Advertisement

फोबिया | यायावर शुशिल

Views



“सुनन”
मलाइ आमा बोलाउदै हुनुहुन्थ्यो।म हजुर भन्दै आमा भएको ठाँउमा जाँदै थिए। मलाइ आमाले यसो गर्न हुन्छ उसो गर्न हुन्न भनेर भन्दै हुनुहुन्थ्यो। समय समयमा म झनक्क रिस पोख्थे। मेरो रिस मेरै अनुकुलको थ्यो, वैशाखका उराठ दिनमा पनि शितल पवन बनेर चलेजसरी । घाम - पानी को डर थिएन । शत्रुको भय थिएन । भोलिको चिन्ता थिएन । भोक लागे आमाको काखमा बसेर आमालाइ हेरे पुग्थ्यो। निन्द्रा लागे हाइ गरिदिए पुग्थ्यो। बस के नै थ्यो र जीन्दगी ! जे थ्यो सबै म मा थ्यो। सबै भन्दा ठुलो कुरा मलाइ सुनन भनि बोलाउने मेरी आमा म सङ्ग हुनुहुन्थ्यो।

बाल्यावस्था देखि आजका दिनहरु कति फरक जो छन्। 

“सुनन”
म तिमिलाइ बोलाउदै थिए। तिमी हजुर भन्दै आउदै थियौ। म आज यो भयो दिन भर भनि सुनाउदै थिए।तिमी सुनिराखेको थियौ। दिनहरु यसरि नै बित्दै थिए। तिमी आफ्ना कुरा मलाइ भन्थेउ म आफ्ना कुरा तिमिलाइ भन्थे। समय समयमा तिम्रो रिस तिम्रो डर मेरा लागि च्यालेन्ज बनेर आउथ्यो म कसरी  सम्झाउ कसरी बुझाउ भन्ने कुरा मेरो मन मस्तिष्क जताततै लिएर हिड्ने गर्थे। 

“सुनन”
कतै भिडबाट आवाज आयो मेरो कानमा। म आफ्नै सुरमा हिडिरहेको थिए। उस्को आवाज जस्तै लाग्यो। यताउता हेरे उ जस्तो कोहि थिएन । उफ्। कति मिठो भ्रममा रैछु म । विश्वास त भ्रमको पर्दा पो रहेछ । भरोसा त घातको खोल पो रहेछ । समयको छल हेरिरहन बाध्य भए म मेरो भाग्य के थ्यो भनेर छुट्टाउन नसक्ने भए म । मलाइ लाग्दै थ्यो मेरो इश्वरले मेरो जिन्दगिको तमासा हेरिरहेका छन भनेर । 

“सुन्नुन”
आज महिनौ  दिनपछि उस्को फोन आयो । एक किसिमको डर पैदा भयो। के भएछ भनेर हजुर भनि सोधे । मेरो विवाह हुने भयो नि। म केहि बोलिन । एकाएक मेरो मन मस्तिष्कका कुनाकाप्चामा पन्चेबाजा झ्यामझ्याम बजिरहेको सुने।हृदयका तारहरु काटिएको महसुस हुदै थ्यो। सुन्दै हुनुहुन्छ भनेको आवाज आयो उता बाट । मलाइ भित्रै देखि पन्चेबाजा को आवजले हल्लाइरहेको थ्यो। मुटु छियाछिया भएको महसुस गर्दै थिए म । हजुर हस भनि फोन काटिदिए।

“सुन् न”
आज पनि केहि हुन्छ भन्ने मनमा लागि सक्यो। यो सुन् भन्ने शब्द नै मेरा लागि फोबिया बनेर आउदै थ्यो। साथीको मेसेज थियो। म वाल्यकाल देखि अहिले सम्मका सुनन शब्दहरुको जवाफमा हजुर भन्दै आएको थिए। आज हजुर भन्दिन केहि फरक हुन्छ कि भनि भन् न भनेर मेसेज पठाए। जाने होलानि विवाहमा । फेरि पनि म केहि मेसेज गर्न नसक्ने अवस्थामा आए। हातहरु काप्न थाले। उस्ले नबुझ्ने भाषामा बुरचोडि भन्न मन थ्यो तर केहि नलेखि कस्को बिहे भने। फेरि मेरो मनमा उस्को बिहेको निमन्त्रणा फेरि गुन्जियो। आङमा काँडा उम्रिए। आँखा रसाइरहेका थिए। थाहा नपाको हो कि थाहा नपाएझैं गरेको उस्को बिहे के। यहि मेसेज आयो। म हासेको इमोजि पठाएर फोन आको थ्यो जाने हो भनिदिए।

“सुन्नु न”
विवाहको दिन दुलहिको जोडामा सजित उ मेरो नजिक आएर भनि। कालो चस्मा थ्यो कस्सो आँखामा नत्र रसाएका आँखा उस्को हसिन अनुहारले देखेको भए के गर्थ्यो होला। म कस्तो देखिएकि छु भनिन्। म बोल्न खोजे आवाज निस्केन अनि हातले बुडि औला र माइलि औला जोडेर बाकि तिन औला फिजारेर देखाए । उ गइ मण्डपमा मलाइ भान हुदै थ्यो मेरो आकाशको जून झरेझै भयो। मुटु पनि खालि भयो आकाश खालि भए जसरी । 

हावा लागेर पात हल्लियो भने पनि भुकम्प मान्ने फोबिया भए जस्तै  म अझै “सुन न” भन्ने शब्द सुने पछि फोबिया हुन्छ ।

Post a Comment

0 Comments