म पेशाले फर्माशिष्ट।एक विरामिलाइ भिटामिन डि को बारेमा भन्दै छु। यो हप्ताको एक पटक खाने भन्दै। म बिरामीतर्फ हेरेर सोध्छु आज के बार? उ मौन हुन्छ अनि म साइड्मा रहेको कम्प्युटर स्क्रिनमा हेर्छु र लेख्छु शुक्रबार अनि भन्छु बिरामी तिर हेरेर हरेक शुक्रबार है। उस्ले जवाफमा भन्छ आज त बुधबार हैन र सर? फेरि म कम्प्युटर स्क्रिनतर्फ हेर्छु अहिले देख्छु बुधबार। हास्दै भन्छु तपाइँलाइ जुन बार धेरै याद हुन्छ तेस्मा नै खानु। हप्ताको एक पटक खानु त्यहि हो। मन मनै भन्छु उस्लाइ के थाहा मेरो केहि दिन देखि मेरोसिर्फ शुक्रबार मात्र चल्दै छ भनेर।
सायद तिमी जाने दिन शुक्रबार भएर होला। थाहा छ यो केहि महिनाको मात्र दूरि हो। तर दूरि त आखिर दूरि नै हो नि। अझै हजारौ माइल टाढाको दूरि । जहाँ न मेरो आखाल हेरेर नै देख्न सक्छु। जहाँ न मेरो चिच्चाएर बोलाएको बोलि नै पुराउन सक्छु। म त केवल आँखा बन्द गरेर तिम्लाइ सोच्न सक्छु। तिम्रो स्पर्श महशुश गर्न सक्छु।
मान्छेहरु गुड फ्राइडे गुड फ्राइडे भन्छन नि। हो मेरो नि फ्राइडे थ्यो सधै तर नट गुड एज अफ अदर्स। तिमी जादै जो छौ आखिर। सपनाहरु साकर गर्न जान लागेको हौ थाहा छ तर पनि यो वर्तमान अबुझ हुने रहेछ। यस्लाइ सपना के हो के थाहा। यस्लाइ त थाहा हुने चिज भनेको अहिले के हुदै छ मात्र हो। तर मेरो केसमा फरक छ। म वर्तमानमा छु देखावटी रुपमा तर म भविश्यमा छु मन मस्तिष्कमा।
तिन हप्ता पछि को शुक्रबारमा छु म।
आफ्ना सुटकेस गुर्काउदै कोहि हिडिरहेका छन्। कोहि अन्कमाल गर्दै भक्कानिएका छन्। कोहि फोटो खिच्दै रमाइ रहेका छन्। कोहि खादा लगाइदिदै छन्। कोहि हतारमा छन्। कोहि शान्त छन्। कोहि टोलाएका छन्। कोहि यस्सो बहिर निस्केर अब त उड्यो होला म गए भन्दै जाँदै छन्। कोहि किन ढिला भयो आज फ्लाइट भन्दै स्क्रिन तिर हेरेर बसेका माहोल वरिपरि यस्तै किसिमको छ। म पनि आफ्नै पारामा छु। म मेरो आँखालाइ सम्झाइरहेको छु यो वर्खा हैन त झरी बनेर नबर्सि। म मेरो मनलै सम्झाइरहेको छु यो विछोडको समय हैन नभक्कानिइ। म मेरो मुहारलाइ सम्झाइरहेको छु यो औशिको रात हैन अध्यारो नबन। म मेरो हातलाइ र खुट्टालाइ सम्झाइरहेको छु यो भुकम्प आएको बखत हैन नकाप।
म तिम्लाइ हेरिरहेको लगातार अनि बारम्बार। एक पटक आँखा नझिम्काइ निरन्तर। हुन पनि अब यि आँखाले केहि समय भिडियो कलमा देख्ने हो तिम्लाइ भन्ने बुझेर होला। अब यहि नै हो समय एक दुइ महिनाको धित अहिले नै पुर्याउछु भनेर नि होला हेरिरहेका छन्। तिमी पनि त आँखा भरि आँशु छचल्काउदै मलाइ हेर्दै छौ। एक थोपा कसरी रोकेर राखेको हुन्छौ। टिलपिल आखाँ मुनि हात लग्दै म भन्छु माया रुन लागेउ कि के हो। तिमी हास्दै म नजिक कानमा आएर सुटुक्क भन्छौ । सबको अघि म रुन्न। म नि हाँसो लाइ जसो तसो जुटाएर दाँतलाइ जबर्जस्ति देखाएर भन्छु थाहा छ मलाइ भन्दै अङ्गालो हाल्छु। एउटा हात तिम्रो ढाडमा ट्याप ट्याप गर्छु र अर्को हातले सक्दो छिटो भरिएको आँखालाइ रित्याउने प्रयास गर्छु।
लामो झप्पि पछि इमोस्नल हुदै उन्ले भन्छिन् “तिमी कहिले आउने माया?”
म लगेज देखाउदै हास्दै भन्छु “म अलि अटिन के यस्मा।”
उनि भन्छिन “अटे नि तिम्रो वेट ओभर हुन्छ।”
म हास्दै “ओभर वोयटको पैसा तिरेर मलाइ लग न त सङ्गै।”
“छिटै आउ ल माया। थाहा छ नि म तिमी विना अधुरो छु। तिमी मेरो अध्यारो जूनको एक प्रकाश हौ। एक साहारा हौ अनि एक होप हौ।”
म माहोललाइ अलि अर्को मोड तिर लान खोजेर “के हो म्याडम कलाकारको सङ्गतले कला सिकेउ क्या हो।”
“हुँ, के भन्न खोजेको म पहिलै देखि नै अलि अलि पन्च लाइन दिन जान्ने छु हो।”
ल अब निस्किन पर्छ। चेक इन गराउन। मान्छे भन्दा ठुला लगेज गुडाउदै ट्रलिमा तिमी अघि बड्छौ। एक हातले ट्रली रोकि अर्को हातले बाइ भनि तिमी लाग्छौ आफ्नो गन्तव्य तर्फ। म मेरो नजरले भ्याएसम्म हेरि राख्छु तिम्लाइ। तिमी पनि घरि घरि हेर्छौ मलाइ। म बहिरै बसिरहन्छु। आकाश तिर हेर्दै अनि मोबाइलमा तिम्रो फ्लाइट ट्रयाक गर्दै। एकाएक आकाश डुम्म भएर आयो। बादलका मुस्लाहरु निस्के। लाग्दै थियो बादलहरु मेरो लागि आएका हुन्। मलाइ उडाएर तिमि सङ्गै लान। वरिपरि परावरणमा रहेको धुलोलाइ पखाल्न झरिको जरुरत नै थियो। तर मौसम खराब नहोस भन्दै भगवान लाइ सम्झन्छु। सम्झनु मात्र भयो। पानी त बर्सिसक्यो। झ्याम झ्याम परेको झरी लाइ हेर्छु अनि सोचसोच्छु झरि र तिम्रो याद मा केहि फरक छैन। झरिले तन रुझाउछ अनि तिम्रा यादले मन रुझाउछ। बादललाइ चिर्दै एक प्लेन चर्को आवाजमा निस्किन्छ। तिम्रो नै प्लेन हो कि सोचेर मोबाइल हेर्छु। रैनछ। यत्तिकैमा तिम्रो भिडियो कल आउँछ। “अझै यहि हुनुहुन्छ” भन्दै।
म भन्छु “तिम्रो सामान धेरै हुन्छ कि भनेर कुरेको” हल्का हासिदिन्छु।
“अनि जोखेर ल्याएको हो त कसरि धेरै हुन्छ र?”
“भनेपछि भएन है।”
“नाइ, भएन। अब केहि टाइममा प्लेनमा चड्ने। मलाइ डर लाग्दै छ माया। तिम्लाइ थाहा छ नि यो काठमाडौं-पोखरा, पोखरा-बुटवल प्लेनमा त मलाइ डर लाग्थ्यो। यस्तो छोटो दुरिको त। अब त २० घण्टा जो हिड्नु पर्छ।”
म हास्दै आफ्नो मलिनतालाइ हाँसोले ढाक्दै भन्छु “म हुन्छु नि माया।”
तिम्ले तुरुन्त मलाइ रोक्दै भन्छौ “तिमी नै त साथ मा छैनौ नि माया।”
म अझै चर्को आवाजले तिम्लाइ बोल्न नदिइ बोल्छु “म तिम्रो मनमा छु नि तिम्रो साथमा नि छिटै सङ्गै हुनेछु। हामी भिडियो कल गर्दै जाने है त। सुनन… माया तिम्लाइ थाहा छ विदेशको प्लेनमा त वाइफाइ नि हुन्छ रे नि त” म हास्दै भन्छु।
“के के न मैले थाहा नै नपाएजस्तो कुरा भन्नलाइ भने जसरि तिम्लाइ थाहा छ भन्दै भनेउ हन।”
“अ हन म झन जिस्काउदै। हन, सुनन। के भको भन्दा आइ एम मिसिङ्ग यु माया अलरेडि।”
हतार हतारमा “आइ मिस यु टु। प्लेनको अनाउन्स्मेन्ट भयो म जान्छु है त माया।”
“हुन्छ ह्याब अ सेफ एण्ड कम्फ्टेबल जर्नि माया।” वरिपरि सबैलाइ हेरे। आफ्नै पारामा थिए मानिसहरु। लाग्यो टाइम पास भएन भने एयरपोर्ट आए हुने रैछ।
अजङ्गको प्लेन उड्यो। प्लेनमा भएकि तिमी साइडमा को परे होलान भन्दै सोचे। सोचे तिमि त हिड्यौ है कोशौ दूर। विरानो देशमा। मेरो मनमा गित गुन्जदै थियो...
परदेसी परदेसी जाना नहीं
मुझे छोड़ के, मुझे छोड़ के
0 Comments