Flag

  





Advertisement

Main Ad

सरकार vs. म

Views
Photo by lonso97 on Unsplash


लकडाउनकाे २२ औं दिन । रातको २ बजेर २२ मिनट गयो। २ आयो सबै कुरामा तर म र सरकार बीचको मार्किङ छ १-० अर्थात् सरकार एक र म शुन्य।

मनोबैज्ञानिक हिसाबले म एउटा धोद्रो रुख भएको छु बाहिर बाट देख्दा अलिकति बाकी छु तर भित्रबाट खिइसकेको छु म कारण एउटै छ मेरो मात्र हैन साझा समस्या हो यो कोभिड-१९ को समस्या।

बन्द कोठाले के के उब्जाउन सक्छ यहाँहरुलाई थाहै छ। सर्जकका सृजना देखि लिएर हिंश्रक का हिंसा सम्म त्यही बन्द कोठाको सहायतामा हुन्छ। अँध्यारो को पूर्ण फाइदा उठाउन सक्छन् सर्जक देखि हिंश्रक सम्मका व्यक्तित्व हरु। म आफूलाई हिंश्रक को संग्या दिन चाहान्छु । मनोविज्ञान चिकित्सकलाई भेट्न गए भने मलाई भन्नु होला यो अहिलेको सामान्य समस्या हो भनेर तर म तुलनात्मक अवस्थालाई हेर्ने मानिस परिन। रिसको झोकमा आफ्ना काम बखुबै गर्न आउछ भन्ने भ्रम म मा सानै देखि थियो। सानोमा यो चाहियो भनेर रीसायसी अर्को दिन मेरो अघि त्यो चाहिएको कुरा आउँथ्यो अनि मेराे मानसपटल मा यस्तो तरिकाले बस्यो कि मैले भनेको जे नी हुन्छ भन्ने।

समय जहिले सामान्य हुँदैन त्यसमाथि म माध्यम वर्गको परिवारमा जन्मिएर हुर्केको। म अझै पनि सानोको तरिका अपनाउन सक्थे तर समयको परिवर्तन सँगै म अनि मेरो बानीमा आमूल परिवर्तन हरु आएका थिए। मलाई थाहा भएको थियो बन्द कोठामा एक्लै केही हुन सक्दैन भनेर। सर्जक पनि बन्द कोठामा सृजना गर्नलाई माध्यम खोज्दछन् अनि हिंस्रकको लागि त एउटा हिंसा गर्ने कुराको आवश्यकता नै पर्यो।

म सामान्य नागरिक र म भित्रको सरकार जसमा क्रूरता थियो कुनै समयमा र म भित्रको सरकार जसमा अहिले नम्रता हावी भएको छ। त्यो क्रूरता भन्न सायद अनुचित हुन्छ भन्नु होला तपाईं तर त्यो क्रूरता नै हो। समयसापेक्ष परिवर्तन हुने मजस्ता मध्यम वर्गीय परिवारमा जन्मिएका हरेकको साझा समस्या हो यो। म भित्रको सरकारमा आएको परिवर्तनलाई कसो १ मार्क दिन नमिल्ला र?

Post a Comment

0 Comments