Advertisement

प्रेमको यात्रा: प्रथम इन्द्रियदेखि सातौं इन्द्रियसम्म

Views
Photo by Wolfgang Hasselmann on Unsplash


मेरो नजिकको एकजनाले मलाई प्रश्न गर्नुभयो कि म किन अब प्रेम र जीवनको बिचको सम्बन्धको बारेमा लेखिरहेको छैन। त्यो समयमा म चुपचाप थिएँ। उहाले मलाई एक विषय 'क्रश:सूची होइन पुस्तक हो।' दिनुभयो त्यसपछि म निष्कर्षमा पुगेँ र प्रेमको यात्रामा लेख्न लागे।

आँखा बन्द छन् ध्यान मा माग्न छु म। हाम्रो शरीर कति सम्म अधभूत छ भन्ने सोचि राखेको छु। प्रकृति बाट सृजित यो शरीरका हरेक अङ्ग स्वचालित छन् व्यवस्थित ढंगले। सोही प्रकृतिको कार्याेन्मूख अवस्थाबाट बुद्धिको उत्पत्ति हुन्छ। अनि इन्द्रिय हरुको उत्पत्ति हुन्छ। 

बाल्यकालदेखि नै, हामीलाई यो सिकाइएको छ कि मानव शरीरको पाँच इन्द्रियहरू छन्: दृश्य, सुनुवाई, स्पर्श, स्वाद, र गन्ध। तर मैले प्रेमको यात्रामा सात इन्द्रिय पाएको छु। 

मलाई संस्कृतको श्लोक थाहा छ कि,
आपदाम् कथितः पन्थाः इन्द्रियाणाम् असंयमः
तज्जयः सम्पदाम् मार्गो येनेष्टम् तेन गम्यताम् ।

अर्थात् आफ्ना इन्द्रियहरुलाई नियन्त्रणमा नराख्नु र छाडा लगाउनु भनेको आपत्तिको बाटो समात्नु हो । इन्द्रियहरुलाई जित्नु तथा नियन्त्रणमा राख्नु भनेको सम्पत्ति र सफलताको बाटो लिनु हो । तपाइँ जुन बाटो अपनाउन चाहनुहुन्छ त्यसैबाटो अगाडि बढ्नुहोस् ।

तर जब इन्द्रियले कथा बनाउँछन् नि आत्मिय सम्बन्धका कथाहरूको सृजना हुन्छ।

१. दृष्टि/ दृश्य

भीडले थिचेको सहरमा छु म। ठूला ठूला घर अनि मानिसको कोलाहलको बीचमा आफ्नो सपनालाई पछाउँदै आएको म नजरलाई यता उता डुलाउँदै सपनामा ध्यान दिने प्रसासरत थिए यत्तिकैमा दृष्टिले उता हेर भनेर भन्दियो। नजर गयो एक युवती तर्फ। चहल - पहल सुरु हुन्छ मेरो मन देखि मस्तिष्कसम्म । सुरु हुन्छ मायाको टुसा पलाउन। कहिल्यै नटुंगिने गरी आइरहन्छन् फिल्मी डायलग अनि फिल्मी सिनहरु। मनसँग विश्राम लिएर सपनामा ध्यानलाई लैजान खोज्छु तर ओझेलमा पारिदिन्छ दृष्टिले सपनालाई। हक जनाउँछ दृष्टिले अनि सपनालाई भुल्न । बाध्यता ठानेर हेर्छु सुरुमा लगातार हेर्दा कति दिक्क नमान्ने हो यो दृष्टिले भन्ने सोच्दै सोच्दैन मनले। बरु उल्टै हेरिरहुँ भन्दै छ। लगातार अनि बारबार। वाचाल छ यो सहर । रोकिदैन पटक्कै । यहाँ सबै महत्वाकांक्षी यात्रामा छन् । त्यस्तै जस्तै मेरा दृश्य नि वाचाल हुँदै थिए अनि हिँड्दै थिए महत्त्वकांक्षी यात्रामा। अर्थात मायाको यात्रामा।  म इन्द्रियलाई काबू गर्न खोज्थे तर रूपमा मोहित थिए जति गर्दा पनि काबू गर्न सकिरहेको थिइन। लाग्दै थियो यो मेरो पहिलो एकतर्फी प्रेम हो। 

२. सुनुवाई

अपरिचितहरुले कथा–व्यथा सुनिदिन्छन् । तर, आफन्तहरु भने बिराना लाग्छन् सहरमा । हो म पनि अपरिचित सङ्ग नजिकिए। आफ्ना कुराहरु भन्ने थाले । मेरा कथा व्यथा सुनिदिन्थिन उनी। जब उनको बोल्ने पालो आउँथ्यो अनि मैले तारीफको फूल बर्साउँथे। रित्तो मनमा अनि मेरा कानमा सिर्फ उनको आवाज गुन्जी न्थ्यो। एकान्तको सहारा लिने म एकाएक परिवर्तन हुँदै थिए। कानमा गुञ्जिने उनको आवाज मेरो मस्तिष्क र मनमा बस्न पुगेछ कति बेला थाहा नै नपाई। दोश्रो प्रेम भएछ मलाई । 


३. स्वाद

प्रेमको तेस्रो अध्याय सुरु हुँदै थियो। सत्यगुणी मानिस बन्न चाहान्थे म तर स्वादका लागि खाने भएर रजोगुणी मानिसको सूचीमा पर्दथे। फेरिँदो स्वाद सँगै मेरो युवतीहरु को स्वाद नि फेरियो। लाम्चो अनुहार बाट गोलो अनुहार मन पर्न थाल्यो मलाई। स्वादका गुण हरु र मन मस्तिष्कमा सूक्ष्म सम्बन्ध पाए मैले। अनि यो सम्बन्धलाई बन्धनको संग्या दिए। स्वादका हरेक कणमा तिमी नै पाउँथे जुन बन्धन बनेको थ्यो नि त्यसलाई एकताको रूप दिन मैले प्रयास गरे। 

४. गन्ध

म अचम्ममा छु, म कस्तुरी मृग बन्न पुगे मलाई थाहा भयो की मेरो नाबि बाट सुगन्धित बास्ना आउँदै छ भनेर । चुनावी माहोल मा आफ्ना आफ्ना पार्टीका गन्ध हरु आउँथे तर मा तिम्रो मायाको गन्ध पाउँदै थिए। पार्टी एक तर्फ अनि माया एक तर्फ। भुलेछु म एक उमेद्वार हो पार्टी बाट उठेको भनेर। म आफूलाई उमेद्वारी दिन लागे मायाको चुनावमा अनि पार्टीको चुनाव मा हार बेहोर्नु परे पनि मायाको चुनावमा मलाई हार बेहोर्नु परेन। मैले भनिदिए चौथो प्रेमिकालाई म एक मात्र मानिस हूँ जो हार मा नि जितको गन्ध लिएर अघि बढेको छु तिम्रो रुपमा भनेर। 

५. भावना

मेरो पाँचौं प्रेम भावनासँग जोडिएको छ। मायाको अर्थ नै भावना हो। एक सच्चा माया नै भावना हो, जुन तिमीले मलाई गर्थेउ मेरो अनुपस्थितिमा पनि। मायामा जलन हुन्छ, भावनात्मक रूप मा दुई मुटु एक मुटु बन्छन् अनि दुई ज्यान एक ज्यान बन्न पुग्छन्। कति बेला भावनाको छाल आयो थाहा नै भएन मायाको खोजीमा तड्पिएको म अनि मेरो मन भोरिदियौ छालको रूपमा आएर। समयको बाँध सँगै मेरो काजोरी बन्न थालेउ तिमी भावना सृजित दिन सायद याद नहोला तर माया सृजित दिन याद छ। ती पल याद छन्, ती साथ याद छन् अनि त्यो निकटता याद छ मनको कुनामा भावनाको रुपमा सुरक्षित छन् तिमी अनि मेरो सम्बन्धका एक एक गुप्ती। 

६. स्पर्श

डर माया हो अनि माया डर। जब डरले स्पर्श गर्छ नि त्यो कोमल मुटुमा अनि शरीर काप्न थाल्छ कमजोर महसुस हुन्छ तर त्यही डर हटाउने हात ले जब स्पर्श गर्छ अनि त्यो एक दरिलो मुटु बन्छ जसको फलस्वरूप जन्मन्छ दरिलो सम्बन्ध। तिमी डर जित्दै थियौं र मैले तिम्लाई जित्दै थिए एक साथीको रुपमा साथै छैटौं प्रेमिकाको रुपमा।

७. धारणा

सम्झना र कल्पना बेहोसीका सूचक हुन्। वर्तमान अवस्था आनन्ददायक नभएर म सम्झनामा रमाउँदै थिए कल्पनामा डुब्दै थिए। यत्तिकै मा तिमी सङ्ग भेट भयो। विगतका कुराहरु तिमीलाई सुनाउन थाले। मनलाई उड्न ठूलो आकाश दियौ तिमीले। मेरो बेलगाम मनलाई चञ्चलता प्रदान गरिदियौं तिमीले। सत्यको पर्दा उगारिदियौ तिमीले। त्यसैले म तिमीलाई सातौं प्रेमको रुपमा लिएको छु। सायद यो मेरो गलत धारणा थियो तिमी प्रति तिम्रो सच्चा धारणाले नै सम्बन्धलाई सुधार बनायो। एक अमूर्त आकार लियो दुई अन्जान व्यक्तिको रुपमा। 

 यात्रा जारी छ तर धार फेरिएको छ, स्वरूप फेरिएको छ। म पुग्दैछु यस्तो स्थितिमा जसले भन्ने गर्दछ माया मानिसको अगणतिय चाह अर्थात मोह हो। 

Post a Comment

0 Comments