Advertisement

सम्पर्कविहीन सम्बन्ध | शुशिल यायावर

Views
Thanks to Marija Zaric @simplicity for making this photo available freely on Unsplash 🎁


पत्रपत्रिकामा आउँदै थ्यो अविरल वर्षाका कारण निम्त्याएको बाढिले मानिस सम्पर्कविहीन । ए मेरी माया गर्ने मन,  तिमी न वर्षा कुरेउ न सरद, न त गृष्म  नै। ति मनिसहरु अविरल वर्षाले गर्दा बाढि आएर सम्पर्कविहीन भएका थिए तर तिमी त अचानक अकस्मात काग कराएर विश्वासिको विश्वास हराए जसरी हरायौ। यो अचानक भएको घटना हो। घडी ले रातिको ११:३० बजाएको थियो तिम्रो अन्तिम मेसेजमा। सायद अब त समय नि रोकियो। 

एक हप्ता भएको थ्यो तिमी सम्पर्कविहीन भएको। सम्बन्धहरु सुमधुर नै चलिराखेको थियो। उस्को सामिप्यताले ममा एक किसिमको उर्जा आउछ भन्ने उस्लाइ थाहा नै थियो। आज न उ छ, न उस्ले मलाइ दिने उर्जा नै। म बिना उर्जाको सिथिल शरीर लिएर उस्को र मेरो सम्बन्धलाइ नियाल्दै छु आखिर के कुरामा चुके म भनेर। 

खोज्न जाउँ कहाँ जाउँ मेरो मनको कुना कुनामा खोजी सके। तिमी म सॅंगै थियौ तर पनि म  सॅंग थिएनौ।

भन्छन् नि मानिसहरु मेसेज को रिप्लाइ र माया जबरजस्ति माग्न हुदैन। सायद मैले मेरो माया जबरजस्ति दिए र गर भने कि। उ आज सम्पर्क विहीन छ। 

आज मेरो घरको भित्ते घडी पनि नजानिदो पाराले ११:३०  मा रोकिएछ। मेरो सम्झिरहने मन अझै ब्याकुल भएर उस्लाइ नै सम्झिदै छ। अनि गुन्जिदै छ नारायण गोपालको गीत -

यति धेरै माया दिई मन भरी दु:ख नदेउ….

मन्दिरमा हरदिन गएर भगवानको अघि ढोका ढकढकाउने जसरी उस्को मेसेन्जरमा दिनको एक गुड मर्निङ पठाउथे। आज दिन नै खल्लो खल्लो लाग्दै छ उसॅंग नबोलेको हप्तौ जो भएको छ। सम्बन्ध जोड्ने एक कला हो र सम्बन्ध निभाउनु एक साधना हो।कला तिमी र म दुवै सॅंग रहेछ तर साधना अहँ । सम्पर्क नै एउटा यस्तो कडि हो जस्ले साधनालाइ सिमित दिशा तिर उन्मुख गराउछ अनि बन्छ एक दिगो सम्बन्ध । तर सम्पर्क विहीन भएपछि कस्को के नै लाग्दो रैछ र। 

मलाइ विश्वास छ अरुको जस्तो सम्बन्धको लेखाजोखा नेट र भेटबाट तौलिए तापनि हाम्रो सम्बन्ध मनका सेटमा सुसज्जित छन्। एक दिन त्यो द्वधारमा परेको मनले बुझ्ने छ र तिमी सम्पर्कमा आउने छौ। अनि तिम्रो र मेरो मार्ग एउटै हुनेछ अनि गन्तव्य एउटै हुनेछ।



Post a Comment

0 Comments