Advertisement

अप्सन: एक प्रेम कथा | यायावर शुशिल

Views

समयको सुन्दर गोलचक्र भित्र रुमलिदै छु अझै पनि। सुन्दर भनु नि कसरी, कुरुप भनेर यो चलिरहेको सुन्दरतामा नि धब्बा हाल्ने काम गर्न सक्दिन म। म आफ्नै कोठा भित्र जिङरिङ्ग परेको दारि कपाल अनि कलेटि परेको ओठ लिएर बन्द ढोकालाइ हेर्दै छु।पानीको बोट्टल हातले भेट्ने ठाउँमा छ र ढोका खोले म किचनमा पुग्छु। यदि  पानी को तिर्खा लागेको भए म सङ्ग अप्सन थिए कि हात लामो बनाएर पानीको बोट्टल तान्ने कि त उठेर ढोका खोलेर जारमा रहेको पानी निकालेर खाने। यो तिर्खा मायाको थियो। म सङ्ग ओठ कलेटि पारेर बस्नु बाहेक अरु अप्सन नै थिएन। आखिर म अरु कसैको अप्सन जो बनेको थिए मायाको त्यो रमणीय सन्सार मा। छिमेकमा चर्को चर्को आवाजमा गित बज्दै थियो। 

बगैंचामा नजाउ तिमि भमराले चुमिदेला फुल सोचेर।।।

सच्चिकै उ बगैँचामा गइ र उस्लाइ फुल सोचेर भमराहरु आए। म मालि बनि बसे त्यस बगैंचामा। फुलको हेरबिचार गर्नको लागि मालि हुदाँ हुदै उस्ले भमरालाइ अप्सन बनाइ। 

मैले भन्ने गर्थे उस्लाइ मेरी माया,

म जलेर भए पनि तिमीलाइ बचाउनेछु

जिन्दगी मा आउने ति काला बादल रुपि बाधा अड्चन हरु मेटाउनेछु

भिजेका आखाँ अनि कलेटि परेको ओठमा पनि मुस्कान छाउनेछु तिमीलाइ हसाउनेछु।

आज म आफैले आफ्नो ओठलाइ कलेटि बनाएको छु। उन्को यादमा । उन्को याद किन यति बेसरम हुदैँ छ। पहिले पहिले आकलझुकल आउने आज भोलि किन पल पलमा आउदै छ।

भन्छन् नि,  एडिक्सन अफ पर्सन इज मोर ड्यान्जरस दा्यान ड्रग्स। हो यस्तै भएको छ मलाइ। देखाउ नि कस्लाइ देखाउ। सुनाउ नि कस्लाइ सुनाउ। बस्। आफ्नै पारामा आफ्नो सन्सार मा बस्दै उन्लाइ नै सम्झिदै छु अनि उन्का ति असिमित कुराहरुलाइ। उन्ले भन्ने गर्थिन्। माया भन्दा बढि विश्वास मा महत्व देउ। आज उन्का यादलाइ मैले विश्वास दिलाउन सकिरहेको छैन। अफ्ठ्यारो पर्दा उन्को पहिलो अप्सन म खुशिको बेला उन्को दोश्रो अप्सन म। यो अहिलेको अप्सनको खेल भन्दा बरु सानोमा बाबु तिमिलाइ ममि कि बुबाको माया बढि लाग्छ भन्ने अप्सन ठिक थ्यो भन्ने लाग्छ। 

न त यादलाइ नै जा भनेर धकेल्न सक्छु 

न त यो एकान्तमा बसेर टोलाउने आदतलाइ नै मेटाउन सक्छु 

देखावटी माया पो कम भयो नि प्रेम त अझै यादमा छदै छ नि।

दोज मोमेन्ट्स इन आवर लाइफ इज जस्ट अ च्याप्टर फर्गट एन्ड मुभ अहेड । उन्को यो अन्तिम मेसेज मा मैले भनेको थिए आइ थिन्क द्याट इज द होल स्टोरि। एण्ड आफ्टर अल द्याट इट वाज पोइन्टलेस। ब्याक टु स्ट्रान्जर्स्। उन्को भाषामा भन्ने भने लाइफको अर्को च्याप्टरमा। तर पनि म आफुलाइ त्यस च्याप्टर बाट बाहिर ल्याउन सकिरहेको छैन। उन्कै कुरा मात्र दिमागमा सल्बलाइरहन्छन्। प्यारका। रहरका। सहरका। कहरका। हर एक एक प्रहरका। सपना र विपना विच युद्ध चल्छ। यो युद्ध मैदान मा धकेलेउ तिमिले मलाइ। तर तिमिलाइ युद्ध मैदानको नियम थाहा रहेनछ। रात परेपछि युद्ध रोकिन्छ। यहाँ दिन रात केहि नभनि युद्ध चलायौ तिमिले। उन्लाइ मैले माया के हो भनेर सोधेको थिए। उनि एक्छिन सोचेर अप्सन देउ न भनेकि थिइन्। यस्तो आफै भन्ने कुरामा नि तिमि अप्सन माग्छौ भन्दै मैले अप्सनमा चोखो, मिठो दिए। उन्ले मुसुक्क हास्दै भनेकी थिइन्। बिना अप्सन चल्यो भने अब्जेटिब कोइसनको फर्म्याट नै मिलेन नि त। म पनि के कम थिए र उन्को र मेरो भेट हुने दिनमा उन्ले सोधेकि थिइन्। तिमि मलाइ कुन कपडा लाएर आएको हेर्न चाहान्छौ। मैले नि उन्कै शैलिमा एकछिन सोचेर अप्सन देउ न भनेको थिए। अप्सनमा उन्ले २-३ ओटा कपडा पठाएकि थिइन्। मैले नि ठट्टौलो पारामा नन अफ द एभव बिना कपडा हेर्ने अप्सन छैन भनिदिएको थिए। अप्सनको खेल अचम्मको छ। त्यतिबेला त्यहि अप्सनले हसाएको थियो। अहिले उनको अर्को अप्सन रोझेको हुनाले मलाइ असहैय भएको छ। 

मेरि माया… तिमी ऐना अघि आफुलाइ कसरि हेर्छौ होला तिमीलाइ त धोकेबाजहरु देखेर रिस उठ्ने थ्यो नि। तिमी आफ्नो इन्स्टाग्रामको बायो च्यान्ज हान र लेख....

"यहाँ सबै खाले दिलहरु ( नो अप्सन )  प्रेम को नाटक गरी

चकलेटि कुरा गरेर हांसी हासी तोडिन्छ " भनेर ।

एक समयको हसिन प्यारलाइ कति छिटो धोकेबाज नामक सङ्ग्या दिए मैले। आखिर म नि गलत हो नि। मायाको र भाग्यको सन्तुलनमा खराबी आयो हामी दुइको जीवनमा त्यसैले त त्यो असन्तुलनलाइ सल्टाउन तिमीले अर्को बाटो रोजेउ। सायद त्यो तिम्रो मजबुरी नै थियो कि। यही भन्दै यो मनलाइ चित्त बुझाउन खोज्छु। दिमागमा प्रश्न आउछ। म को हुँ? अनि आफैले अप्सन दिन्छु। भिक्टिम या कल्पृट।

तिमी गए पछि मेरी माया केहि बद्लिएको छैन

बस तिमी गए पछि यो रङ्गिन दुनिया बेरङ्गिन भएको छ

तिमी गए पछि मैले के के देखिन मेरि माया

मलाइ पागल भनेर सम्बोधन गर्नेको भिड देखिनकि

मलाइ एकान्तले पनि जिस्काउदै जित्दै गरेको देखिनकि

जोकोहि बोले पनि तिम्रै आवाज लागेको देखिन कि 

बस एक तिमिलाइ नै देखिन।।

बस एक तिमिलाइ नै देखिन।।







Post a Comment

0 Comments