Advertisement

डियर तिमी | यायावर शुशिल

Views


डियर तिमी,
यो संसार जतिसुकै रमणीय किन नहोस्, तिम्रा एक शब्द मेरा कानले स्पर्स गर्न नपाएपछि खल्लो खल्लो लाग्दछ । म यस संसार को एकमात्र आशावादी व्याक्ति बाँकी किन नरहुँ, तिम्रो एक झलक देख्दिन कि भन्ने कुराले मलाइ निराश बनाउछ । जतिजति म तिमिलाइ याद गर्छु नि, त्यति त तिमिलाइ कसैले सम्झिन नि भ्याउदैन होला। तिम्रो आगमनमा म आफुलाइ सम्हाल्न सक्ने छैन । तिम्रो सामु गएर तिमिलाइ अङ्गालोमा बेर्नेछु। वर्षौ देखि कुण्ठित भएर बसेका मेरा मनका भावनाहरु तिमि माझ पोख्नेछु। 

डियर तिमि,  
तिम्लाइ म सङ्ग भेट हुन किन यति लामो समय लाग्दै छ । मेरो दिनको सुरुवात तिमि बाट होस अनि रात नि तिमि बाट होस भन्ने चाहान्छु म । त्यो गन्नै नमिल्ने टन्नै शब्दलाइ मैले मेरो मायाको बिचमा राखेको छु ।अनि प्रतिक्षामा छु अहिले मैले भनिरहेको मेरो मायालाइ हाम्रो मायामा कहिले परिणत गर्न सकिएला भन्ने । यो बढिरहेको दुरिलाइ तिमि छोटाउने प्रयास त गर । म हरदम हरपल तिम्रा यादका तालमा डुबुल्कि हानिरहेको हुन्छु।मेरो प्रयास महिनौ देखि जारि छ । तिमि एक पल म सङ्ग भेटेको याद गर । दुइ पल मलाइ समय दिने गर अनि मलाइ यो दुइ पल लाइ बिस तिस बनाउने जिम्मा म मा छोड्देउ । 

डियर तिमि,  
कतै तिमिले समय सङ्ग हात त मिलाएनौ। तिम्रै फेवरमा समय चल्छ आज भोलि । तिमिलाइ सम्झेको बेलामा समय कटाउनै मुस्किल हुन्छ । जब तिमि यहि छौ मेरै सामु भन्ने मस्तिष्क मा आउछ नि अनि समयको गतिले नयाँ रुप धारण गर्दछ्। कुदिन थाल्छ समय। त्यसैले त तिम्रो बाटो त्यहि निर्लज्ज समय सङ्ग बसेर सोध्दै छु निमा रुम्बाको गित मार्फत-

यो उमेरमा उदासी किन
जवानीमा एक्लो किन 
ओ मायालु यता हेर न
मेरो मनको कुरा सुनि देउन
तिम्रो मेरो मुटु साटौन
आउ मायालु प्रिती गासौं न

डियर तिमि,  
पलपलमा मृत्युको शैयामा पुगेर आउने गर्छु म । मलाइ मृत्युको मुखबाट हरेक पटक फिर्ता ल्याउन तिम्रो मुस्कान नै काफि छ । मास्क लाएको अनुहार बाट तिम्रा नयनले दिएको मुस्कान मेरो मन मस्तिष्क मा सजिएको जो छ । तिमि सङ्गको दुरि कायम गर्नुपर्छ भन्ने म आज तिम्रो अनि मेरो दुरि देखेर हैरान छु । न त अत्तोपत्तो नै छ तिम्रो । न त म नै लागि परेर तिम्रो खोजिमा हिडेको छु । बस यो कुदिरहेको मन सङ्ग सोध्ने गर्छु तिमि कहाँ कुन अवस्थामा छौ होला भनेर ।

डियर तिमि, 
रातको ३ बज्दै छ। म एक्लै एक्लै आफै सङ्ग बोल्दै छु । यो लाचार शरिर अनि थकित नयनलाइ अझै जोड दिदै भन्दै छु कत्ति पनि हार नमान्नु भनेर । यो अनकन्टार रातले गिजाउदै छ । तर पनि म दृढ छु तिमि अनि तिम्रो माया प्रति । प्रतिक्षाको एक उदाहरण बनेर देखाउनेछु अनि यो सुन्सान रात इर्ष्यालु हुनेछ हाम्रो माया देखेर । यो रात नि केहि अलग छ तिम्रा यादहरु बुनिदै छन् अनि आकारमा परिणत हुदै छन्। मलाइ विस्वास छ तिमि आउने छौ जाडोमा घामको रुपमा अनि गर्मिमा शितल बनेर । 

डियर तिमि, 
यो मोडर्न दुनिया पनि युगौ पुराना दिन जस्तै भए । तिम्रो र मेरो सम्बन्धमा मौनता छ र पनि प्रेम छ । यो मौनता तोड्ने मोबाइलका नोटिफिकेसनमा मैले तिमिलाइ पाउछु । नयाँ नम्बरमा मैले तिम्लाइ पाउछु अनि नयाँ नम्बर बाट आउने मेसेजमा । मेरो कल्पना को सागरमा छिन मै मुस्कान छर्ने अनि छिनमै याद ले भारि बनाउने वस्तु हौ तिमि । के नाम दिउ म यस वस्तुको ? माया नाम दिऔ पनि कसरी । यो मन तिम्रो पर्खाइमा छ जसले म भित्र लुकेर रहेका अपार खुसिका लहरहरु ल्याउने छ ।

डियर तिमि, 
सायद तिम्रो जिन्दगी को यात्रा आरामदायि तरिकाले चल्दै होला तर मलाइ मेरो जिन्दगिको हरेक मोडमा तिम्रो नै कमि महसुस हुन्छ । 

डियर तिमि, 
तिमिलाइ भेटेर भन्ने छु तिमि मेरो आवश्यकता हौ। तिम्रो विश्वास जितेर म मायाको मिसाल कायम गर्नेछु । यो बेरङ्गिन दुनियामा मायाको सुवास छरेर रङ्गिन बनाउने छु। यदि याद गर्दैमा तारा खस्छन भन्ने मान्यता साचोँ हुने भएको भए आज आकाशमा एउटा तारा पनि बाकि रहन्थेन होला। 

Post a Comment

0 Comments