Advertisement

भ्याक्सिनेसन सेन्टर (को-भिड) , भिडमा को? | यायावर शुशिल

Views
को-भिड भ्याक्सिन सेन्टरमा कमिलाको ताँती जस्तो लाइन थ्यो। बिस्तारै अघि बढ्दै थियो लाइन। म साथीसंग गफ लाउदै थिए कुन खोप लाउने भनेर अप्सन थियो नि त। कुरै कुरामा जहाँ प्रब्लम त्यहाँ सोलुसन भन्ने निर्णयमा पुगियो। अनि भेरोसेल लाउने भनियो।


को-भिड भ्याक्सिन सेन्टरमा कमिलाको ताँती जस्तो लाइन थ्यो। बिस्तारै अघि बढ्दै थियो लाइन। म साथीसंग गफ लाउदै थिए कुन खोप लाउने भनेर अप्सन थियो नि त। कुरै कुरामा जहाँ प्रब्लम त्यहाँ सोलुसन भन्ने निर्णयमा पुगियो। अनि भेरोसेल लाउने भनियो। मनमा एउटा प्रश्न आयो तर यो मेरो जिन्दगीमा माया नामक प्रब्लम को सोलुसन किन आएको छैन त। जवाफ पनि झट्टै मिल्यो। इबोला अफ्रिका बाट सुरु भएको हो अब अफ्रिकामा खोप बनेसि लाउने त साथिको जवाफ यस्तो थ्यो। म मेरो साथीको जवाफमा मुसुक्क हाँसे तर मनको प्रश्नलाइ उत्तर दिन लाए। तँ पनि अफ्रिका जस्तै असमक्ष परिस्। थोडि त चाइना होस्। सायद मन पर्यो यो मनलाइ यस्तो जवाफ। 

भिड बढ्ने क्रम जारी थियो। भिडबाट आवाज आयो कपाल पालेको भन्दै। म वास्तै गरिन मलाइ हो भन्ने लागेन। जाबो कपाल जस्ले नि पाल्छ नि। अनि म सङ्गै लाइनमा बसेकाहरुको कपाल सबैको लामो थ्यो नि त। मलाइ इङ्गित गर्दै आवाज आयो हजुरलाइ नै हो सोधेको। मेरी आमा भने के कपाल पालेको ट्यापेको जसरी भन्नुहुन्थ्यो। आज एक केटीले बोलाएर कपाल पालेको भनेर सोधि। म एकछिन अचम्म परे को रैछ भनेर एकतिर भिड अर्को तिर मास्क कस्लाइ चिन्न सकिन्छ र। मैले कपाल मिलाउदै हासेँ। हासेको उस्ले देखिन सायद देखेको भए उ पनि हास्ने थिइ होला। म आफ्नै पारामा अघि बढिरहेको लाइनमा बढें अनि सथीलाइ सोधे ओइ त्यो को केटि हो म सङ्ग बोलेको। उस्ले मलाइ के थाहा तिम्लाइ नै थाहा होला नि तिमी सङ्ग बोलेको भन्दियो। म मेसै पाइन को हो को भन्नेभयो । 

मायाको देश घुम्नलाइ प्रेमको पासपोर्ट खोज्दै भौतारिरहने मलाइ आज मेरै अघि केटिले बोलाउदा के भयो होला त्यो आफै सोच्न सकिन्छ। यो मनले बिर्सियो कि म मास्कमा थिए उस्ले मलाइ कोहि अरु भनेर बोलाएकि हुन नि सक्छे भनेर। म आफ्नै पारामा सोच्दै थिए। मनमनै उस्लाइ नि उस्को रुपलाइ ब्याख्या गर्दै थिए। 

भ्याक्सिन लाउने पालो मेरो आयो। सुइ देखि डराउने म आज एक अन्जान भिडमा भेटिएकि केटी को सोचमा थिए । सुइ देख्दै तर्सिने मेरो मनमा आज कपाल पालेको भन्ने शब्द गुन्जिरहेको थ्यो। मेले केहि थाहा नै नपाइ सुइ लाए। सानै देखि सुइ लाइ सकेपछि चिच्चाएर रुने म आज मौन भइ हजुरलाइ नै हो भन्ने केटीको खोजिमा लागेको थिए त्यस भिडमा । साथी आएर के भयो कस्लाइ खोजेको म यहि छु भन्यो। मैले तिम्लाइ नै खोजेको थिए भन्दै निस्किएम् दुवैजना। म बाहिर निस्किदै गर्दा लाग्दै थ्यो कि मेरो मायाको देशमा जाने भिसा रिजेक्ट भयो भनेर । 

Post a Comment

1 Comments

  1. SpinX Games Limited is a Hong Kong based firm that ranks third within the Social Casino business and is projected to internet over $500 million in gross sales this year. Its main products are Social Casino games, casino-like games that are be} obtainable for obtain on each Google Play and App Store. Since recreation companies have to 카지노 사이트 be suspended if they don't receive age ratings or ratings are cancelled, the gaming firm filed for an injunction towards the GRAC in 2021 for the suspension of its gaming service.

    ReplyDelete