Advertisement

ब्रोकन बट बिउटिफूल | शुशिल यायावर

Views
https://unsplash.com/photos/j9-2LIZ2_Rc?utm_source=unsplash&utm_medium=referral&utm_content=creditShareLink


"थाहा छ कमजोर दिल कहिल्यै पनि सुन्दर हुदैन नि " उस्को अन्तिम बोलि यहि नै थ्यो कुनै समयको।

फेसबुक स्क्रोल गर्दै थिए। कताबाट उस्को फोटो देखा पर्यो। यो मनले चिनी हाल्यो यो तस्वीर नै दैनिक पत्रिका बनेर मेरो जिवनमा आउछ भनेर। फोटो कस्को हो भन्दै म ट्याग भएका एक एक को प्रोफाइल हेरे। हेर्दै जाँदा उस्को फोटो भेटे। एक नजर को प्यार भन्छन् नि हो त्यहि नै भएको थियो उस्को प्रोफाइल हेरे पछि। मेरा हातका औला हरु एड फ्रेन्ड तिर यस्तो ताल ले गए नि मानौ खहरे खोलाले समुन्द्रमा पुग्न बेग समाए जसरी । कस्लाइ थाहा थ्यो र त्यो खोला समुन्द्रमा पुग्छ भन्ने। दिन गन्दै थिए म कहिले रिक्वेस्ट एसेप्ट हुन्छ भनेर। एक दिन आयो। क्यालेन्डर ले भनिदियो मनलाइ मार्क माइ डे भनेर। मैले मेरो नोटमा लेखे कतै बिर्सिन्छु  कि भनेर माघ दश….तँ मेरो लागि खास छस्। मेरो हिम्मत नै मेरो सपना हो। सपनाहरु सॅंग यति प्रेम छ नि म जे सपना देख्छु त्यो पुरा गरेर नै छाड्छु। अब उ मेरो सपना बन्दै थिइ। मैले उस्लाइ कुनै न कुनै बहानामा मेसेज गर्न थाले । उ एकदम कम मेसेज गर्थी। नचिनेको सॅंग को झ्याम्मिएर बोल्छ र भन्ने मलाइ थाहा थ्यो नि त। उस्ले दाइ भनेर सम्बोधन गर्न लाइ। म उस्का हरेक दाइ शब्दमा हाहा रियाक्ट गर्दिन्थे। उस्ले म जिस्किन लाए भने भन्थि मेरो बोइफ्रेन्ड छ भनेर। तर पनि म उस्लाइ जिस्काउ न पछि हट्दिनथें। 

एकदिन उ र म एउटै बसमा परेउ संयोग बस। म सिधै अन्तिम सिटमा रहेकि उस्को छेउमा गए। मैले मेसो पाइन कि उ कस्को साथमा थिइ भनेर। आखिर भन्ने गर्छन्। नि मायामा मानिस अन्धो हुन्छ भनेर । म नि सायद अन्धो भएछु। मलाइ मेरा साथी ले भन्दै थिए उ कोहि केटा सॅंग थिइ भनेर तर पनि म केहि भनिन केहि बोलिन। आफैले आफैलाइ प्रश्न गरे। के म खहरे खोला बाट ताल त बनिन भनेर। उ सॅंग रिलेटेड विभिन्न अफबाह मलाइ केहि जस्तै लाग्थेन। एकतर्फी प्रेम न भन्छन्। यस्लाइ। उस्ले मेरो र उस्को फैलिदो हल्लालाइ देखेर आफैले भन्छे अस्ति बसमा हजुर सॅंग भेट्दा साइडमा भएको मेरो बोइफ्रेन्ड हो। थाहा छ कमजोर दिल कहिल्यै पनि सुन्दर हुदैन नि। आफ्नो दिल कमजोर नबनाउनु है। उस्ले थपी।

त्यो लास राखिएको चितामाथि बलेको दनदन आगोमा मेरो प्रेम जलेको भान हुन्छ अनि म दहासँस्कार गरिदिन्छु मेरो प्रेम तिमि प्रतिको भन्छु दिमागबाट तर मनले मान्दै मान्दैन। त्यो सपना अस्तब्यस्त भएर आउँछ। उ अब म सॅंग बोल्न नि छोड्छे। म पर्खाइमा हुन्छु उस्को मेसेज कहिले आउला भनेर। साथि हरु भन्थे तेरो मात्र गल्ती छ उस्ले त पहिले नै दाइ भन्थी। मलाइ रिग्रेट हुन्छ। म उनिहरु सामु आखाँभरि आँशु बनाएर भन्छु मेरो उ सॅंग भेट नै हुन हुन्थेन।

आइ फिल ब्रोकन।

मन तन दिमाग सबैले काम गर्न बन्द भएजस्तै भएको थियो। साथिहरु सम्झाउदै थिए। भन्दै थिए सि इज नट योर टाइप । तर मलाइ थाहा थियो। यो सम्झाउन लाइ सान्त्वना दिनलाइ भनिने सेन्टेन्स हो भनेर। एउटा भन्दै थ्यो उ मनको डेराकि राजकुमारी हो उस्लाइ घरको राज्यकि राजकुमारी बनाउन हुदैन । म भन्दै थिए मेरो र उस्को कुराहरु यति मिल्छन्। नि । मैले आ गरे उस्ले अलन्कार बुझ्ने गर्थी। अनि उस्ले भन्न भन्दा अघि नै मैले कुरा थाहा पाइदिन्थे। मेरो हालत बिग्रिदै थियो। दिन प्रतिदिन । अर्को साथीले भन्यो एक्लै छोड्दिम केहि दिन अन्धकारले उस्लाइ सिकाउछ । एक पटक सपना सम्झेर बिर्सेपछि कहिलै याद गर्ने छैन भनेर। म हप्तौ सम्म कसै सङ्ग बोलिन।न घरमा न साथि सॅंग । सबै सोसियल मेडिया डियाक्टिभेट हानिदिए। घन्टौ बाथरुम भित्र बसेर विगत सम्झन्थे। उस्लाइ सम्झन्थे अनि उस्को जीवनलाइ। म भएको केहि अस्तित्व नै थिएन उस्को लाइफमा। बिस्तारै मलाइ मेरो साथी ले भनेझै एक्लोपन मन पर्न थाल्यो। वरिपरि सबैजना भए पनि म अनसोसल भए। इयरफोन अनि हातमा मोबाइल भएपछि गितमा झुल्दै समय बिताउथें। अब त मलाइ उस्को याद नि आउन छोडेछ जस्तो हुदै थ्यो। 

आइ फिल द थिङ्ग्स नियर मि आर मच मोर बिउटिफूल द् यान गर्ल। 

दिन यसरी नै बित्दै थिए। मेसेन्जरमा उस्को मेसेज देख्छु। म नर्मल साथी जसरी कुरा गर्छु। कुरा कुरामा उस्ले भन्छे मेरो ब्रेक अप भयो नि भनेर। उ मसॅंग नजिकिन अथक प्रयत्न गर्छे। जति म पहिले गर्थे नि उस्को आज ब्यहोरा उस्तै थियो। उस्ले मलाइ सोधि कफि डेट?  मैले उस्कै भाषामा भनिदिए। मलाइ २ वर्ष अघि उस्ले भने जसरी । आइ एम बिजि इन माइसेल्फ ।

 आइ नो, अब सि फिल्स लाइक ब्रोकन।

 एक दुख भुलाउन उ म सङ्ग आउदै थिइ। मैले उस्लाइ हर्ट गरे जस्तो फिल हुदै थियो। मैले हास्दै भने ओन्लि फ्रेन्डस हम्? उस्ले मुसुक्क हासेको इमोजि पठाइ।त्यस इमोजिमा मलाइ उस्को मुहारमा देख्ने हाँसोको झझल्को देखे। मैले पनि त्यहि छड्के भएर हासेको इमोजि पठाए सायद उस्ले नि मेरो हाँसो देख्दै भनि होली ।

बिउटिफूल । 




Post a Comment

0 Comments