घुम्ने मेच माथिको अन्धो मान्छे मोबाइल चलाउदै वरिपरिको वातावरण हेर्दै छ। सिन्क पाँच कदमको दुरिमा छ तरपनि पानी तपतप चुहिरहेको छ। ह्यङ्गरमा झुन्डिएका ल्याबकोट अनि साइडको रयाक भरि राखिएका किताब अनि पिन ड्रप साइलेन्स्। यस्तो वातावरणमा दिमागले उठ अरु केहि नगरे नि त्यो तपतप चुहिरहेको पानी बन्द गर भनेको बेला अल्छि मानि घुम्ने कुर्चिमा बस्ने अझ भनौ अल्छि गरि बस्ने म नै हो। देखि देखि नि म अन्देखा गर्दै थिए। म मेरो वरिपरि बिर्सेर मोबाइलमा ब्यस्त थिए। फ्लुरोफोर चार्ट्ले मलाइ हेर्दै भन्दै थियो मेरो रङ्गिन चार्टमा हेर भनेर। तरपनि म टिकटकको रङ्गिन दुनियामा भुल्दै थिए।
यत्तिकैमा एउटा गित बज्यो...
चल्ते चल्ते यु हि कोइ मिलगया था...
यो गितले मलाइ धकेल्न थाल्यो। त्यो स्टाटस बाट रोमान्टिक स्टाटस तर्फ। आँखा बन्द गरे। तिम्रो आकृति आयो। मुसुक्क मुस्कुराउदै माया भन्दै बोलाएको आवाज गुन्जियो। तिमिलाइ हेर्दै म तिमिमा डुबेको सम्झे। म तिमतिम्रो र मेरो पहिलो मेसेज सम्झे। मन मनै मुस्कुराए अनि फेरि सोचे तिम्रो र मेरो पहिलो भेट। आहा ! कस्तो समय थ्यो। भाग्यले जुरायो। साच्चिकै चल्ते चल्ते युँ हि। आज दुइ वर्ष पुरा भयो तिमि र म एक भएको। समय कति छिटो बित्छ है।
हास्दै, खेल्दै, रमाउदै दुइ वर्ष एक अर्काको साथमा बिताएछौ। अस्ति भर्खर लाग्छ हामि बोल्न लागेको अनि हिजो मात्र लाग्छ विवाह भएको। अस्ति हिजो र आजमा चार वर्ष गैसकेछन्। समय चलाएमान छ चल्दै जान्छ। म र तिमि विचको माया यहि चलाएमान समयको नमुना बन्दै आएको छ। र आउने दिनमा पनि अझै यो रङ्गिन फ्लुरोफोर चार्टजस्तो रङ्गिन हुनेछ। माया तिमिप्रति मायाको कमि महसुस कत्तिपनि हुन दिने छैन जसरि यस कोठामा र्याकमा भरिएका छन किताबहरु त्यसरि नै म मेरो मायाले तिमिलाइ भरिरहने छु। हेरिरहेका ल्याबकोट साक्षि बनेजस्तै मेरो र तिम्रो मायाको साक्षि पनि दुनिया बन्ने छ। अनि सिन्कबाट तपतप चुहिरहेको पानीले बोलाएर बन्द गर भने जस्तै तिम्ले भन्छौ नि माया जताउ न अझै भनेर्। म आउने दिनमा अझै जताउने छु।
हाहा हुन त युँ हि भन्न मिल्दैन छुट्दै मिल्दै एक अर्कालाइ बुझ्दै हामि यहाँ सम्म आएको हौ। देख्दा सबैलाइ लाग्छ कति रमाइलो कति हसिलो । हो हामि पनि एक अर्काको भ्यालु अनि डिसिजनलाइ प्राथमिकतामा राखेर काम गर्छौ। मायालाइ अझै अघि राख्छौ । त्यसैले त हामि एक आइडियल कपल हौ नि। कि कसो माया?


0 Comments