Advertisement

बाघ चाल - नेपाली भर्जन अफ स्कुइड गेम | यायावर शुशिल

Views


एक साता यता कोरियन वेब सेरिज स्कुइड गेम निकै पपुलारिटि कमाएको छ। म पनि बिहान देखि बेलुकासम्म बसेर हेरे। स्कृन तिर तान्न सक्ने क्षमता खतरै बनाएको हो । सोच्दै थिए कास नेपालमा पनि यस्तै गेम आयो भने के होला।

एकाएक म एउटा सुनसान कोठाभित्र पाउछु आफुलाइ। यस्सो हेर्दा आफ्नो कोठासङ्ग केहि मेल खान्थेन। जुरुक्क उठेर झ्यालबाट बाहिर हेर्छु। पुलमाथि बसेर खोला हेरे जस्तै लाग्छ उचाइ देख्दा। आत्तिन्छु । म कसरी यहाँ आए भन्छु। कोठामा भएको स्पिकरमा आवाज आउछ। तपाईं लाइ नयाँ दिनमा स्वागत छ। कृपया ड्रअर खोलेर आफ्नो मनमा उठेका कौतुहलता मेटाउनुहोस्। ड्रअरमा एक सेट कपडा थ्यो । बाघको जस्तो स्ट्राइप थ्यो एउटा लिफाफा साइडमा थियो। म लिफाफा खोलेर भित्र भएको नोट हेर्छु। नोटमा लेखिएको थियो। तपाइँलाइ यस गेममा स्वागत छ। गेम?? म अचम्म परे। कहाँबाट आए म यसरी भन्ने सोच्दै थिए। याद नै आएन। फेरि पढ्न तिर लागे। लेखिएको  थ्यो।

उनि स्पेशल थिइन 
मन मस्तिष्क मा आउने 
दिनमा मात्र होइन राति सपनिमा नि छाउने 
मृग को जस्तो आँखा अनि चन्द्र को जस्तो मुहार
बाघ को जस्तो चाल अनि हरिण को जस्तो कम्मर

क्र्याक दिस एण्ड बि जि ओ ए टि  (GOAT)

सरर पढे। पढ्द पढ्दै मेरी हुन नसकेकी उन्को याद आयो। पकेटमा भएको मोबाइल हेरे अफ रहिछ । अन गर्न खोजे अह अन नै भएन। 

टाइम दिएको १० मिनट पुरा भैसको थियो। म ढोका तिर लागे। मेरो फ्लोरमा अरु पनि रहेछन्। उनीहरु नि निस्के ढोकामा। म आफ्नो ढोकामा हेरे रुम नं २४ रहेछ। अरुको ड्रेस भिन्न थियो। कसैको कालो थ्यो त कसैको खैरो कसैको सेतो थ्यो त कसैको छिर्के मिर्के। म बाट धेरै टाढा मेरो जस्तै सेम कलरको ड्रेस लगाएको देखे एक मानिस। 

के गेम होला त भन्ने मनमा लागिरहेको थियो। प्यासेजमा रहेको स्पिकरबाट आवाज आयो। कृपया लाइनमा लागेर हामिले भनेको डिरेक्सनमा हिड्नुहोस्। क्रमशः लाइनमा कोठा नं अनुसार बसेर अघि बढ्यौ हामी। म भन्दा अघि एक युवति थिइन मेरै उमेरकि। डराउदै म तिर हेरेर भनिन के गेम होला यो? हामीलाइ किन ल्याएको होला? प्रश्न नै प्रश्नमा रुमलिएको मलाइ उस्का प्रश्नह रु खासै केहि लागेन। आखिर मलाइ पनि तिनै प्रश्नको उत्तर जो चाहिएको थ्यो। मैले नि उस्लाइ प्रश्न गरे। तपाइँको ड्रअरमा केहि नोट थ्यो। उस्ले एक कविता भएको जवाफ आयो। अनि त्यसमा बोल्ड लेखिएको थ्यो नि दुइटा भनि। ला मैले यो कसरी मिस हाने भने मन मनै अनि के के थ्यो भनि सोधे । हामिहरु एउटा लिफ्टमा पुगेउ। १२ जना थियौ हामि। लिफ्टमा भनियो स्पिकर मार्फत तपाइँहरु सङ्ग थप १२ जना खेलाडी हरु जोडिनुहुने छ। भनेपछि २४ जनाको खेल रैछ भनेर मैले मेरो अघि भएकि युवतिलाइ भने अनि उस्ले त्यो बोल्डमा लेखिएको शब्दहरु बाघ र गोट भनि। अर्थात बाघ र बाख्रा मैले आकलन गरे। पक्का यो बाघ चाल हुनु पर्छ भनेर। तर किन मलाइ बाघजस्तो कपडा दिइयो अनि अरु लाइ अर्कै कारण के अझै दोधारमा परे म। उस्ले प्रश्न गरि के रैछ त गेम भनेर मैले उस्को कानको नजिक गएर सुस्तरी भने बाघचाल ।

ल मलाइ त खेल्नै आउन्न नि उस्ले भनि। सिम्पल छ गेम बाघ ४ हुन्छन्।बाख्रा २० । बाघले बाख्रा खान्छ जुन अघि मात्र बढ्न पाउँछ। बाख्राले बाघलाइ ब्लक गर्ने हो। यदि ५ बाख्रा मरे भने बाघले जित्छ। यदि बाघ चल्न पाएन भने बाख्राले जित्छन्। उस्ले अझै नबुझेजसरि टाउको हल्लाउदै ए ए भनि। बाकि १२ जना जोडिए। ४ जना म लगायत हामि बाघको भेषमा थियौ। अन्य बाख्राको भेषमा। एउटा चौरमा पुगेउ हामि। म अचम्म परे। कहाँ रहेछ यस्तो ठाउँ।अघिसम्म आलिसान अपार्टमेन्टमा थिएम्। स्पिकर बज्न थाल्यो। स्वागत छ तपाइहरुलाइ यस गेममा । गेमको नाम हो बाघ चाल। सबै होहल्ला गर्न लागे। म र मेरो अघि भएकि युवति एक अर्कालाइ हेरेउ। उ मुसुक्क मुस्कुराइ। फेरि आवाज आयो गेमको नियमहरु यस प्रकार छन्। 

रुल नं १: गेम १५ मिनट लामो हुनेछ। बाघको भेषमा भएकाहरु क्रमश ६,१२,१८,२४ हरु बाघ हुनेछन्। त्यस्तै अन्य बाख्राहरु। 
रुल नं २: बाघलाइ एक किसिमको मास्क दिइन्छ र पन्जा पनि। यदि उक्त बाघले १ मिनट भित्रमा कुनै पनि बाख्रालाइ मार्न सकेन भने उस्को नजिक रहेको बाख्रामा बाघको पावर सिफ्ट हुन्छ सुरुको ८ मिनटमा अनि पछि ३ मिनटको रेसियोमा अघि बढ्नेछ पछिल्लो ७ मिनटमा।
रुल नं ३: १५ मिनट पश्चात घडि रोकिए पछि पुरस्कार स्वरुप उस्लाइ उस्को घरमा फिर्ता पठाइनेछ र अर्को पुरस्कार भनेको पछि भनिनेछ खे ल सिद्धाएपछि।
रुल नं ४: खेल यो रेखाङ्कन मा खेलिनेछ। चार कुनामा बाघहरु हुनेछन्। उनिहरुको नजिक को बस्ने भन्ने गोलाप्रथाबाट हुनेछ। 
केहि प्रश्न छ भने खेलाडी ले  राख्न सक्नेछन्। एउटा हात उठ्यो। उस्ले सोध्यो अनि बाख्राहरुला इ फाइदा के। के उनिहरु मर्ने नै हो। बाघलाइ ब्लक गरेर राख्यो भने बाघ चल्न नपाउ ने नियम यस्मा लागु नहुने हो? यस प्रश्न सबै बाख्राहरुको थियो। स्पिकरबाट जवाफ आयो १ मिनट बाघको आक्रमणबाट बाच्नु नै बाख्राको उदेश्य हुनेछ। कोलाहल बढ्यो। सबैजना हल्ला गर्दै थिए। स्पिकरबाट आवाज आयो कृपया शान्त बस्नुहोस्। तपाइँहरु सङ्ग अरु अप्सन नै छैन। गेम कुइट गर्ने सोच सम्म पुग्दै नपुग्नुहोस्।

गोलाप्रथाका लागि अघि बढ्न भनिन्छ बाख्राहरुलाइ। भाग्यको परिक्षण हुन्छ । मेरो अघि भएकि युवतिको पालो आउँछ। मेरो वाला साइडमा नै पर्छे उ। भर्खर भेटिएकि उ सुरुमै बोलचाल भएको अब मेरै हातबाट मर्ने भइ । गेम सुरु भयो। बर्गको छेउमा म परे। मेरो ठिक अघि उ। १५ मिनट बाट १४ मिनट मा जादै थ्यो मेरो नजिक भएकाले मेरो पावर पाउने निस्चित हुदै थ्यो। एक साइडमा उ थिइ अर्को साइडमा एक युवक थ्यो। अरु कर्नरमा भएका बाघहरु एग्रेसिभ भएका थिए। आफ्नो यरियाका बाख्रा रुपि खेलाडी हरुलाइ मारिसके का थिए। १४ मिनटमा झर्यो समय मेरो पावर मेरो साइडमा भएकि युवतितिर सिफ्ट भयो। उ एकदम आक्रोश मा आएर आफ्नो अघि भएकालाइ हान्दै थिइ पन्जाले। समय रफ्तारमा चल्यो। १३, ११ हुदै ५ मिनटमा आइ पुग्यो। ३ वोटा कर्नरमा बाघकै ड्रेसमा भएका हरुले हान्दै थिए। अब रेखाङ्कित वर्ग भित्र २४ जना बाट घटेर  ७ जना भएका थिए। चार बाघ अनि तिन बाख्रा। मैले सबै बाघलाइ सचेत गराए। रुलमा लास्ट सम्म बाघ मात्र बाकि रहन्छन भनिएको थिएन। हामि अब ७ जना छौ सातै जना जित्न नि सक्छौ। सबैजना मलाइ हेरिरहे। अब टाइम ३ मिनटमा झरिसकेको थ्यो। मैले सम्झाउदै थिए। ३ मिनट कसैलाइ आक्रमण नगरे नि बाघबाट बाख्रामा सिफ्ट हुन्न पावर। मेरो साइडमा भएकि युवतिले नि सम्झाउन लाइ सबैलाइ। सबैजना शान्त भएर मौन भएर बसेउ । टाइम जिरो तिर आउदै थियो। बिस्तारै बिस्तारै । टाइम सिद्धियो। ७ जना बाँकि रहेम हामि। स्पिकरमा आवाज आयो कङ्ग्राचुलेसन प्लेयर्स। तपाइँहरुको इनाम रहेको छ ...... टु टु ..... स्पिकर बन्द भयो। माथि बाट एउटा ड्रोन आउदै थियो। ड्रोन हाम्रो अघि आएर रोकियो। त्यसमा एउटा लिफाफा थियो पहिले जस्तै । त्यहाँ रहेको नोटमा लेख एको थियो। 

उनि स्पेशल थिइन 
मन मस्तिष्क मा आउने 
अँह, उनि त्यस्तो स्पेशल कोहि थिइनन् !
उनि सामान्य थिइन म जस्तै - त्यसैले त म हरेक कुरा निर्धक्क सुनाउन सक्थेँ उनलाई म 

क्र्याक दिस एण्ड डायल २४

उहि युवतीले बोल्ड भनेर संकेत गरि मलाइ। स्पेशल २४ । रुम नं २४ त मेरो हो भन्दै हामी निस्केउ। माथि जाने लिफ्ट थ्यो। कति माथि जानुपर्छ त्यो थाहा भएन। मैले अन्दाज लगाएको थिए झ्याल बाट हेर्दा यहि कोहि १०-१२ तल्ला होला भनेर। त्यहि सोची स्विच दबाउनै लागेको थिए। स्पिकरबाट आवाज आयो। २४ बटन थिच्नुहोस्। भनेर। दुगुर्दै लिफ्ट रोकिने बित्तिकै सातै जना लागेउ बाहिर। केहि भेटिएन। वरिपरि हेर्दा। म फोहोर राख्ने भाडो भएतिर लागे। त्यहाँ लिफाफा भेटियो। लिफाफामा थ्यो सात ओटा साना लिफाफा हरेकमा नम्बर लागेको थ्यो। २४, १८,१२, ६,२३,१५, २ । सबैले आफ्नो आफ्नो कार्ड समातेउ। कार्ड समत्ने बित्तिकै म आफुलाइ आफ्नै बिस्तारामा पाए। कार्ड भने हातमा नै थ्यो। लेखिएको थ्यो यस्तो सपना नदेख्नु ल भनेर।

मुसुक्क हासे। सपना पो हो।तर हातमा कार्ड कसरि आयो । प्रश्न हरु आए मनमा अनेकौ। जवाफ दिनलाइ स्पिकर बज्ने कुरै भएन।

Post a Comment

0 Comments