Advertisement

आमा म पोजेटिभ छु | यायावर शुशिल

Views

मेरी आमा आफ्नै काममा ब्यस्त छिन्। उनलाइ  अङ्ग्रेजि आउछ  समाजिक सन्जालमा रुमलिन नै। मेला पात गरेर बितेको उन्को जिवनमा हैजाविफर आएकै थिए तर कोभिड अह। एक फरक अनुभव को रुप  

 

गाउँमा मेरि आमा घाँसले भरिएको डोको बोक्दै होलिन्। त्यो उकालो चड्दा फुलेको सासमा मास्क लगाउदा झन कति गारो भएको  होला  बुझ्छु। दिनहु आमा को फोन आउथ्यो बेल्का सुत्ने बेलामा अनि  भन्थे आमा हजुर पोजेटिभ हुनुस हाम्रो दुख का दिन एक दिन अवश्य खत्तम हुनेछन्। मन्द मुस्कानका सथ आमा भन्नु हुन्थ्यो मेरो आश साथ अनि भरोसा भनेको तँ नै हो। अनि तैले मलाइ अङ्ग्रेजि कोपोजेटिभ नै सिकाइस नि भनेर हास्नु हुन्थ्यो।

 

अघिल्लो वर्षको माता तिर्थ औसिं मा मैले विहानै उठ्ने बित्तिकै फोन हाने। आमाको राति फोन आउछ   आमालाइ शुभकामना दिन्छुभनेर सोचिन  पहिले नै फोन घुमाए अनि भने आमा के गर्न मन  हजुर लाइ। आमा सधै झै हसिन मुद्रामा हुनुहुन्थ्यो। मलाइ सारै गारोभको  बुहारि ले। एउटा पोजेटिभ तँ छस बुहारि आएसि अर्को पोजेटिभ अनि मेरो दुख दुइवोटा पोजेटिभले हटाइदिन्छ   हास्दै भनेआम दुइटा पोजेटिभ भयो भने नेगेटिभ हुन्छ नि त। मलाइ थाहा थ्यो यो पोजेटिभ नेगेटिभ को खेल आमा ले सम्झिनु हुन्न भनेर। आमा के भन्छ के  भन्दै अरु कुरा गर्न लाग्नु भयो। 

 

सहर बसेर पढाइ राखेको छोरो आफ्नो परिवार प्रति जिम्मेवार  भन्ने आमा लाइ ढुक्क थ्यो। बेला बेलामा आमा ले आफ्ना दुख साट्दै भन्नु हुन्थ्यो छोरो दुख नगरे सम्म सुख को आगमन कहिल्यै हुदैन  मलाइ थाहा थ्यो त्यहि दुखले आमाको अनुहार चाउरिएको थ्यो अनि कपाल फुल्दै थ्यो। मैले आमा लाइ भन्थे आमा हजुरको कपालले नि अब दुख नगर भन्दै   तर दुखका भुमरि भित्र सुख खोज्दै गर्दा कति ओटा माता तिर्थ औसि पार गरि आउनु भयो होला आमा ले।

 

आज पनि विहानै फोन हान्छु। हेलो नभनि आमा के कस्तो  गाँउ को अवस्था के कस्तो  भनि सोध्छु। आमा भन्नु हुन्छ तल तिर सबलाइकोरोना लाछ भन्छन्। सामान लिन जान नि डर   नखाइ नहुने खान पर्ने।  आमा लाइ ढाडस दिदै भन्छु आमा सुरक्षित बस्नु। खानेसामान किन्न जान पर्दैन नि हजुरलाइ। हजुर आफैले उत्पादन गर्नु हुन्छ  अनि यो मास्क हो कि के जाति लाउदा दम बढेर आए जस्तोहुन्छ   हास्दै भने आमा दुनिया ले लाएको  हाम्ले नि लाउनु पर्छ सुरक्षा अपनाउन पर्यो नि। अनि तिम्रो खबर के  भन्नु भयो आमा ले।म मौन भए। मन्द मुस्कान दिदै आमाले आफ्ना लुकाए जसरि मैले भने मन्द मुस्कान साथ आमा  कोरोना पोजेटिभ भए नि।

 

आमा खुसि हुदै भन्नु भयो हो बाबु सधै जिवनमा पोजेटिभ हुनु।  आमा लाइ सम्झाउन चाहिन  आमाको नजरमा रहेको पोजेटिभ कोअर्थ बिगर्न चाहिन  आमा आफ्नो ख्याल राख्नु है भनि फोन राख्छु।

 

मनमा सोच्छु आमालाइ माता तिर्थ औसिको शुभकामना दिनै बिर्सेछु भनेर  फेरि फोन हान्ने हिम्मत आउदैन  मन मनै भन्छु संसार का सबैआमाहरु मा माता तिर्थ औंसिको शुभकामना 

Post a Comment

0 Comments