Advertisement

Happy Valentines Day

Views

मेरो प्रेमको परिभाषा अलिक फरक थियो। मलाइ लाग्थ्यो जो बोलेर,जताएर प्रेम देखाउछ त्यो देखावटि हो। प्रेम त त्यो हो जो मौनतालाइ चिर्दै इसारा इसारामा भन्न सकोस कि उ नै मेरो हो भनेर। तर म गलत रहेछु। जब मेरो जिवनमा तिम्रो आगमन भयो नि प्रेमको शाब्दिक अर्थ परिवर्तन हुन थाल्दै छ। प्रेम भाव हो जुन नजताइ, नसुनाइ अनि नदेखाइ गर्नै सकिन्न। त्यसैले त माया म यो गुलाब तिम्लाइ दिदै छु। मेरो एक्लोपनमा आएर रङ्ग भर्ने तिमिलाइ यो गुलाब दिदै छु। मेरो शरिरको एक एक कुनामा बास्ना मायाको बास्ना छोड्ने तिमिलाइ गुलाबरुपि बास्नादार फुल दिदै छु। प्रेमको  यो भ्यालेन्टाइन्स डे को सिडिमा पहिलो पाइला अर्थात रोज डे मा तिमिलाइ म गुलाब दिदै छु। 

भनिन्छ नि, "प्रेम छ कि नाइ भनेर थाहा पाउन हृदय चाहिन्छ, निभाउन धैर्य चाहिन्छ अनि पाउनलाइ शौभाग्य।" म सङ्ग त तिमि छौ। त्यसैले त म सङ्ग सबथोक छ। म सङ्ग सिङ्गो गुलावको वगैंचा छ र यो वगैंचा तिमि हौ। म यस वगैंचाको मालि। 

Post a Comment

0 Comments