Flag

  





Advertisement

Main Ad

कोरा कागज़। यायावर शुशिल

Views हातमा भएको रिमोटलाई टिभी तिर देखाउँदै दुगुराई रहेको थिए च्यानलहरु लाई। यत्तिकैमा मेरो ध्यान खिच्छ एउटा गीतले,

कोरा कागज़ था ये मन मेरा
लिख लिया नाम इसपे तेरा।।

सायद प्रेमी प्रेमिका हुनु पर्छ उनीहरू। कागजको डल्लो पारेर केटीले केटालाई दिन्छे जसमा लेखिएको हुन्छ आई लव यू।

अल्छी मानी मानी च्यानल फेरिरहेको म मा मन्द मुस्कान छाउँछ अनि एकाएक आफ्ना जिन्दगीका कोरा कागजमा लेखिएका कहानीहरु याद बनेर आउँछन्। फेरि सन्नाटा छाउँछ। चलिरहेको विज्ञापनलाई नि वास्ता गर्न मन लाग्दैन। मस्तिष्कमा चलिरहेका कुराको आवाज यति सम्म चर्को आउँछ नि मेरो अघि भएको टिभी नै मिउट भएछ भन्ने सोच्दै म भोल्युम बढाउन तिर लाग्छु। चर्को हुँदै गरेको टिभी को भोल्युम सङ्गै त्यो भन्दा चर्को आवाजमा आउँछ के हो किन यति चर्को बनाएको छस् टिभी। म झसङ्ग हुन्छु अनि बन्द गरेर आफ्नो कोठातिर लाग्छु।

मैले टुटेुफूटे पङ्क्ति जोड्थे अनि पठाउथे। जवाफमा आउँथ्यो वाह साहित्यकार। खुसीले गदगद हुँदा हुँदै मैले भनिदिन्थे मलाई तारिफ मन पर्दैन। मेरो जिन्दगीका पाना पनि कम हुन्छन् तिम्रो तारिफ गर्न लागे भने। के तिम्ले मलाई तिम्रो जिन्दगीका पाना सापटी दिन्छौं मलाई तिम्रो तारिफ गरेर भोरिदिन्छु म। यी कुराहरू सुन्दै थिए म मौन भएर।

सापटी मागिएका खाली पानामा मेरो तारिफ मात्र लेखिएनछ त्यसमा पिरतीको रङ्ग अनि विश्वासको सुभाष जडान गरिएछ। जुन म सङ्ग अझै पनि मुस्कानको रुपमा पछि लाइरहन्छ। तारिफ भोरिएका हरफ पढ्ने क्रममा रात छिपिन्छन्। कयौं रात । तर पनि अधुरै भए जस्तो लाग्दछ हरेक पटक सुत्न भन्दा अघि, लाग्छ मेरा खाली पाना अझै कोरिदै छन् अनि म पढ्दै छु ती कोरिएका पानाहरू। भोलि उठेर पढ्छु भन्दा एक किसिमको डर पैदा हुन्छ मनमा कतै मलाई भनेर लेखिएका तारिफ का हरफहरू विलिन हुने त हैनन् भन्ने। डरले पनि मायाको आह्वान गर्दै थियो। अनि पानामा कोरिएका पिरती का रङ्गले सङ्गीत जोड्दै थियो मायामा अनि एउटा गीत तयार भयो। विश्वास नामक गीत। जुन सुनेर म अनि उनी मन्त्रमुग्ध हुन्थेँम।

स्कूल पढ्ने समयमा मिसले भन्ने गर्नु हुन्थ्यो। कहिलेकाहीँ त मेरा लागि भए नि किताबका पाना पल्टाउने गर। ती किताबका पाना पल्टाउन झिझो मान्ने म तर जिन्दगीका पानामा तिम्ले लेखेका कुराहरु पल्टाउन कहिल्यै पछि हटिन।

मैले नजानिँदो पारामा सोध्थे कहिले सम्म कलम चलाउँछौ तारिफ का शब्दहरू हालेर। उनले भन्थिन् जब सम्म कलम को मसी सकिन्न तबसम्म। बदलिँदो समयले रमिता देखायो। अनि त्यो समयको चक्रमा परीचितहरु अपरिचित बनेर टाढिए अनि अपरिचित हरु नजिकिन खोजे।

अब त लाग्छ त्यही मसी सिद्धिएर होला कोरिन छोडे आजभोलि मेरो नामका शब्दहरू।
अचानक अकस्मात विछोडको छडी समात्न पुगेऊ तिमी 
न मेरा जिन्दगीका पाना नै सकिएका थिए
न म नै तारिफ सुन्दा थाकेको थिए
सायद तिमी नै थाकेऊ होला पाना हरु कोर्दा
अनि मेरो कहिल्यै नसकिने जिन्दगीका पाना भोर्दा


आज ती असह्य चोट अनि पीडा हरुले तिम्ले लेखेको तारिफ नि मेट्दै छ। पिरतीको रङ्ग त उडेर गइसक्यो। त्यही रङ्गमा जडित सङ्गीत रहने त कुरै भएन। बिना संगीतको विश्वासको गीत आजपनि सुनिरहन्छु म। जुन गीत सुनेर मन्त्रमुग्ध हुन्थे आज त्यो सुन्दा मनको बोझ बल्झिन्छ तर पनि तिम्ले दिएका यादका छिटा हरुले मनमा स्पर्श गराउँदा तिमी अझै पनि साथमा छौं भन्ने लाग्छ। 

Post a Comment

0 Comments