Advertisement

को हो उ ? | यायावर शुशिल

Views


परिक्षाको अन्तिम दिन मन कता कता हर्षित थियो। अब  परिक्षा भ्याइयो है भनेर  हतारमा रहेकासब मानिसहरु लाइ देख्दै अचम्म पर्दै थिए   १० मिनट गाडि के कुर्दै थिए  वोटा साना दुर्घटना देखिसकेको थिए। मन एक्कासि आत्तिएझै भएर आउछ त्यस्तो देखि आउदा। तैपनि परिक्षाको तनाब आफ्नैठाउँ मा हुन्छ  

राम्रै गरे भन्दै निस्किए  कक्षा कोठा बाट  बिस्तारै  हिड्दै आउछु बस तर्फ।  चढेको केहि समयमानै दुइ जना केटिहरु आउछन्। उनिहरु तिर टक्क नजर जान्छ। उनिहरु दुबैले मास्क लाएका हुन्छन्। तर एकको आँखा कता कता चिने चिने जस्तो लाग्दै थियो या उस्को नजर चिने जानेको जस्तै लाग्दै थियो।

मेरो अनि उस्को नजर मिल्यो अनि मनमा आयो मैले सोचेकै वाला हो भन्ने देखियो हामि दुबैकोआखाँमा   आएर मेरै अघिल्लो सिटमा बसि। मेरो धड्कन बढ्दै गयो। कतै आवज बहिर निस्किएको छैन भन्ने लाग्यो। बिस्तारै छातिमा हात राखि शान्त गराए। 


बसको ढोका बाट मेरो अघिल्लो सिट सम्म आइपुग्दा कता कता स्लो मोसनमा सब चिज हिडिरहेछ भन्ने भान हुदै थियो। घर बाट निस्किदा सधै निलो रङ्ग लाएर निस्किन्थि  तर आज  हरियो रङकोकपडा लाएर निस्केकि थिइ। सायद उस्को च्वाइस च्यान्ज भयो होला। 
कक्षा कोठा बाट परिक्षा सिद्धियो भन्दै निस्केको  फेरि अर्को परिक्षा मा आइ पुगेको थिए।


अब  बस बाट झर्ने बेला भयो।  हो या होइन भन्ने हड्बडि मनमा हुदा हुदै  आफुलाइ सालिनबनाएर सिट बाट निस्कन्छु। निस्किदा उस्को सिट अघि आइपुग्छु। नजानिदो पारामा हात उठ्छन बाइभन्न को लागि। माक्स लाएपनि त्यो उठिरएको गाला बाट  उस्को मुस्कान देख्दै थिए। 

अब  कन्फर्म भयो।  नै रहिछ।


बल्ल परिक्षा सिद्धिएको भान भयो जब  रहिछ भन्ने मन लाइ भयो।

Post a Comment

0 Comments