Flag

  





Advertisement

Main Ad

जिन्दगीको घडी : राहु र केतुको साथमा | यायावर शुशिल

Views

म बिस्ताराबाट भित्ताको घडी हेर्दै थिए। कानमा टिकटिक आवाज आइरहेको थियो। अब त्यो टिकटिक धुन दिलमा पनि घडी बनेर गुन्जिन थाल्यो। यो दिलभित्र पनि एउटा घडी जो छ तर यसले समय दिदै न । तर  यो टिकटिक आवजमा एक सम्झना झल्किरहन्छ।एकाएक मन अशान्त भएर आयो। मनको शान्ति खोज्नलाइ श्लोक भन्न थाले-

 असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
 शान्तिः शान्तिः शान्तिः ॥

अर्थात मलाई असत्यबाट सत्यमा लैजानुहोस्। मलाई अन्धकारबाट प्रकाशमा लैजानुहोस् मलाई मृत्युबाट अमरत्वसम्म लैजानुहोस्। अरु दिन पनि यस्तै हुन्थ्यो र यहि श्लोकले मन शान्त हुदै आउथ्यो तर आज अह श्लोकले काम गरेन। मेरा हरेक दिन मेरो अनुकुल चल्थ्यो। मलाइ लाग्थ्यो मेरो निन्द्ना पूरा नभएसम्म सूर्य उदाउदैंनथ्यो।म एउटा फेसबुकमा स्टोरि हाले भने सयौं को रियाक्ट आउथ्यो। समय प्रेमिल हुदै थ्यो। मेरा लागि मन मुटु दिन्छु अनि हृदय नै बिच्छाइदिन्छु भन्नेहरुको कमि थिएन। म एकदिन अनलाइन नाआए तिमि कहाँ थियौ तिम्रो बिना आज दिन नै शुन्य भयो भन्ने को कमि थिएन । मेरा जिन्दगीका घडीहरु यसरी नै चल्दै थिए। सायद यो मेरो भ्रम होला।  

दिन को सुरुवात हुदै थियो। म विस्ताराबाट उठेर ब्ल्याङ्केट मिलाए। सधैं नमिलाउनेले आज मिलायो भन्ने थाहा पाएर होला गड्गडाहटका साथ तालि बज्यो। म मख्ख भए। आफुले आफुलाइ हजारौ मानिससामु भाषण गर्दै गरेको राजनितिज्ञ हुँ जस्तो मान्दै थिए। खुसीले चङ्गाझैं उढेर म स्वच्छन्द आकासमा उडिरहेको महसुस गर्दै थिए। यत्तिकैमा बरन्डामा निस्केर चिसो चलिरहेको सिरेटो सङ्ग अंकमाल गर्दै आकाशमा उइरहेका चराहरुलाइ नियाल्दै कपाल मिलाउदै थिए। कपाल मिलाउदै गरेकि उन्को याद आयो। समुन्द्र मन्थन गर्दा मोहिनीको जादुले सारा राक्षसहरू मोहित भएजस्तै म पनि उन्को यादमा मोहित हुदैं थिए। मानिसको जिवन एक उर्वर भुमि नै रहेछ। घटनाहरु बिउ बनेर आउछन्। अनि ठुला रुखहरु जसरि घटनाहरु कथा बन्छन् आफ्नै हातले कपाल मिलाउदा उस्को याद आए जसरी । 

पलास्टिकको कुर्चि आफुतिर तानेर थच्क्क बसे। आफु बस्दा मनको बोझले पनि आराम पाएको जस्तो भान हुदै थ्यो। सिरिरि चलेको वतासले भन्दै थियो कि अब धेरै याद नगर भनेर। दिनको मध्यान्न आएको मेसै पाइन। प्रचण्ड गर्मी ले बरन्डामा नै छाता मगाइ रहेको थियो। म जुरुक्क उठेर शितल ठाउँ खोज्न भित्र आउदै थिए। मेरा पैतालाहरुको आवाज सङ्गै उस्का पैतालाको आवज सुन्दै थिए म। पैताला सङ्गै फोक्सो र मुटुको रफ्तार बढ्दै गयो। फोक्सोले अक्सिजन र मुटुले रगत माग्न पर्ने ठाउँमा केवल उस्लाइ नै मागिरहेका थिए। उसको सामिप्यतालाइ। तिनै पैतालाहरुलाइ पछ्याउदै म चलिरहे। चल्दा चल्दै घरको छतमा पुगेछु। उडिरहेको कागले काँ काँ गरेपछि म झस्किदै हेर्छु त आफुलाइ ३ तला माथिबाट खसाउने स्थितिमा भेट्छु। हतारिदै म आफ्नो कोठामा आउँछु अनि आफुले आफुलाइ सम्झाउदै भन्छु आज राहुको काल चलेको रैछ। जोगिन पुगे म ।

साँझ पर्दै थियो। फ्रीज मा रहेको चिसो वियर निकालेर गिलासमा हाल्छु। 

साह्रै रहर छ र त पिउदै छु

तिम्रो यादका प्रहर छ्न र त जिउदै छु

प्रेमिल दिलको सफर गर्दै

मुटुको गहिरो असर मेटाउदै

अधेरि रातको प्रतिक्षा गर्दै छु।

वाह! वाह!  हातमा गिलास पर्यो कि सायरी फुरि हाल्यो। मनमनै आफुले आफैलाइ भन्दै थिए। गिलासमा रहेको वियरमा उस्को आकृति देखे। अब खाउँ त कसरी खाउँ । त्यसै छोडेर आफ्नो बिस्तारा तर्फ लागे। टिकटिक आवाज कानमा फेरि पनि गुन्जियो बिस्तारामा पल्टिने बित्तिकै। अन्धकार कोठामा एक जुनकिरि छिरेछ। पुच्छरमा भएको बत्ति बालेर कोठालाइ उज्यालो पार्ने असफल प्रयास गरिरहेको थियो। त्यस्तै म नि उस्का यादहरु समय ले  मि नट लाइ घण्टा मा परिण त गराए जसरी परिण त गराउन खोज्दै थिए एक असफल जुनकिरिले अन्धकारलाइ उज्यालो बनाउछु भने जसरी । भर्खर उड्न सिक्दै गरेको चरालाइ उसकि आमाले धकेलेर उडाए जसरी कास म उसका यादलाइ उडाउन सक्थे।

सोच्दा सोच्दै मेरा आखाँ लाएछन्। म निन्द्रामा थिए। सपनिमा पुगिसकेको रहेछु पत्तै नपाइ। उस्को मुस्कुराइ रहेको मुहार मेरो सामु आयो। एकाएक उसका ओठले आफ्नो रुप परिवर्तन गर्दै थिए गुलाबि रुपमा। उसको शरिर ले पनि आफ्नो रुप परिवर्तन गर्दै थियो लज्जावति जसरी । उ जाँदै थिइ। उ हिड्ने क्रममा मेरो दिलले पराकम्प महसुस गर्यो। चुडिएको पात रुखबाट खस्ने बित्तिकै हावाले आफुतिर त्यसलाइ ताने जसरी उस्को हिडाइले मलाइ तान्दै थियो। भगवान शिवले समुन्द्र मन्थनबाट निस्केको विष आफ्नो कण्ठमा रोके जसरी म मेरा पाइला रोक्छु। म आफुलाइ बिच बाटोमा भेट्छु। अगाडिबाट रफ्तारमा बस आइरहेको थियो। मलाइ हान्नै लागेको थियो। मेरो निन्द्रा खुल्छ । म पसिनाले चिपिचल्ल भिजेको हुन्छु। अनि दिउसोको राहुलाइ सम्झन्छु अनि मनमनै भन्छु पक्का यो केतु हुनु पर्छ। 

Post a Comment

0 Comments