कहानिको फ्लोमा म उपन्यास पढिरहेको थिए। म पढ्दै छु उपन्यास - काव्या। हरेक पानामा मैले लेखकको संवेदनशीलता महसुस गरे जस्तो लाग्थ्यो उनी मात्र लेख्दै छैनन्, उनी हृदयको प्रत्येक धड्कन सुन्दै, महसुस गर्दै आफ्ना पात्रलाई जीवन्त बनाइरहेका छन्। अब के होला? किन यस्तो स्याड इन्डिङ्ग लेखेको होलान् लेखकले भन्दै मनमा लिदै म मेरा आखाँलाइ नझिम्काइ कहानिमा डुब्दै पढिरहेको छु। अन्तिम पृष्ठतर्फ पुग्दा, जब २१९ पेज पल्टाएर २२० पेजमा पुगे। साइडमा एक पान्ना भेटियो। मेरो ध्यान अन्तिम पेज बाट खिचिएर त्यस पान्ना तर्फ पुग्यो। लेखिएको थियो :
“म तिम्लाइ एकदम धेरै मिस गर्छु, माया।”
नजर खिच्यो त्यो चुम्बनले। मेरा लागि तिम्ले लिपिस्टिक लगाएर पान्नामा छोडेको त्यो तिम्रो ओठको आकृति। मलाई लाग्यो, त्यो चुम्बन, त्यो स्पर्श, त्यो सानो पत्र—सबै मेरो लागि तिमीले छोडेको कुनै अमूल्य उपहार जस्तो छ। पुस्तक काव्या पढ्दा भावुक म तिम्रो त्यो लेटर देखेपछि झन भावुक भए। फेरि म फर्किए पेज २२० आखिर सबै कुरा समय अनुसार हुने रहेछ। सोचमग्न भए।
माया, तिमी टाढा अमेरिकामा छौ, नयाँ जीवन, नयाँ अनुभव, नयाँ चुनौतीहरूको बीचमा, तर मेरो हृदयमा तिमी कहिल्यै टाढा छैनौ। त्यो पत्र पढ्दा, मेरो आँखामा नीरस र भावुक आँसु आए। त्यो सानो पत्रले मलाई यस्तो स्पेशल महसुस गरायो कि म शब्दमा भन्नै सक्दिनँ।
फेरि हेरे तिम्रो त्यो पत्रतर्फ कति बेला लेख्न भ्यायौ तिम्ले? तिम्लाइ थाहा थियो है मैले यो उपन्यास जसै पढ्छु भन्ने अनि जानि जानि यस्मा तिम्रो पत्र राखिदियौ। यो मोडर्न दुनियाको भर्चुअल लाइफ स्टाइलमा दिनदिनै भिडियो कल गरेर बोलिन्छ हामि तर पनि किन किन यो पत्रले मलाइ एक्दमै स्पेशल फिल गरायो। पहिलो वाक्य पढ्ने बित्तिकै मन भक्कानिएर आयो। तिमि सङ्गै भएको पलहरु देखि लिएर तिम्लाइ विदाइ गर्न गएका पलहरु यति छिटो एक झिमिकमा नै आए नि। त्यसपछि आँखाहरु रसाए। तिम्रो आधा आत्मा, तिम्रो आधा शरिर, तिम्रो आधा मुटु तिम्लाइ नै सम्झिरहन्छ। हरेक कुरामा तिम्लाइ मिस गरिरहन्छ। नयाँ ठाउँ, नयाँ देश र नयाँ रहनसहनमा तिमि भुल्दै छौ होला पक्कै तर म काम घर मात्र गरिरहेको छु।
घर सुनसान लाग्छ, किनकि घर तिमी बिना घर लाग्दैन। सङ्गै हुदाँ माया “चर्को बोलेउ, अलि सुस्तो बोल न” भन्थे तर आज तिम्रो आवाज किन सुन्न पाइराखेको छैन हरेक पलमा भन्ने भैराखेको छ।
दिन रात तिम्रै यादमा बसिरहेको हुन्छु। झसन्ङ्ग बिउझे भने नि साइडमा तिम्लाइ नै खोज्छु।
खाना खाने बेला तिमीले आफ्नो थालबाट मेरोमा हालिदिन्थ्यौ, कहिलेकाहीँ जबरजस्ती “खाऊ न” भन्थ्यौ। अहिले म जब खान्छु, आँखा तिम्रो कुर्सीतिर जान्छ, तर कुर्सी खाली देख्दा मन फेरि झन् भारी हुन्छ। खाना जस्तै स्वादिलो भए पनि त्यो क्षण तिम्रो बिना फिका लाग्छ।
सुत्ने बेला तिमीले “फोन छेउमा राख, राति धेरै स्क्रोल नगर” भन्थ्यौ। अहिले भने फोन समातेरै निदाउँछु, तिम्रो आवाज सुन्ने आशामा।
हिँड्दा पनि तिमीले हात समात्थ्यौ, बाटो छोटो बनाइदिन्थ्यौ। तर अहिले बाटो लामो र सुनसान लाग्छ।
र सबैभन्दा गाह्रो त त्यो पल हो, जब म घर फर्किन्छु। ढोकामा मलाई पर्खिरहेको तिम्रो मुहार, तिम्रो हाँसो, तिम्रो “आइपुग्यौ?” भन्ने प्रश्न अब छैन। ढोका खोलेपछि सन्नाटा मात्रै भेटिन्छ, तर त्यो सन्नाटा मलाई भित्री तुफान झैँ लाग्छ। तिमी त नयाँ सपनासहित अगाडि बढ्दै छौ, म यहाँ पुराना सम्झनासँग बाँधिँदै छु। तर यो दूरीले माया घटाएको छैन, अझ गहिरो बनाएको छ।
अब चाडपर्व नजिकिँदै छन्—
दशैंमा सबै परिवार नजिक हुन्छन्,
तर तिम्रो साथ बिना त्यो अधुरो रहनेछ। तिहारमा घर उज्यालो हुन्छ,
तर तिमी बिना दियोहरू पनि अँध्यारो लाग्नेछ।
तर माया, हाम्रो भेट छिट्टै हुने छ। घडीको सुई एक दिनमा कयौं पटक भेट्छन्, हामी पनि केही समयमा भेट्नेछौं। तिमी भर्चुअल्ली भए पनि, मेरो साथमा छौ।
यो दूरीले हाम्रो प्रेमलाई कमजोर बनाएको छैन; बरु अझ मजबुत बनाएको छ। लामो दूरीले कहिलेकाहीँ पीडा दिन्छ, तर यो पर्खाइले हाम्रो भेटको मूल्य अझ उच्च बनाउँछ। हरेक भिडियो कल, हरेक मेसेज यी सबैले माया अझ गहिरो महसुस गराउँछन्। म तिमीलाई केवल सम्झिन्छु मात्र होइन, तिमी मेरो हृदयको प्रत्येक धड्कनमा बस्छौ। हरेक पानामा, हरेक शब्दमा, म तिमीलाई अनुभव गर्छु। अनि म विश्वास गर्छु समय आएपछि, हामी संगै फेरि ती पलहरू जस्तै हाँस्ने, रमाउने, र माया बाँड्नेछौं। अनि म पर्खन्छु, त्यो दिनको लागि जब हामी कुनै दूरी बिना, केवल नजिक भएर माया साट्नेछौं।
मेरो मनमा विचार आयो—यदि म उपन्यासकार भएँ भने म पनि आफ्नै कथा यसरी नै लेख्ने थिएँ होला, आफ्ना अनुभव मिसाएर। लेखकले जस्तै मैले पनि आफ्नै पात्र मार्फत माया, पर्खाइ, र मनका भाव व्यक्त गर्ने थिएँ। यस उपन्यास “काव्या” मा शब्द र भावनाको धारा केवल कथा भित्रै सीमित छैन, म लगायत हरेक पाठकहरुले आफ्नै जिवनसङ्ग तुलना गरेर पढ्नु भयो होला।
प्रिय लेखक महोदय, अलि बढी फर्मल भए कि क्या हो म।
प्रिय साथी यो ठिक छ।
प्रिय मित्र, तिम्रो किताब भर्खर पढेर सकें । प्रेमको सुरुवातको मिठास, मिलनको उमङ्ग अनि विछोडको पिडा- यी सबैलाइ यति सरल भाषामा उतारिएको छ नि। कोहि पढ्न बाकि हुनुहुन्छ भने पढिहाल्नुस है। उपन्यासको ड्राफ्ट पहिलेनै वर्षौ अघि पढेको थिए। त्यतिबेला नै मन छोएको थियो तर पुर्ण पुस्तक हातमा लिएर पढ्दा अझ एक एक पान्नाहरु हृदयमा छोएका छन्। शब्द माथि शब्द होइन भावना ओतप्रोत प्रेमको धारा बगिरहेको छ जस्तो लाग्यो। यो पुस्तक केवल उपन्यास होइन् यो त असिम शर्माको भावनाको यात्रा हो जहाँ असिम यात्री हुन ।


0 Comments