्रो यन्सर यश नै हुने थियो म ढुक्क छु यो कुरामा।"
"अ खुब जे पनि भन्न पाइन्छ क्या हो ।"
मैले गुलावको इमोजि खोजेर पठाए।
लेखे-"आजलाई यहि फुल सम्झनु...आखिर काल्पनिकतालाई पनि अङ्गाल्नु जीवन हो।"
"हाहा..नहसाउ न हो।"
"हास न हास तिम्रो मुस्कान नि एक हो जुन देखेर म फिदा छु।"
"अनि अरु के के छ नि?"
"बिस्तारै भनौला नि त।"
"आइ लब यु डट डट अघि यो यन्सर हो है....बिस्तारै भनेको नि मैले नि।"

यत्ति भएको स्क्रिन सट पठाए । उस्ले सीन गर्यो। पढ्यो पनि अनि भन्यो ल बधाइ छ अब पार्टी...बरु कहाँ जाने अनि भाउजुलाइ नि लिएर आइजा है पार्टीमा।

कति छिटो नाता गास्छ्न है साथी। अचम्म छ नि, मलाइ यो केटि मन पर्यो भन्नै हुन्न के सिधै भाउजू बनाइदिन्छ्न। २ वर्ष अघिको याद आयो। मैले एक हुल केटिहरु आएको मौका छोपेर साथिलाइ देखाउदै भनेको थिए ओए हेर न क्या राम्रा है। साथिले भनेको थियो एउटिलाई छान अनि पट्टाइ। भोलि पल्टबाट त्यो ग्याङको एकजना केटि साइड बाट गए नि भन्थ्यो साले हेर भाउजू । म चुप भन्दै हिड्थे।

म सुत्नु भन्दा अघि आफै सङ्ग बोल्दै थिए। मलाइ प्रपोज भनेको अरुले सोच्ने भन्दा फरक लाग्छ। आफ्नो मनलाई हातमा राखेर मेरो मन तिम्रो मनमा दिदै छु लौ भने जस्तै लाग्छ।

रातमा पनि विहानिपख सपना देखे प्रपोजको नै । रातो ड्रेसमा एक सुन्दरी मेरो नजिक आउदै थिइन। भनिन्छ नि सपना ब्लाक एण्ड व्हाइट हुन्छ भनेर तर मैले रातो देखे। सायद रातो सङ्ग म निकै नजिकिएर होला...यस सपनालाइ रङ्गिन बनाउने सोच भएर होला म आफैले बुझ्न सकिरहेको छैन। खेर, सपनामा जाऔ। नजिक आएर मेरो हात समात्दै भनिन यो हातको साथ मलाइ मिल्छ? म अक्क न बक्क भए। तैपनी सहास जुटाएर भने कति समयको लागि...के प्रायोजनका लागि? तपाइ केही तक्लिफमा हुनुन्छ भने भन्नुस म सहयोग गर्छु तपाइलाइ। मन्द सुरिलो स्वरमा आयो केही समयको लागि अनि मैले सोधे केही भनेको कति हो भनेर। कति भन्ने जवाफ नपाउदै मेरो निन्द्रा बाट म आउन बाध्य हुन्छु...आखिर चर्को चर्को आवाजमा ममिले जो बोलाउदै हुनुहुन्थ्यो बाबू उठ कति सुतेको भन्दै। उठ्ने बित्तिकै सोचे कास बिपनीमा यस्तो हुन्थ्यो।

हिजोको दिनलाई एनालाइसिस गरे।प्रपोज डे नै भएछ हिजो भन्दै मुसुमुसु हास्दै थिए त्यत्तिकैमा आएर दिदिले सोध्नुभयो। के हो लब पर्यो क्या। मेरो मुसुमुसु हासो लाई मैले ठूलो हासोमा परिणत गरे। ठूलो आवाजमा हास्दै भने म जस्तोलाई कसले हेर्छ र। दिदी हास्दै भन्नुभयो अरे बुद्धू हेर्ने नै त जस्तालाइ हो हेर्दा सोजो अनि अलिकती फटाहा केही गर्ला भन्ने जस्तो। म मख्ख पर्दै भने। हजुरलाइ कसैले प्रपोज गरेको छ?

मेरो सोचले भन्दै थियो हिजोको दिन त प्रपोज डे बनाइस आज नि प्रपोज डे बनाउने होस कि क्या हो??



Post a Comment

0 Comments