Advertisement

पर्खाइ | यायावर शुशिल

Views
Photo by Ümit Bulut on Unsplash

झिनो आशामा नै जीवनका रङ्गीन पलहरु कोरिन्छन् अनि कति बेला ति कोरिएर पाना भोरिन्छन् अनि कति बेला एउटा किताबको स्वरूप लिन्छन् । के थाहा? 
हो, यही नै हो पर्खाइ। 

हजारौं/ लाखौं भ्रूण हरु एक गर्भाशय मा मिल्न लाई जान्छन्। हरेक भ्रूण यस कुराको पर्खाइमा हुन्छन् कि कति बेला गएर गर्भाशयमा मिल्छम भन्ने। जिन्दगीको सुरुवात हुन भन्दा अघि नै पर्खाइ को सुरु भयो मानव जगतमा। 

रुँदै रुँदै म पाइला टेक्छु यस पर्खाइको पर्यायवाची बन्न पुगेको संसारमा जहाँ हरपल हरक्षण पर्खनु पर्ने अवस्था सृजना हुन्छ। जन्म पश्चात सुख्खा ओठमा आमाको दूधको मुन्टा कति बेला पर्ला भन्ने पर्खाइमा म चिच्याउँदै हुन्छु। 

हो, म भोक मेट्ने पर्खाइमा हुन्छु।

दिनभर कोरकोको बसाई अनि साँझमा आमा मेला बाट फर्किएर जब काखमा राखेर आफ्नो स्तनलाई म तिर देखाउथिन् अनि भन्थिन् बाबु दूध खाउ भन्दै मा एक पटक पनि नरोकीईकन तनतन तानी राख्थे दूध आउने बेला सम्म। जब आमाको हातको स्पर्श मेरो शरीरमा पर्थ्यो नि मेरो दिन भएको पर्खाइ कहाँ जान्थ्यो कहाँ। पिलपिल परेका मेरा आँखाहरुले राहातको सास फेर्थे। 

हो, म आमाको न्यानो काखको पर्काइमा थिए।

स्कूल जाने उमेर भयो मेरो। म हरेक कक्षामा घण्टी को पर्खाइमा हुन्थे। कति बेला खाजा खाने बेला होला भन्ने पर्खाइमा हुन्थे अनि खाजा खाइसके पछि का पिरियड मा कति बेला घर जाने बेला होला भन्ने प्रतिक्षामा।

अचम्मको छ यो पर्खाइ भन्ने चिज नै थाकेर तत्तु परेको हुन्छु म तर पनि थकाइको नाम नै बिर्सी दिन्छ यसले। 

हो, पर्खाइको मजा नि बेग्लै हुन्छ।

उमेर बढ्दै जान्छ मेरा रहरका पर्खाइको दायरा पनि फराकिलो हुँदै जान्छन्। दशैं कहिले आउला सब साथी भाइ सङ्ग भेट कहिले होला त्यस्तै तिहार कहिले आउला अनि दिदबहिनीका हातको सप्तरङ्गी टिका कहिले लाउन पाउला भन्ने पर्खाइमा बित्छ मेरो वर्ष नै।

हो, म पर्खाइको लहरालाई अघि बढाउँदै थिए।

चन्द्रमा नि पर्खी राखेको हुन्छ सूर्य कति बेला अस्ताउला र म उदाउला भनेर। त्यस्तै सुनौलो बिहानीको पर्खाइमा हुन्छ सूर्य पनि। दिलको क्यानभास मा उनको चित्र कोरेर म नि चन्द्रले रातको पर्खाइ गरे जसरी, सूर्यले बिहानीको पर्खाइ गरे जसरी उनकै पर्खाइमा हुन्छु।

राशिफलमा प्रेम सम्बन्ध प्रगाढ हुन्छ भन्ने हेरेपछि त्यस दिन म त्यही प्रगाढ सम्बन्ध कस्तो होला भन्ने पर्खाइमा हुन्थे।

हो, म पर्खाइको लहरालाई शक्ति को आभास दिलाउन खोज्दै थिए।

मेरा भावनालाई पर्खाइ राखे मैले वर्षौ सम्म। उनी आफ्नो मौनतालाई जीत सम्झिदै थिइन होला तर म आफ्नो पर्खाइलाई जीवनको एक अभिन्न अङ्ग का रुपमा सम्झिदै थिए।

कतै सुनेको थिए याद गर्यो भने तारा खस्छन् भनेर हो म तिनै तारा खस्ने पर्खाइमा छु।

यादहरु न काट्न नै सकिन्छन् न मार्न नै सकिन्छन् न मेट्न नै सकिन्छन् छाप बनेर बसेका यी यादलाई उखेलेर फाल्ने पर्खाइमा नै सीमित छ मेरो मन। 

सपनाको पर्खाइमा रात बिते जस्तै उनको पर्खाइमा जीवन बिताउन हुन्न भन्ने सोच आएर मा जीवनलाई अर्को रुप दिन लाग्छु। अर्थात जिम्मेवारीले ढोका ढक्ढकाउन लागेको महसुस हुँदै छ। पहिले उनको पर्खाइमा लाग्ने म अहिले आफ्नो सुनौलो भविष्य को पर्खाइमा हुन्छु।

लामो खडेरी पछिको माटो लाई पानीको पर्खाइ भएजस्तै मेरो जिन्दगीमा मायाको खडेरिलाई सुल्झाउन रानीको आगमन हुन्छ वैवाहिक सम्बन्ध बाट।

अब एक हसीन परिवारको पर्खाइमा हुन्छु म। जहाँ खुसीका रंगहरुले सजिएको महलको प्रतीक्षा हुन्छ।

उमेरले नेटो काट्दै जान्छ। छोरा - छोरी कहिले ठूला होलान् अनि यो कामबाट छुटकारा मिल्ला मलाई भन्ने पर्खाइमा हुन्छु म।

जीर्ण बन्दै गएको शरीरले नातिनातिना देख्न पाए हुन्थ्यो भन्ने पर्खाइ छ भन्दछ।

अस्ताउन लागेको सूर्यले दिएको प्रकाश जस्तै जिन्दगीका उज्यालोपन देखाउँदै मृत्युको पर्खाइमा पुग्छ जीवन।

Post a Comment

0 Comments