Advertisement

ब्याट्री लो | यायावर शुशिल

Views

म धेरै दिनपछि फेसबुकको दर्शन गर्न गए। चुनाबी माहोल के कस्तो चल्दै छ भनेर हेर्न गएको म एक्कासी उन्को फोटोमा हराए। हेर्दा हेर्दै मोबाइलमा ब्याट्री लो भन्यो। मेरो आधा ब्याट्री त उन्कै फोटो हेर्दा सिद्धिएछ। आखिर नसकिओस् नि कसरी । मैले कुनै दिन भनेको थिए। तिम्लाइ रातो एकदम सुहाउछ।के तिमी मेरो लागि रातो सारी लाएर तयार हुन्छौ। आज उनी त्यहि रातो सारीमा मेरै लागि तयार भए जसरी ति घायल पार्ने नजरले मलाइ हेरेझै लाग्दै थियो। मेसेज गर्न मन लायो। हातका औलाहरु समेत उत्साहित भए मेसेज लेख्न लाइ। मन मस्तिष्क को के  कुरा गर्नु।

मलाइ थाहा थियो एकदिन तिमी मेरो लागि तयार हुन्छौ भनेर आखिर मेरो माया ले जित्यो नि है।यत्ति लेख्न त लेखे। हिम्मत नै आएन पठाउने । त्यसलाइ नि हाहा रियाक्ट हानेर इग्नोर गर्छौ भन्ने कुरा  को याद आयो। तैपनि आफुलाइ सम्हालेर सेन्ड गरे। मेसेज आउला आउला भनेर कुर्दै बसे। घन्टौ सम्म । दिन  हुदै रात अनि रात  हुदै फेरि अर्को दिन सुरु भयो। म सङ्ग मोबाइल हातमा लिएर कुर्नु बाहेक अरु केहि अप्सन नै थिएन। आखिर के भयो। तिमि अनलाइन आउने समय फेरियो कि तिम्रो मन फेरियो। यत्तिकैमा मेसेज आयो। माया कहिले नै थियो र मेरो तर्फबाट तिम्रो एकतर्फि माया हो सधैको। म मौन भए। बोलु नि के बोलु। हेरेर छोडिदिए।

मेसेज त हेरेर छोडिदिए तर मनलाइ छोड्न नै मिलेन। छोड्न मिल्ने भए कतै टाढा कसैले देख्न खोज्न नसक्ने ठाउँमा छोडेर आउने थिए। ति पुराना पलहरु दर्पण बनेर मेरो आँखा सामु आए। एक तर्फि माया तिमिले भनेको सम्झे। सम्झने बित्तिकै त्यो दर्पण चकनाचूर भयो। कास म तिमी सङ्ग भेट नै नभएको भए। 

पहिलो भेट,  भेट्न त म भेटेकै छैन नि। पहिलो देख भनौ। केहि काम नै थिएन अल्छी लागि राखेको थियो। हेर्ने केहि भेटेको थिइन । टिकटक, युटुब मा केहि हेर्न लायक भेटिन। अब लास्ट भनेको फेसबुक स्क्रोल गर्ने हो भन्दै फेसबुकतिर गए। एक पोस्ट देखे। तपाइको मन पर्ने फिल्म के हो। म साउथ इन्डिएन फिल्मको खतरै फ्यान हो भन्दै दमदार खिलाडी याद आयो। एकाएक अनु नाम गुन्जियो  कानमा फिल्मको हिरोइन। अनि फेसबुकमा सर्च गरे अनु। थर केहि नहानी। सयौ अनु को प्रोफाइल आयो। तल तल गए। अचानक एउटामा नजर गयो। Anime को फोटो थ्यो। म जति साउथ फिल्म हेर्थे नि त्यति नै Anime हेर्ने गर्थे। प्रोफाइल खोलेर हेरे। उन्को कुनै फोटो नै थिएन हेर्दै जादा माइ लाइफ भनेर ममि बाबाको फोटो थ्यो अनि केहि सेन्टी पाराका सेयर गरेका पोस्टहरु। रिक्वेस्ट पठाए। सोच्दै बसे म आजभोलि आफ्नो बोइफ्रेन्डलाइ माइ लाइफ भन्नेहरु भेटिने समयमा उनी भिन्न छन् भन्ने आकलन गर्दै बसे। एक घन्टा पछि..

एसेप्ट हुने बित्तिकै मेसेज गरे। हाइ अनु। उन्को इन्स्टेन्ट रिप्लाइ आयो हेलो । कता छौ?  काठमाडौं । कुन इयर पढ्छौ? ११ । एक शब्दमा जवाफ । साचै हो कि झुट? आफ्नो मात्र इयर जोडेउ कि अरु को नि? सरि बुझिन जवाफमा यस्तो आयो। अनि तिमी मलाइ चिनेको छौ र भन्ने प्रश्न आयो उता बाट म नि ढुक्का साथ तिमी अनु हौ नि त भनेर पठाए। पागल त्यो त मेरो आइडी बाटै थाहा पाएउ नि । रियल मा कहि कतै बाट चिनेको छौ कि भनेर सोधेको नि भनेर सोधिन उन्ले। चिनजान हुन भेट भएकै हुनु पर्छ भन्ने छैन नि बिस्तारै चिनजान भै हाल्छ नि भनिदिए। मेरो बिहान कलेज छ भनेर मेसेज आयो। रात निकै छिप्पिइ सकेको थियो। अनि गुड नाइट भने उता बाट पनि गुड नाइट आयो।

यसरी नै जिस्किने जिस्काउने गर्दा गर्दै समय बित्दै थ्यो। उनि ब्यस्त भएर हो या के हो मेसेज कम कम आउन लागेको थियो। मैले मेसेज गरे नि उन्को मेसेज आउथ्यो म अहिले बिजी छु पछि कुरा गरौला भनेर। सधैझैं बहाना बनाउने उन्ले आज पनि अर्को बहाना बनाइन्। मेरो ब्याट्री लो भयो भनेर। म पनि जिस्किदै भने मोबाइलको कि तिम्रो। आज पनि हाहा रियाक्ट मात्र आयो अरु केहि आएन। 

कतै सुनेको थिए। एक तर्फि माया र आफुलाइ लागेको रोग उस्तै उस्तै हो आफुलाइ मात्र थाहा हुन्छ। तर यहाँ उन्लाइ पनि थाहा थियो कि मेरो एक तर्फि माया छ भनेर। 





Post a Comment

0 Comments