Advertisement

शुभकामना | यायावर शुशिल

Views


मनको कुना कूनाले ज्वारभाटा निकाल्दै छ। ह्याप्पी बर्थडे नामक ज्वारभाटा। ननिकालोस् नि कसरी आज उनको जो बर्थडे छ। तिनै निस्किरहेको ज्वारभाटा लाई छेक्न भनेर दिवार बनेर उत्रेको छ मस्तिष्क पनि। त्यति कमजोर छैन मेरो दिवार साना चोटले भत्की हाल्ने।
Photo by Annie Spratt on Unsplash


मनको कुना कूनाले ज्वारभाटा निकाल्दै छ। ह्याप्पी बर्थडे नामक ज्वारभाटा। ननिकालोस् नि कसरी आज उनको जो बर्थडे छ। तिनै निस्किरहेको ज्वारभाटा लाई छेक्न भनेर दिवार बनेर उत्रेको छ मस्तिष्क पनि। त्यति कमजोर छैन मेरो दिवार साना चोटले भत्की हाल्ने। 


मेसेजमा ह्याप्पी टाइप जान्छु गएर। जती खुसी हुँदै मा HAPPY टाइप गरेको हुन्छु त्यसको दोब्बर दुःखी हुँदै मेट्छु त्यो लेखिएको शब्दलाई बिस्तारै। वाई मेट्दै गर्दा उनको याद आयो अनि अनुहारको खुसी मेटे जस्तै भयो तर पनि म रोकिइन। कता कता मनमा म के गर्दै छु भन्ने आएको थ्यो तर मैले त्यो आएको कुरालाई हाबी हुनै दिइन।

एकछिन टक्क अडिए। पालो पी लाई मेट्ने थ्यो। दुइटै पी लाई एकै पटक मेट्छु भन्दै मेट्न लागे। मेट्ने क्रममा उनको प्रेम र पहिचान लाई सम्झे।उनले मेरो लागि गरेको प्रेम नै मेट्न लाएको भान हुँदै थ्यो। आफ्नो पहिचान नै बद्लेर मेरो जस्तो पहिचान बनाउँदै थिइन् उनी। उनको आफ्नो पहिचान त मैले पहिले नै मेटिसकेको रैछु भन्ने भयो। म रोकिने सयौं कुरा विगतका थिए तर म पछि हेर्नै चाहिन। एउटा पी लाई मेटे। यी दुई पी जस्तै हाम्रो सम्बन्ध पनि अटूट अपुरक अनि एक को बिना अर्को अधुरो थियो। अब एउटा पी मात्र बाकी रह्यो। त एक्लै के बस्छस् भनी त्यसलाई नि मेटाइ दिए।

A को पालो आयो अब हट्ने। हात हरु काप्दै जान्छन्। आदत जो हटाउँदै थिए म। पानीमा चीनी घुले जसरी मेरा आदत नि उनका आदत मा घुलिन पुगेछन्। सम्झने प्रयास गर्छु म कस्तो थिए भनेर तर सम्झनामा म भन्दा बढी उनी नै आउछिन्। यो सम्झिने आदत नि हाटाउँछु भन्दै A लाई मेट्छु।

अब एउटा बाँकी छ एच। मलाई हेर्ने बित्तिकै मुस्कान आउने उनको हसिन अनुहार दिमागमा झट्ट आउँछ। अनि मन्द मुस्कुराउँछु म पनि सम्झिदै। हिम्मत नै आउँदैन एच लाई मेट्ने। जब जब म कमजोर हुन्थे उनले मलाई हिम्मत दिन्थिन्। सानो कुरा मनमा नखेलाउ धेरै भन्दै। आज त्यो हसिन अनुहार सङ्गै हिम्मत नि मेट्न अघि सार्दै थिए। हात भन्दा धेरै मन काम्न सुरु गर्दै थ्यो। कापिरहेको मनले भन्दै थियो जे जस्तो भए नि ऊ आफ्नै हो। आफ्नो लाई पराया बनाउनतिर नलाग। मनुष्य रूपी मनलाई यो यन्त्र रूपी मस्तिष्कले नै पछि पार्यो। अनि मेटियो एच पनि। खाली भयो लेखिएको ठाँउ। तर गरुङ्गो हुँदै थ्यो मन १२ बजे सम्म बसेर बर्थ डे को शुभकामना दिन पर्ने ठाउँमा लेखेका अक्षर नि मेट्ने क्रममा।

याद, प्रेम, पहिचान, आदत अनि हिम्मत सबैको आहुति दिएजस्तै हुँदै थ्यो। अब त मानव भन्न लाएक नै थिइन म। मानवता भन्ने चिजलाई ह्याप्पी नामक शब्द सङ्गै मेटेको थिए मैले। म फेरि उनलाई नै सम्झन्छु। मेरो मेसेज आउँछ भनी उनले कुर्दै छन् होला। फेरि पनि ह्याप्पी बर्थडे टू यू, ह्याप्पी बर्थडे टू यू गञ्जाएमान हुन्छ। मस्तिष्कको दिवारलाई तोड्दै लेख्छु जन्म दिनको धेरै धेरै शुभकामना। लेख्न त धेरै मन थियो तर खेलिरहने कुराले शब्द हरु सिमीत गरिदियो। तर पनि जोडे आउने वर्ष अघिल्लो वर्ष जस्तो नहोस्।



Post a Comment

0 Comments