Advertisement

यदि माया लाग्थेन भने... | यायावर शुशिल

Views
Photo by Jason D on Unsplash

ख्याल ख्यालमा तिमी प्रोफाइल फोटो फेर न भन्छिन् उनी। म नाई नाई मलाई यही फोटो मन पर्छ भन्दै जिद्दी गर्छु। तर यो जिद्दिपन लामो समय कहाँ टिक्थ्यो र त्यो पनि उनको अघि। मैले ५-७ मिनट लगाएर फोटो खोज्छु अनि फेरि हाल्छु। गाडा निलो टिसर्ट लगाएर बेन्चमा बसेको फोटो। उनको मेसेज आउँछ के हो ह्यान्डसम वाला फोटो आएछ नि भन्दै। म भन्छु जब देखि म तिम्रो भए नि अनि बल्ल ह्यान्डसम भको नत्र पहिला तोरी थिए म हाँसोको इमोजी सहित।

टुङ्ग आवजसहित नोटिफिकेसन आउँछ। म हतार गर्दै हेर्छु उनको लव रियाक्ट आएको रैछ। अब कमेन्ट आउँछ भन्नेमा ढुक्क थिए म। नभन्दै कमेन्ट आयो राति - राति नसुतिकन प्रोफाईल किन फेरेको। रातको समयमा नसुतिकन किन कमेन्ट गरेको मैले रिप्लाई गर्छु।

कमेन्ट र च्याटमा कुरा लम्बिदै जान्छन्।

गफ गफमा भनिदिए मैले यदि मोनालिसाको पालामा म जन्मिएको भए लियो नार्दो दा भिन्चि ले मेरो फोटो बनाउथे होला। तपाईंले जे सोच्दै हुनुहुन्छ नि उनले त्यही भनिन् के। उनले भनिन् तिमी केटा हौ। भिन्चि ले केटाको फोटो बनाउँथेनन । म केही नबोली हासेको इमोजि पठाए।

रात छिप्पिदै थियो। उनका कुराहरूमा हराउँदै थिए म।एकअर्कालाई जिस्किदै जिस्काउदै थियौं हामीहरू। मैले भनिदिए आज रात यतै बिताउने हो क्या भनेर। उनको जवाफ यस्तो आउँथ्यो नि हरेक पटक म हाँसेर छोडिदिन्थे मलाई केही भन्नै आउँथेन। उनले भनिन् यो रात रात हैन यो समय हो फोटोको।

कमेन्टमा रिप्लाई आउँछ आज दिन सही गए जस्तो छ महोदयको त्यसैले त रात सही बनाउनलाई फोटो हाले जस्तो छ। मैले नि ढिला नगरी दिए रिप्लाई रात त तिमीसँग बोलेपछि यसै सही भई हाल्छ नि। मेसेज आउँछ के कमेन्ट रिप्लाई गरेको त्यस्तो भन्दै।
मैले भन्छु माया गर्नेले देखाउन हुँदैन र भन्दै।
कसैले पढ्यो भने नि उनको यस्तो जवाफमा म भन्छु समाज सँगको डरले हाम्रो मायामा कमी आउनु हुँदैन। समाज बन्ने नै परिवारहरू बाट हो। तिमी र म नै एक उदाहरण बन्न सकेऊ भने पो हामी जस्तो आउने पुस्तामा माया एक भाव हो भन्ने बुझाउन सकिन्छ नत्र माया एक खेल समान हुन पुग्छ।
"त्यस्तो फिलोसोफिकल कुरा नगर न मेरो दिमागबाट छिर्दैन अलि बुझ्ने भाषामा भन न।"
"नबुझे जस्तो नगर न कुरा क्लियर छ माया गर्न कसैसँग डराउन पर्दैन।"

सुतम है अब त निकै रात पर्यो उनी भन्छिन्।
"यी मनका गुनासा ओठले भर्खर पोख्न सुरु गर्दै छ तिमी अहिले नै सुत्ने भन्छौ।" मैले भन्छु।
पूरा जिन्दगी छ नि गफ गर्न लाई भन्दै थियौ तिमी। जवाफमा मलाई निन्द्रा छैन भन्दै बोली राखेको थिए म। आँखा झिम्काउ छिटै निन्द्रा लाग्छ भन्ने सुनेकी थिए मैले तिम्ले ट्राई गर न त। निन्द्रा लागि पो हाल्छ की उनले थपिन्।

झिम्काउँदै गरेको आँखाले उज्यालो किरण देख्छन्।
उठ ९ बजिसक्यो चर्को आवाजको झुण्ड कता कता म तर्फ आएको महसूस हुन्छ। आँखा खोल्छु छेउमा भएको मोबाइल समातेर फेसबुक हेर्छु न फोटो फेरिएको छ न कुनै मेसेज छ कोही केटीको। मेसेन्जर मा टाढा - टाढासम्म तल तल सम्म खोज्छु। मन्द मुस्कानसहित उठ्छु।

रातको सपनालाई सोच्दै मन मनै भन्छु आजको दिन सही जानेछ।

अनि हास्दै भन्छु यदि माया लाग्थेन भने सपनामा किन आयौ।

Post a Comment

0 Comments