Advertisement

ईन्टरनेट कन्टेन्ट | यायावर शुशिल

Views
कति क्षणीक छ है ईन्टरनेट को दुनिया। कति बेला को चर्चामा आउछ अनि कति बेला को जान्छ पत्तो नै पाइन्न।
Photo by Leon Seibert on Unsplash


कति क्षणीक छ है ईन्टरनेट को दुनिया। कति बेला को चर्चामा आउछ अनि कति बेला को जान्छ पत्तो नै पाइन्न। छिमेकीको कुरा गरौं न हिजो सम्म विनोदको ढोल पिटिदै थियो आज फेरि कोकिलाको पालो आएको छ। पहिला आफ्नै घरको कुरा गर्न पर्थ्यो क्यारे। म छिमेकमा पुगेछु। बेसार देखि इनफ इज इनफ ले तताएका थिए घरलाई केही समय अघि। सेलाउने नाम नै लिएको थिएन बेसार अनि तातो पनि। तर यो दुनिया नै क्षणिक छ। के नै लामो टिक्छ र?

कुनै निचोड निस्कोस् ननिस्कोस् मतलब भएन। तर कन्टेन्ट पाउने बित्तिकै भेडाको बथान लाग्छ गण्डकितिर एउटा भेडो को पछि पछि लाग्दै। अहिले को समय के हो के कुरामा चर्चा हुन पर्छ भन्ने सायद कसैलाई थाहा छैन। मलाई पनि थाहा छैन। ल हेर्नुस्, म के लेख्दै छु। कोरोनासङ्ग जुधेको समयलाई साढे जुधाइ खेल्दै छु ईन्टरनेट कन्टेन्ट लेखेर। तर थाहा छ तपाईंहरुलाई कुनै पनि कुरामा ध्यान दिएन भने त्यो आफै हराउँछ नि। चाहे त्यो शरीरको चोट होस् या मनको चोट। म कन्टेन्ट भन्दा बाहिर जान त लागेको छैन नि है। आउँछु बिस्तारै अलिकति भूमिका बाधेको मात्र। भाले जुधाइ त देखि सकियो नि प्रमुख हरु बाट। एउटा भालेको पत्ता काटिएको भए सायद चिकन बिरयानी खान पाइन्थ्यो होला तर के गर्नु दुइटै बासेर मात्र छोडे।

ल गफ गफमा धन्नै आफ्नै नातेदार लाई बिर्सेको नि। सम्धि के मेरो । होनाहार सम्धि। वान इन अल भनम की अल इन वान लास्टै दोधारमा पो परे म त। जे भने नि उनै हुन्। लेख्दा लेख्दै बत्ती पो गयो नि। कतै खतराको घण्टी त होइन यो। बजारमा फेरि अर्कै हल्ला छ। आयो आयो भन्दै छन् त। हैन, भूकम्प आयो क्या हो। कि यसलाई पराकम्प नै मान्दिम हो। अ साँच्चै, पानीमा एसिड हालेऊ कि एसिडमा पानी हालेउ। फरक छ नि हो धेरै फरक छ एउटै भन्ने भ्रममा नपर्नुस्। कर्णाली नै सुक्छ कि जस्तो हल्ला नि फैलिएको थियो क्या है त्यो बेला मार्ने र मर्ने कुरा भइसके पछि पनि अनि क्षडीक हल्ला किन। म सङ्ग जवाफ छ किन भन्दा इन्टरनेट कन्टेन्ट को लागि। 

म मेरो दिमागलाई कसरी बिर्सिन सक्छु। रट्टा मार्दा मार्दा थाकेर म परीक्षा दिन्न भन्ने म उसलाई हेर्छु त्यसमा नि इन्टरनेट कन्टेन्ट मात्र देख्छु। जलेको कुरा याद नै नगरम भन्यो। घरी घरी याद बनेर आउँछ। चाहे मेरो मन होस् या देशको प्रतिष्ठा नै।

लाग्दै थ्यो एक दिनमा लाखौंको टेस्ट हुन्छ भनेर। आए इन् अफ भने अनि गए। 

लाग्दै थ्यो एसिड बजारमा पानीको भाउमा बिक्दैन भनेर। आए नो एसिड याट्याक भने अनि गए। 

लाग्दै थ्यो जातिभेद आज नै अन्त्य हुन्छ भनेर। आए जस्टिस फर फलानो भने अनि गए। 

लाग्दै थ्यो रातो त निलो रङ्गको पर्दा नि जल्दैन आउने दिनमा भनेर। आए स्वाभिमानका गफ पिटे अनि गए। 

लाग्दै छ वान इन अल लाई विदाई नै दिन्छन् भनेर। आउँछन् भित्ताहरू सम्धि नामक शब्दले सजिन्छन् अनि जान्छन्। 

लाग्दै छ सूर्य सङ्ग उज्यालो चोरेर भए नि ल्याउँछन् अनि रातलाई उज्यालो बनाउँछन् भनेर। आउँछन् ग्रहण लागेका तालिका देखाउँछन् अनि हराउँछन्। 

आखिर कहिलेसम्म इन्टरनेटका कन्टेन्टमा सीमित हुने। आउनुहोस् हातमा हात जोडेर अघि बढौ। रोक्नुहोस्। दूरी कायम गर्नुहोस्। कोरोनाको घडीमा छौं हामी। टाढै बाट नमस्ते गर्नुहोस्। अनि सोच्नुहोस् के गरेर हटाउन सकिन्छ फैलिरहेको कोरोना अनि इन्टरनेटका नचाहिदा कन्टेन्टहरु।

Post a Comment

0 Comments