Flag

  





Advertisement

Main Ad

अभावको रङ्ग | यायावर शुशिल

Views


छोरो जन्मेन भनेर वर्षेनि खेतमा उब्जनि गराए जसरी आफ्नो पाठेघरमा बच्चा राख्ने मेरी आमा तिमिलाइ म अभावको रङ्गको बारेमा के भनुँ। परिवारको दुइ छाक टार्न आफ्नी आमाको थाप्लोमा परेको रिनको भारि मेटाउन महिनौ घर न आइ देशका कुना कुना धाउने मेरा बा म तिमीलाइ अभावको रङ्गको बारेमा के भनुँ। अब त भाइ जन्मेला अनि तिहारमा टिका लाइदिन पाउँला भन्ने मेरी दिदी तिमीलाइ अभावको रङ्गको बारेमा के भनुँ। विस्तारै समयले कोल्टो फेर्यो। अभावका रङ्गहरुमा रङ्गिन क्षणका पोतो लगाइयो। परिवारका हरेक सदस्यले अभावको रङ्गको तितो स्वाद ग्रहण गरेर आएका थिए। एक म थिए चिच्चाएर होस्, रोएर होस्, कराएर होस् या रिसाएर होस्। आफ्नो जिद्धिपनलाइ अघि जसै बढाउथे। आङ ढाकिदिने कपडाको स्वरुप जस्तै मेरो दु:ख, पिर, चिन्ता सबै ढाकिदिने मेरा दिदीहरु थिए। उनीहरुले नै दशैको समयमा रातो माटोको पोतो लाएर घर सिङ्गारे जसरी मेरो जीवन सिङ्गारिरहेका थिए।म मा कुनै अभावको कमि नै थिएन।

छोरीको जात एक न एक दिन आफ्नो जन्म घर छोडेर पराइको घर जानै पर्छ। युवाहरु को परदेशमा गएर कामको शिलशिलामा जवानी रित्तिएजस्तै मेरो घरको आँगन नि रित्तिदै थ्यो। रित्तिदो आँगन सङ्गै रित्तिदै थिए सानो सानो कुरामा हुने मायारुपी झगडाहरु। कुनै समय कोलाहल लाग्ने घर नै सुनसान हुदै थियो। आज लाग्दै छ त्यो कोलाहलतामा कति मिठासता थियो भनेर। 

जब जब टिका लगाइदिनु हुन्थ्यो ममि बुबाले धेरै पढेस् अनि फलानाको छोरी भनेर नाम चिनाएस् भन्ने आशिर्वाद दिनुहुन्थ्यो । अब त फलानको बुहारी र फलानको बुढिले बढि प्राथमिकता पाउँछ। अभावको रङ्ग फेरि पनि खड्कियो ममि बुबामा। समाजले दिने पहिचानमा आफ्नो म नामक पहिचान कहिलै नगुमाउनु।ममि बुबाको आशिर्वाद फेरियो समयसङ्गै । 

एउटा जिन्दगीको पाटोमा नै पुर्णविराम हान्न लागेको महसुस हुन्छ घरि घरि। सानोमा स्कुलबाट दुगुर्दै को घर अघि आउने देखि लिएर अहिले उस्का कुरा सुन्दै घर आउने सम्मको पलहरु अब त छुट्दै छन् सिपाहीहरु छुट्दैछन् एक गोला भइ अरिङ्गालको भने जसरी। 

अभावलाइ मैले झुक्काउदै छु, झुक्काउन खोज्दै छु। सानोमा कलम कोरेर घडि लगाउथे, दन्केर्नुको पात चुडेर ट्याटु हान्थे, मोजामा अर्को मोजा हालेर क्रिकेट बल बनाउथे,  चप्पलको टायर बनाएर एउटा लठ्ठि प्रयोग गरि गाडि बनाउथे। अहिले एकान्तलाइ अङ्गालेर शुन्यतालाइ साथ माग्दै म एक्लो छैन है भनेर झुक्काइ रहेको छु। एक्लो पनको अभावलाइ एकान्तरुपि रङ्ग भर्दै छु। 

आफ्नो जीवनका अभाव लाइ साइड लाएर एकछिन सोसियल मेडियाबाट अभावको रङ्ग नियाल्दै गर्दा टिकटक मा पुग्छु। स्क्रोल गर्दै जाँदा सुन्छु। गोजिमा पैसा सकिए लगत्तै भान्सामा बेसारपनि सकिएछ, आज थाहा भयो अभावको रङ्ग सेतो हुदो रहेछ भनेर। तरपनि मैले मेरि आमामा अभावको रङ्ग बर्सेनि उब्जनि गराउदा खेतिपाति र वातावरण हरियालि भए जस्तै हरियो देखे। मेरा बा मा अभावको रङ्ग यो विशाल आकाशजस्तो उदारता देखाउदै काममा लागेको भएर निलो देखे। मेरा दिदिहरुमा अभावको रङ्ग त्यो सयपत्री फुलजस्तो पहेलो देखे। म आफुले अभावको रङ्ग माइतिले सिन्दुर हालेको हेर्न हुन्न भने तैपनि रातो देखे। लाग्यो अभावका रङ्गहरु सबैथरिका हुने रहेछन्।





Post a Comment

0 Comments