Flag

  





Advertisement

Main Ad

श्रावण स्पेशल | शुशिल यायावर

Views



हातभरि सजिएको त्यो मेहेन्दिले ति कोमल हातलाइ कस्तो मिठासता प्रदान गर्दै छ के थाहा तिम्लाइ। उस्को मेसेन्जरमा राखिएको स्टोरिमा यहि  लेख्न मन थ्यो तर म उस्को हातको फोटो हेरेर चित्त बुझाए। झट्ट स्कृन सट हानेर जुम गर्दै नाम खोजे। अह पाइन। न आफ्नो नामको पहिलो अक्षर पाए न त इङ्ग्लिस अल्फाबेटको कुनै अक्षर नै। मन दोधारमा पर्यो खुसी हुम्। त आफ्नो नाम छैन, दु:खी हुम्। त अरुको नाम पनि छैन। 

हिम्मत जुटाउदै कतै नाम भेटिएन भनेर लेखे। उस्ले भनि यि हातमा नाम लेखिने भनेको त्यो दिन हो जुन दिन म विवाहको जोडामा सुसज्जित हुन्छु। म आइ एम इम्प्रेस्ड भनिदिए। उस्ले हासोको इमोजि पठाइ। सोमबारको दिन परेर कस्को बोल्ने बाहाना अलिकति भए पनि लम्बियो। नत्र त यहि इमोजि पछि कुरा सिद्धिने थियो।अनि आज वर्त बसेउ होला नि कि शिवजि जस्तो पति चाहिन्न तिम्लाइ भनेर सोधे। सोमबार मेसेज आएन मङ्गलबार पनि मेसेज आएन।यस्तै गरि हप्ता बित्दै थियो। अर्को सोमबार आयो। यो हप्ता भरि म मेसेज कुर्दै बसेको थिए।आश नै मरिसकेको थियो अब त मेसेज आउन्न भनेर। आखिर जति वर्त बसे पनि गणेशजिको जस्तो भुडि भएको मान्छे मिल्ने हो क्यारे भन्ने जवाफ आयो। म मेसेज आएको सेकेन्ड पनि नकुरि मेरो पेट लाउदै आएको छ भनिदिए। साचै भन्ने नै हो भने पर्खाइ जत नै छोटो समय किन नहोस्। तर लामो लग्ने गर्छ। यहाँ त म हप्तौ कुरेको थिए। तिम्रो एउटै मेसेजले आज मनमा यस्तो लाग्यो कि हप्तौ देखि बादलले ढाकेको आकाश आज खुलेको छ।


म सोच्न लागे मेरो मेसेज देखेपछि उस्को के रियाक्सन आउला भनेर। मुसुक्क मुस्कुराउदै लेख्छ होला साचिकै मोटाउनु भयो क्या भनेर। तर यो दिलले उस्को दिलको कुरा बुझ्छ। उस्ले छड्के परेर हासेको इमोजि बाहेक अरु इमोजि पठाउन जान्दिन भन्ने नि मैले अनि मेरो दिलले बुझेको छ नि।


फेरि पनि उ हराइ। अब कहिले आउने होला उस्को मेसेज भन्ने मनमा लागि रहेको थियो। सायद श्रावण सकेर आउछ होला भन्दै एकमन ले भन्यो । बर्सिरह ने झरिमा पनि म उस्कै नाम सम्झिन्थे। उस्को याद झनझन गाढा बन्दै थियो। कहाँ हराउछे उ भन्ने कौतुहलता त अर्को मनको कुनामा यथास्थानमा छदै थियो। दोमनले दोधारको बाटोतिर धकेलिदियो। मेरो मनमा रहेको माया सिद्दिएपछि आउने उस्का मेसेज भनेको आगो निभिसकेपछि आउने दमकल जस्तै साबित हुन्थ्यो।


साउनको पन्ध्र आयो। मेरो अघि खिर थियो तर पनि म उस्का मिठा कुराहरुको पर्खाइमा थिए। तेस्रो सोमबार उस्को रिप्लाइ आयो श्रावण पन्ध्रको खिरले झन बढ्यो होला नि पेट भनेर। मैले उस्को मेसेजमा बासि खिर तताएर खादा आउने मिठास पाए। खिर धेरै नै बासि भएको जो थियो उस्को मिठो बोलि वाला खिर तर पनि म खुसि हुदै अनि भनिदिए शिवजि लाइ खोज्न गएको थियौ क्या म्याडम भनेर मैले प्रश्न गरे। जवाफमा उस्ले नाइँ नागको माला अनि बाघको छाल खोज्न गएको। अनि भाङ धतुरोको खोजि तिर लागेनौ मैले हासेको इमोजि जोडेर भने। फेरि पनि उ हराइ। उस्को हातको मेहेन्दि पनि हरायो होला अब त।


चौथो सोमबार बेग बनेर आयो। अरु बार बार जस्तै लाग्न छाडेको थियो। उस्को मेसेज अब त सोमबार मात्र आउछ होला भन्ने बुझेर होला। साउनको अन्तिम सोमबार थियो। मलाइ डर लागि रहेको थियो। कतै आज उ पनि साउनको अन्तिम सोमबार जस्तै अन्तिम मेसेज छोडेर जाने त हैन भनेर। कल्पनाको घरमा मनोकामनाको खोजि गर्दै थिए मनको रहरमा सोमबार लाइ मानेर। त्यसैले त हजुरलाइ हरेक सोमबार मेसेज गर्थे नि म। उस्को आवजमा उस्को मेसेज पढ्दै थिए म। म निशब्द भए। मनको जिवन भित्र आशाको त्यान्द्रो पलाउछ। अनि सोध्छु अब भाद्र महिनामा कुन बार सेलेक्ट गर्छौ नि? 

Post a Comment

0 Comments